ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
जहाँ शोषण र दमन हुन्छ त्यहाँ विद्रोह र विस्फोट अवश्यम्भावी हुन्छ । यो वर्गीय अन्तरविरोधी सङ्घर्षको नियम नै हो । अर्थात्् मई दिवस पुँजीवादी शोषण, दमन, अन्याय, अत्याचार र उत्पीडनको विरुद्ध संसारकै कामदार जनता एक भई लड्न प्रण गरेको दिन हो । सन् १८८६ मई १ को दिन अमेरिकाको सिकागोलगायत देशका सम्पूर्ण औद्योगिक सहरहरूमा ज्याला वृद्धि र ८ घण्टाको कामको दिनको मागसहित मजदुरहरूले अभूतपूर्व प्रदर्शन र हडतालको आयोजना गरेको स्मरणको दिन नै मई दिवस हो । मई आन्दोलनलाई मजदुरहरूको वर्गीय मुक्ति अभियानको रूपमा आज पनि संसारभरकै मजदुरहरूले स्मरण गर्दै छन् । मई दिवसकै कारण अथवा परिणाम स्वरुप पुँजीवादी अमेरिकी सरकार मात्रै होइन, संसारका सम्पूर्ण तानाशाही एवं पुँजीवादी सरकार मजदुरहरूको ८ घण्टाको कार्यदिनको माग पूरा गर्न बाध्य भयो ।
सन् १८४० देखि १८५० सम्ममा अमेरिकामा औद्योगिक क्रान्ति भयो । रेल यातायातको विकासबाट व्यापार उद्योग तथा कलकारखानाहरूको विकास पनि तीव्र भयो । कोइला, तामा र काठपातको अपार भण्डार भएको अमेरिकामा औद्योगिक मजदुरहरूको सङ्ख्या दैनिक बढ्दै जानू अस्वाभाविक भएन । यसरी औद्योगिक उत्पादनको हिसाबले अमेरिका विश्वको पाँचाँै देशको रूपमा स्थापित हुन पुग्यो । सन् १८६० तिर संरा अमेरिकाको कुल जनसङ्ख्या ३ करोड १० लाखमा १८ लाख जनता मजदुर वर्गमा परिणत भयो । उद्योगहरूमा काम गर्ने मजदुरहरूको एउटा ठुलो हिस्सा केटाकेटी थियो । सन् १८६५ सम्ममा औद्योगिक उत्पादनमा संरा अमेरिका संसारको चौथो स्थानमा पुग्यो । १८७० मा तेल झिक्ने उद्योगको विकासबाट मजदुरहरूको सङ्ख्यामा लाखौंले वृद्धि भयो ।
पुँजीवादको विकाससँगसँगै आर्थिक विषमता बढ्दै गयो । पुँजीपतिवर्ग र मजदुरवर्गबिचको खाडल झन्झन् फराकिलो हुँदै गयो । धनी झ्नझन् धनी हुँदै जानु, गरिब झन्झन् गरिब हुँदै जानु नै पुँजीवादको विशेषता हो । दिनमा १८ देखि २० घण्टासम्म काम गर्दा पनि मजदुरहरू दुई छाक खान सक्ने औकातमा थिएनन् । आफ्नो बालबच्चाहरूलाई पढाउनु त कता हो कता एकसरो कपडा लगाइदिन र भरपेट खुवाउन पनि तिनीहरूलाई धौधौ पर्दथ्यो । यसले गर्दा केटाकेटी र बुढाबुढीलाई समेत कारखानामा कडा भन्दा कडा गर्न लगाइन्थ्यो । त्यसैले माक्र्स र एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रमा लेख्नुभएको छ ! मजदुरहरूलाई औसत रूपले त्यति मात्र ज्याला दिइन्छ जति उसलाई बाँच्नको निम्ति आवश्यक पर्दछ अर्थात्् त्यति नपाएको खण्डमा मजदुरहरू बाँच्न सक्दैनन् । यसकारण, मिहेनत गर्ने मजदुरहरूले आफ्नो