भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १२ वैशाख । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी भनपा ७ गोमारी एकाइ समितिको आयोजनामा एक कार्यकर्ता भेला सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले मजदुर दिवसको औचित्य पुष्टि गर्दै नेपालको मजदुरहरूलाई ठुलठुला पार्टीका मजदुर नेताहरूले ट्रेड युनियनवादमा फसाइरहेको बताउनुभयो ।
संसारका मजदुरहरूले आ–आफ्नो देशको रक्षाको निम्ति सङ्घर्ष गरिरहेको कुरा राख्दै उहाँंले मजदुरहरूले अध्ययन गरेर सङ्घर्षशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
मानिसहरू अहिले आफ्नो पेसागत कुरामात्र गरेर स्वार्थी भइरहेको प्रसङ्ग उठाउँदै प्रमुख अतिथि कवांले अहिले काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनले संविधान प्रदत आधारभूत तहमा अनिवार्य र निःशुल्क शिक्षा भनेको विषयलाई व्यवहारमा लागु गरियोस् भन्ने माग राखेर आन्दोलन गर्नुपर्नेमा शिक्षक महासङ्घले देशभरका सामुदायिक विद्यालय ठप्प पारेर आन्दोलन गरेको जनाउनुभयो ।
शिक्षकहरू पनि बौद्धिक मजदुर भएकाले पेसागत कुरालाई मात्र बढावा दिएर ट्रेड युनियनवादमा फस्न नहुने विचार उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि नारायणप्रसाद त्वानाबासुले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको इतिहास प्रस्ट पार्दै मजदुरहरूले पनि सिक्नुपर्ने धारणा राख्नुभयो ।
नेमकिपा–७ गोमारी एकाइ पुनःगठन समितिका संयोजक लक्ष्मीभक्त कवांको सभापतित्वमा सम्पन्न सो भेलामा आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसी, नेक्रामसङ्घ ७ गोमारीका अध्यक्ष लक्ष्मीप्रसाद रंजितकार र रामप्रसाद ग्वाछाले पनि बोल्नुभएको थियो ।
Leave a Reply