ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
इतिहासले हामीलाई ‘पूर्वी पाकिस्तान’ लाई बङ्गलादेश भन्न सिकायो । एक अमेरिकी महिला कुकले सिक्किमका राजालाई संयुक्त राष्ट्रसङ्घको सदस्य बन्न दर्खास्त हाल्न सिकाइन् । यसो गर्दा मानिसहरूले अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएलाई दोष दिने कुरै भएन बरु भारतले निहुँ पायो र ठुलो माछा समात्न ठुलो जाल थापेजस्तै नागरिक भेषमा भारतीय सैनिक, प्राध्यापक, व्यापारी, पर्यटक, कर्मचारीहरू पठायो सिक्किम विकास सहयोगको बहानामा !
हामी नेपालीहरू जहाँ पनि उपयोगी साधन बन्छौँ । सिक्किमको संसद््मा एकजना बबुरोमात्रै विपक्षमा रहे; अत्यन्त बहुमत सांसदले सिक्किमलाई भारतीय सङ्घ राज्यमा सामेल गर्न मतदान गरे । सिक्किम भारत महासङ्घमा विलय भयो ।
भारतीय गुप्तचर विभाग ‘रअ’ का पूर्वप्रमुख आर. के. यादवले प्रस्ट भाषामा लेखेका छन् – “इन्दिरा गान्धीले नेपालको विलयको योजना र समयसीमासमेत तोकेकी थिइन् ।” श्रीलङ्कालाई भारतीय महासङ्घमा मिलाउन चालीस वर्षसम्म तमिल जातिको रगताम्य सङ्घर्ष गर्न लगाइयो । तर, त्यसबेला इतिहासलाई त्यो मान्य भएन† बरु एक सत्तासीन भारतीय नेताले श्रीलङ्काका एक आक्रोशित सिपाहीको बन्दुकको कुन्दाको प्रहार सहनुप¥यो । तर, श्रीलङ्काको एक शासकले ‘काश्मीर’ मा भारतीय सेनाको प्रवेशलाई ‘सकारात्मक’ देख्न पुग्यो । हो, सबैले इतिहास बुझे पनि इतिहासबाट सिक्छन् भन्ने होइन । मानिसको उचाइ कसैको भौतिक शरीरबाट नाप्ने गरिन्न; बरु उसको भविष्यप्रतिको चिन्तन एवम् देश र जनताप्रतिको निःस्वार्थ समर्पणबाट नापिन्छ । कहिलेकाहीँ इतिहासमा ‘ठुलो’ मानिसको ‘सानो’ स्वार्थको ‘दर्शन’ पनि लुकेको हुन्छ ।
नेपाली विद्यार्थीहरूलाई पाकिस्तानका जुल्फिकर अलि भुट्टोको हत्याले प्रजातन्त्रको लागि आन्दोलन गर्न सिकायो । प्रजातन्त्र र आज हामी गणतन्त्रमा पनि सकसले सास फेर्दै छौँ । तर, भविष्यमा लेखिने नेपालको इतिहासको चर्चा हुँदैन । प्रजातान्त्रिक वा गणतान्त्रिक कालमा कोसी, गण्डकीमात्रै होइन महाकाली र कर्णाली पनि गुमायौँ । हामीले आप्mनो स्वतन्त्र चिन्तनसमेत गुमाउँदै छौँ; अरूले सिकाएको पाठलाई नै हामीले आप्mनो ‘भाग्य’ ठान्यौँ ।
काश्मीर भारतका अरू राज्यहरूजस्तै अर्धउपनिवेश थियो । बेलायती साम्राज्यवादको अगाडि एकपछि अर्को राज्यहरू पददलित भए; अन्त्यमा नेपालसमेत सशक्त साम्राज्यवादको छायामा प¥यो । भारतले दुईसय वर्षसम्म बेलायतकै प्रत्यक्ष शासन भोग्नुप¥यो । नेपाल र नेपालीहरू बेलायती साम्राज्यवादको विस्तार कार्यमा उपयोग गरिए; चाहे त्यो एसियामा होस् या अफ्रिकामा वा छिमेकी तिब्बतमाथिको बेलायती युद्धमा होस् । भनिन्छ – नेपाली वीर हुन् तर तिनै वीरहरूको देश आकारमा झन्झन् साँघुरिँदै गयो ।
नेपाललाई विदेशीले ‘आर्थिक कूटनीति’ सिकाए† हामीले त्यस्तै सिक्यौँ ७० लाख युवाहरू विदेशिए† ‘त्यसबाट आएको रेमिट्यान्सको आधा कमाइ दलाललाई, बाँकी साहुलाई’ हुन गयो । यी दलाल र साहु भनेकै ‘आर्थिक कूटनीति’ सिकाउने भारतीय एकाधिकार पुँजीका मालिक र उसका आउरेबाउरे – हाम्रा शासक दलहरू नै हुन् । त्यसैले हाम्रो कृषि, उद्योग, सेवा, पर्यटन अर्थतन्त्र ढुकुटीको पर्दामात्रै बन्यो । सार्वभौम र स्वतन्त्र कूटनीति हामीबाट खोसियो ।
भेनेजुयलाको सूत्र मित्रले दियो ?, परराष्ट्रमन्त्री वासिङ्टनमा गएर सार्क बीसी बिम्स्टेक हुँदै हिन्द – प्रशान्त शान्ति तथा विकासको सैन्य गठबन्धनमा समर्पित हुनपुगे ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान वासिङटन गए† ट्रम्पले भारतलाई स्वीकार हुने भए आफूले ‘मध्यस्थता’ गर्ने बताए† इमरान देश फर्कँदा भारतीय सेना काश्मीरमा पुगिसकेको थियो । तर, नेपालको संसद््मा झन्डै सिक्किमको संसद््कै दृश्य देखियो । छिमेकमा भएको घटनाबारे नबोल्नु भनेको भविष्यमा आप्mनो निम्ति बोल्ने मित्रहरू गुमाउनु हो । काश्मिरी जनताको भूमि गुमेको छ; काश्मिरको घटनालाई नेपालीले ‘काल पल्केको’ अर्थमा लिनु आवश्यक छ । नेपाल भुटानजस्तै भारतीय हत्केलाभित्रको कमल हुनसक्दैन ।
Leave a Reply