कडा परिश्रमबाट जति ज्याला पाउँछन् त्यसबाट आफ्नो र जहान परिवारको गुजारा मुस्किलले चलाउन सक्छन् । दिनभरि काम गरिसकेपछि मजदुरहरू आफ्नो छाप्रोमा फर्कन्थ्यो । सबभन्दा सस्तो खानेकुरा रोटी थियो । तसर्थ बिहान तिनीहरू कफी र सुख्खा रोटी खान्थे भने दिउँसो धेरैजसो एक टुक्रा प्याजसँगै सुख्खा रोटी चपाउँथे । बेलुकी पनि अधिकांशको खाना रोटी नै हुन्थ्यो । डेराको भाडा कम गर्न एउटै कोठामा पनि ८–१० जना मजदुरहरू बस्न बाध्य थियो ।
अमेरिकी मजदुरहरूले समयसमयमा छिटफुट विद्रोहहरू गर्दै आएका थिए । पुँजीवादी व्यवस्थाको चरम शोषणविरुद्ध मजदुरहरू भित्रभित्रै सचेत र सङ्गठित हुँदै आयो । १९ औँ शताब्दीको सुरुमै अमेरिकी मजदुरहरूले बिहानदेखि बेलुकासम्म काम गराउने प्रवृत्तिको विरुद्धमा आवाज उठाउँदै आएको देखिन्छ । त्यतिबेला पनि मजदुरहरूलाई १८–२० घण्टासम्म काममा लगाउनु सामान्यजस्तो नै थियो । सन् १८०६ मा फिलाडेल्फियाका आन्दोलनकारी मजदुर नेताहरूमाथि षड्यन्त्रमूलक रूपमा मुद्दा चलाइएपछि त्यहाँका मजदुरहरूलाई २० घण्टासम्म काममा लगाइन्छ भन्ने सत्य कुरा थाहा भइसकेको थियो । संसारका सबैभन्दा पहिलो मजदुर सङ्गठन फिलाडेल्फियाका मेकानिक्सहरूको सङ्गठनलाई मानिएको छ । त्यो मजदुर सङ्गठन बेलायतको मजदुर सङ्गठनभन्दा करिब २ वर्ष अगाडि स्थापना भएको थियो । फिलाडेल्फियाको त्यस मजदुर सङ्गठनको नेतृत्वमा मजदुरहरूले दिनमा १० घण्टा कामको माग गर्दै सन् १८२७ मा मजदुर हडताल गरे । त्यसबाट पनि केही उद्योगका मजदुरहरूले आफ्नो माग पूरा गर्न सफल भयो ।
सन् १८५० देखि १८६० को दशकमा अमेरिकामा धेरै मजदुर सङ्गठनहरू बने । २० अगस्ट १८६६ मा साठी वटा देशका मजदुर सङ्गठनका प्रतिनिधिहरू बाल्टिमोरमा जम्मा भए । त्यस भेलाबाट नेसनल लेवर युनियनको स्थापना भयो । मजदुरहरूको राष्ट्रिय सङ्गठनको आन्दोलन विलियम एच सिल्विसको नेतृत्वमा अगाडि बढ्यो । सन् १८६६ मा नेसनल लेवर युनियन स्थापनाको समयमा भएको अधिवेशनमा यस्तो प्रस्ताव पारित गरिएको थियो “यो देशको मजदुरहरूलाई पुँजीवादी शोषणको दासताबाट मुक्त गर्नका लागि एउटा यस्तो कानुन बनाइयोस् जसले अमेरिकाको हर प्रान्तमा ८ घण्टालाई कामको दिन भनेर निश्चित गर्दछ । यसका लागि हामी हाम्रो सारा शक्ति लगाउने निश्चय गर्दछौँ ।” तर, सन् १८६९ मा सिल्विसको असामयिक निधन भयो । त्यसपछि मजदुर युनियनमा खराब तत्वहरूको प्रवेशले गर्दा नेसनल लेवर युनियनको बद्नाम भयो र त्यो विषय त्यतिकै हरायो ।
