भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १७ वैशाख । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा परम्परागत शैलीमा नै निर्माण गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ८ को महेश्वरी पीठस्थित न्याकी द्योग नारायण मन्दिर पुनः निर्माणको शिलान्यास कार्यक्रम नगर प्रमुख प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा पुरानो शैली र पुरानो स्थानमा, परम्परागत स्रोत साधन र सामग्रीहरूको प्रयोग गरी निर्माण गर्नुपर्ने बताउनुभयो । “सम्पदा पुनः निर्माण गर्दा नयाँ स्थान र फरक शैलीमा बनाउने हो भने त्यसलाई पुनः निर्माण भन्न मिल्दैन,” उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले सम्पदा पुनः निर्माण गर्दा अध्ययन, अनुसन्धान र जानेबुझेका मानिसहरूसँग छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले विदेशीहरूसँग एक रूपैया सहयोग नलिई १९० वटा सम्पदाहरू पुनः निर्माण सम्पन्न गरिसकेको जानकारी दिँदै प्रमुख सुनिल प्रजापतिले सम्पदा निर्माणमा सहयोग सङ्कलन भए जनताको अपनत्व बढ्ने बताउनुभयो । भूकम्पजस्तो प्राकृतिक प्रकोपलाई पनि मध्यनजर गर्दै निर्माणाधीन सम्पदामा गुणस्तरीय सामग्रीको प्रयोग गर्न उपभोक्ता समितिका रहेका पदाधिकारीहरू चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । प्राविधिक र स्थानीय जनतासँग नियमित छलफलमा ध्यान दिन उपभोक्ता समितिलाई उहाँले अनुरोध गर्नुभयो ।
पूर्वशिक्षक लक्ष्मीनारायण दुवालले महेश्वरी पीठमा रहेको न्याकी द्योग नारायण मन्दिर पाँचतले मन्दिरको जग साइट गरेको समयमा भक्तपुरका पाँचवटा अन्य मन्दिरहरूको पनि शिलान्यास गरेकोमा न्याकी द्योग मन्दिर पनि एक भएको भनाइ रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको सम्पदा विभाग प्रमुख रामगोविन्द श्रेष्ठले वि.सं. १९९० सालको भूकम्पले भत्केको भनिएको न्याकी द्योग नारायण मन्दिर पुनः निर्माणका लागि ८ वडाका जनप्रतिनिधिहरूले नियमित ताकेता गर्दै आएको बताउनुभयो । उक्त ठाउँमा मन्दिर रहेको भन्ने प्रमाणको रूपमा स्थानीय बुढापाकाहरूको कुराकानी, मन्दिरको गजुर, मन्दिर रहेको भनिएको स्थानमा भेटिएको जग र मन्दिरभित्रको देवताको मूर्तिको आधारमा पुनः निर्माणका लागि मन्दिरको नक्सा तयार गरेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष कृष्णप्रसाद कोजुको सभापतित्वमा भएको शिलान्यास कार्यक्रममा पूर्ववडा अध्यक्ष महेन्द्र खायमली, नारायण मन्दिर पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णसागर वासी, वडा सदस्य सुमित्रा बोहजु र रामसुन्दर वासीले पनि बोल्नुभएको थियो ।
Leave a Reply