फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
काठमाडौँ, १७ वैशाख । सर्वोच्च अदालतले अनधिकृतरूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्टविरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ ।
अदालतका अनुसार वैशाख १७ मा कारागार कार्यालय, डिल्लीबजार काठमाडौँलाई लेखिएको पत्र अदालतको आधिकारिक स्वीकृतिबिना नै पठाइएको पुष्टि भएको छ । सो पत्रलाई अनधिकृत ठहर गर्दै सर्वोच्च अदालतले कारागार कार्यालयलाई पत्र कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिएको छ ।
साथै, सो पत्र पठाउने सम्बन्धित अधिकृतलाई हालै प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको अदालतका प्रवक्ता तथा सह–रजिष्ट्रार अच्युत कुईंकेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्ने अनधिकृत पत्र लेखेर सर्वोच्च अदालतका मुद्दा तथा रिट महाशाखाका महिममाम सिंह विष्ट आफै प्रहरी र डिल्ली बजार कारागार पुगेको खुलेको छ ।
रेशमलाई पक्राउ गर्ने पत्र तयार गरेर बुधबार बिहान विष्ट आफै जिल्ला प्रहरी परिसर काठमाडौँ र कारागार कार्यालयमा पुगेका थिए ।
सोही पत्रका आधारमा कमलादीबाट रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । चौधरी नाउपा–जनमत पार्टी एकता घोषणा सभाका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा पुग्नुभएको थियो ।
प्रहरीले चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर हुँदै डिल्लीबजार कारागार बुझाएको थियो ।
तर, चौधरी के आधारमा पक्राउ परे भन्नेबारे राजनीतिक वृत्त र सर्वोच्चभित्रै तरंग ल्याएको थियो । सर्वोच्चले पत्र लेख्ने विष्टमाथि केरकार गरेको थियो ।
सर्वोच्चले आन्तरिक छानबिन गरी बुधबार अपराह्न विष्टलाई प्रहरीको जिम्मामा लगाएको छ । उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
उहाँ करिब डेढ वर्षदेखि सर्वोच्च अदालतमा कार्यरत हुनुहुन्थ्यो । दार्जुला घर भई पछिल्लो समय भक्तपुर बस्दै आएका उहाँले किन पत्र लेखे भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।
यसबिच सर्वोच्चले प्रारम्भिकरूपमा गरेको आन्तरिक छानबिनमा विष्ट आफैले प्रहरी र डिल्लीबजार कारागार पुगेर पत्र बुझाएको सर्वोच्च स्रोतको भनाइ छ ।
Leave a Reply