७० को दशकमा पनि मजदुर आन्दोलन अमेरिकामा सन् १८७० देखि १८८० को संरा अमेरिकी श्रमिक आन्दोलनको इतिहासमा एक महत्वपूर्ण अवधि थियो । १८७० कै दशकमा भएका मजदुर आन्दोलनहरूमध्ये रेल मजदुरहरूको आन्दोलन उल्लेखनीय छ । सन् १८७७ मा भएको ऐतिहासिक मजदुर आन्दोलनलाई दबाउन पुँजीपतिवर्गले सेना र स्वयंसेवकको नाममा गुन्डाहरू प्रयोग ग¥यो । रेल मजदुरहरूको त्यस हडतालमाथि गोलीको वर्षा गर्न पुँजीपतिवर्ग पछि हटेनन् । दमनका कारण आन्दोलन चर्किन मद्दत पुग्यो, मजदुरहरू अलिकति पनि झुकेनन् । अरु औद्योगिक मजदुरहरू र किसानहरूले पनि रेल्वे मजदुरहरूको समर्थन गरे । पिट्सवर्ग, बाल्टिमोर, सिकागोलगायतका प्रमुख सहरहरूमा आन्दोलनरत मजदुर र सिपाहीहरूबिच चर्काचर्की र भिडन्तहरू भए र ती भिडन्तमा कमसेकम ३ सय मजदुरहरू मारिए । अमेरिकाका सहरहरू सहिदहरूको रगतबाट रङ्गिए । सुतेका मजदुरहरूलाई त्यस हत्याकाण्डले झकझक्यायो । मजदुरहरूको त्यस आन्दोलनले क्षणिक हार खाए पनि भुसको आगोजस्तै त्यो आन्दोलनको आगो भित्रभित्रै बलिरह्यो ।
मजदुरहरूको आन्दोलनको सिलसिला रोकिएन । सङ्घर्षकै क्रममा मजदुरहरूले थुप्रै अनुभवहरू हासिल गर्दै थिए । उनीहरूको उत्साह र लडाकुपन बढ्दै थियो । माक्र्स र एङ्गेल्सले लगाउनुभएको नारा “विश्वका मजदुर एक हौँ” विश्वभर फैलिदै थियो । अमेरिकी मजदुरहरूमा माक्र्सवादको प्रभाव बढ्दै थियो तर त्यहाँ मजदुरहरूको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको स्थापना भने भइसकेको थिएन ।
सन् १८४८ मा सर्वहारावर्गका महान् गुरु कार्लमाक्र्सले मजदुरहरूको वास्तविक मुक्तिको बाटो प्रस्ट पारिसक्नुभएको थियो । मजदुर आन्दोलनलाई तलब वृद्धि र कामको घण्टा कम गर्ने आदि स–साना मागहरूमा सीमित नगरी मजदुरवर्गकै राज्यसत्ता स्थापना गर्ने मुख्य लक्ष्यमा परिणत गर्नु नै माक्र्सवादको सार हो । माक्र्सवादी साहित्यको प्रचारप्रसारको प्रभाव अमेरिकी मजदुर नेताहरूमा पर्दै गयो । र आन्दोलनलाई नयाँ दिशामा लग्ने तयारी हुन थाल्यो । सन् १८८० को दशकमा अमेरिकामा औद्योगिक विकास तीव्र रूपमा भयो । तर, त्यहाँ सन् १८८४ र १८८५ मा ठुलो आर्थिक मन्दी आयो । यस अवधिमा मजदुरहरूको बेरोजगारको समस्या चर्को भयो । यसबाट मजदुर आन्दोलनको विकासमा थप टेवा पुग्यो । ८ घण्टाको कामको दिनको नारा व्यापक श्रमिकहरूमा लोकप्रिय बन्दै गइरहेको थियो । अमेरिकाका मजदुर सङ्गठनहरू सन् १८८६ को मई १ बाट पुनः मजदुर आन्दोलनको आँधीबेहरी ल्याउने घोषणाको तयारीमा लागे । सन् १८८५ देखि मजदुरहरूको तयारी आन्दोलन हुन थालेको थियो । सन् १८८१ देखि १८८४ सम्म भएको हडतालहरूको औसत सङ्ख्या करिब डेढ लाख जति थियो भने सन् १८८५ मा ७ सय हडताल र आन्दोलनमा भाग लिने मजदुरहरूको सङ्ख्या झन्डै २ लाख ५० हजार पुगेको थियो । सन् १८८६ सम्ममा १८८५ मा भन्दा दुई गुणा बढी अर्थात् १५७२ वटा हडतालहरू भयो भने सहभागी मजदुरहरूको सङ्ख्या ६ लाखसम्म पुगेको थियो ।
