पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
भक्तपुर, २७ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा शनिबार माक्र्सको २०७ औँ स्मरण दिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेँभक्त फोजूले हरेक कार्यकर्ताहरू अध्ययनशील, कर्मशील भई सत्यको पक्षमा दृढताका साथ लाग्नुपर्ने आवश्यकता औँल्याउँदै श्रमिकवर्गका जनताको पक्षमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
सच्चा कम्युनिस्ट नेता तथा कार्यकर्ताहरू निःस्वार्थपूर्वक देश र जनताको पक्षमा सङ्घर्षरत रहनुपर्ने विचार गर्दै उहाँले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई देशको परिस्थितिअनुसार लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
चाँगुनारायण नगरपालिकाले आफ्नो दायित्व निर्वाह नगरी अनियन्त्रित ढङ्गले अघि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले जनतालाई सुसूचित पार्ने र गलत कार्यको खबरदारी गर्ने काम असल कार्यकर्ताको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा भएको सो कार्यक्रममा जीवन नेपाली, जीर.आर. सुवाल, एस.बी. फोजू, केशरबहादुर खड्का र टङ्कप्रसाद कटेलले पनि बोल्नुभएको थियो ।
Leave a Reply