सन् १८८५ मा २४६७ वटा उद्योगमा हडतालहरू भएको थियो भने सन् १८८६ मा यो सङ्ख्या बढेर ११ हजार ५६२ सम्म पुगेको थियो ।
सन् १८८६ मई १ को दिन ज्याला वृद्धि गर्ने र ८ घण्टाको कार्यदिनको माग पूरा गराउन देशव्यापी रूपमा हडताल गर्ने आह्वान भएअनुसार व्यापक तयारी थियो । १ मई का दिन देशभरिका सबै कलकारखानाहरू र यातायात बन्द गर्ने तयारी भयो । तर, पुँजीपतिवर्गका अखबारहरूले आन्दोलनलाई दबाउन विभिन्न कुचेष्टाहरू गरे । आन्दोलनकारीहरूमाथि बम हानेर दबाउनुपर्छ भन्ने प्रचार गरियो । हडतालमा भाग लिने मजदुर नेताहरूलाई मार्ने धम्की दिइयो । तर, डर र धम्कीको कुनै परवाह नगरी मजदुरहरू आन्दोलन सफल पार्ने तिर लागे । “सडकको हरेक बत्तीका खम्बाहरू कम्युनिस्टको लासले सिङ्गार्नुपर्छ” र “हुलदङ्गालाई गोली, तिनीहरूको नेतालाई डोरी” भन्ने पुँजीपतिवर्गको धम्कीबाट मजदुरहरू पछि हट्ने कुरै थिएन । किनभने सर्वहारा वर्गसँग हार्नको निम्ति उसको हातमा बाँधिएको सिक्रीबाहेक अरु केही पनि छैन,तर जित्नको निम्ति उसको अगाडि सारा संसार छ । त्यसअनुरुप आफूलाई पशुसरह व्यवहार गर्ने, शोषण, दमन, अन्याय र अत्याचार गर्ने वर्गशत्रुप्रति मजदुरहरूको घृणाले आन्दोलन सफल हुने सम्भावना प्रबल थियो । मजदुरहरूले आन्दोलन सफल बनाउन जोडतोडका साथ तयारी गर्दै थियो । तर पुँजीपतिवर्ग र प्रतिक्रियावादीहरू आन्दोलन दबाउने तयारी गर्दै थिए । आन्दोलनको केन्द्रबिन्दु सिकागोमा बाहिरबाट आएर थुप्रै प्रहरी, सिपाही, गुन्डा,डाकु र जासुसहरू थुपारिए । मई १ को दिन देशभर हडताल सुरु भयो । सिकागो हडतालमा ४० हजार मजदुरले भाग लिए । वातावरण तनावपूर्ण थियो । मजदुरहरूको नसानसाको रगत उम्लिरहेको थियो । सबैले जोसका साथ एकै स्वरमा नारा लगाए, ८ घण्टाको कामको दिन लागू गर । पुँजीपतिवर्ग र त्यसका सिपाही, प्रहरी, गुन्डा र जासुसहरू हिंस्रक पशुझैँ निहुँ खोज्दै थिए । हडतालको दोस्रो दिन पनि चल्यो । दोस्रो दिनसम्ममा सिकागोमा आन्दोलनरत मजदुरहरूको सङ्ख्या ८० हजार पुग्यो । सिकागोको स्थिति तनावपूर्ण बन्दै गयो । १ र २ मईको आन्दोलन शान्तिपूर्ण नै रह्यो । मई ३ को दिन एकाएक पुलिसले गोली चलाएर ५ जना मजदुरको हत्या ग¥यो । ५० जना मजदुर गम्भीर घाइते भयो । उक्त हत्याकाण्डको विरोधमा मई ४ को दिन विरोध सभा भइरहेको बेलामा केही सरकारी गुन्डाहरूलाई प्रयोग गरी पुलिसमाथि बम प्रहार गर्न लगाएर सरकारले दमनको नयाँ नीति लियो । बम पड्केर ७ प्रहरीको मृत्यु भयो । यसैलाई निहुँ बनाएर सरकारले पुलिस र सेनाको प्रयोग गरी थुप्रै मजदुरहरूको हत्या ग¥यो । अनगिन्ती मानिसहरू घाइते भयो । प्रशासनले ८ मजदुर नेतासहित हजारौँलाई गिरफ्तार ग¥यो । सरकारले सम्पूर्ण बम काण्डका दोषहरू मजदुर नेताहरूमाथि लगायो र तिनीहरूको विरुद्धमा मुद्दा चलायो । न्यायको पगरी गुथेर बसेका न्यायमूर्तीहरू निर्दोष मजदुर नेताहरूलाई मृत्युदण्ड सुनाउन तयारी गर्दै थिए । तर मजदुर नेताहरूले मृत्युलाई पनि चुनौती दिए । वीरहरू मृत्युलाई स्वीकार्छन् तर प्रतिक्रियावादीहरूसामू झुक्दैनन । अदालतको कठघरामा पनि ती मजदुर नेताहरू त्यतिकै जोशिला र जिउँदो देखिन्थ्यो । भविष्यप्रति आशावादी ती नेताहरूमा पश्चताप तथा दुखको सट्टा वर्गशत्रुहरूप्रति घृणाको भावना भरिएको थियो । पुँजीवादी न्यायालयले हडताली मजदुर नेताहरूमध्ये ४ जनालाई फाँसी दिने फैसला ग¥यो । पुँजीपतिवर्गले ती मजदुर नेताहरूलाई फाँसी दिएरै छोड्यो र न्यायको हत्या भयो । यो समाचार संसारभर बिजुलीजस्तै फैलियो । सम्पूर्ण मजदुरहरू रिसले उठे । पुँजीपतिवर्गसँग बदला लिन सारा संसारका मजदुरहरू सङ्घर्षको मैदानमा उत्रेर अगाडि बढे । मई आन्दोलनको नेताहरूको सहादत नै त्यो सङ्घर्षको अन्त्य थिएन ।
सन् १८८६ को मई आन्दोलनको क्रान्तिकारी भावनालाई हृदयङगम गरी १४ जुलाई १८८९ मा एङ्गेल्सको समेत उपस्थिति रहेको संसारका मजदुरहरूको पेरिस बैठकले १८९० मई १ को दिनदेखि संसारभर प्रत्येक वर्ष मई आन्दोलनलाई मे दिवसको रूपमा मनाउने निर्णय ग¥यो । १८९० मई १ दिन युरोपको सबैजसो देशमा ८ घण्टाको कार्यदिनको माग लिएर प्रदर्शनहरू भयो ।
मई दिवसबारे एङ्गेल्सले भन्नुभएको छ, “मईको प्रदर्शन सर्वहारावर्गको युगन्तकारी घटना मात्र होइन यो एउटा मजदुरवर्गको एउटा पहिलो जुझारु अन्तर्राष्ट्रिय कारबाही हो । यसले विभिन्न देशमा अति सुखद सफलताको सम्भावना प्रदान गरेको छ ।” सन् १८९३ मा दोस्रो अन्तर्राष्ट्रिय ज्युरिख कङ्ग्रेसले मई दिवसको प्रदर्शनलाई ८ घण्टाको कार्यदिनको साथ सामाजिक परिवर्तन,वर्गभेदको अन्त्य गर्न श्रमिक वर्गको सुदृढ सङ्कल्पको रूपमा पनि प्रदर्शनलाई लिनुपर्दछ भन्ने निर्णय गरेर मजदुर आन्दोलनलाई अझ उचाइमा विकास गर्न सहयोग पु¥यायो । मई आन्दोलनको सिलसिलामा मजदुर नेताहरूलाई फाँसी दिएको ७ वर्षपछि सरकारको होस खुल्यो । सरकारले त्यसबेला न्यायको हत्या भएको स्वीका¥यो । यसरी सङ्घर्षको कारण ८ घण्टाको कामको दिन सुनिश्चित भयो । मजदुर वर्गको यो ठुलो विजय थियो । आज संसारभर ८ घण्टाको कार्य दिन लागु हुनुमा मई आन्दोलनको ऐतिहासिक योगदान र महत्व रहेको छ ।
Leave a Reply