नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ, चानपा – ५, छालिङको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको २०७ औँ जन्मदिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपा चाँगु नगर समितिका अध्यक्ष एवम् भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले समाजवादी व्यवस्थामा कामदारवर्गको हित हुने बताउँदै समाजवादी व्यवस्था स्थापनाको लागि समाजवादी गणतन्त्र प्रचार अभियानमा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नेमकिपाले कार्यकर्ता तथा जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा सचेत र सङ्गठित बनाउने काम गर्दै आइरहेको उल्लेख गर्दै हरेक कार्यकर्ताले विश्वको इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, दर्शनशास्त्रलगायतका पार्टी प्रकाशनहरू गहिरिएर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले माक्र्सवाद पुँजीवादको उत्थान, विकास र पतनको बाटो भएकोले पुँजीवादी व्यवस्थाको विकृति, विसङ्गति, बेथिति, अनियमितता तथा भ्रष्टाचारको विरुद्धमा गाउँ–ठाउँमा अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नेक्राकिसङ्घ चानपा – ५ छालिङका अध्यक्ष सूर्य फोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गणेश सुवालले माक्र्सको जीवनीबारे बोल्नुभएको थियो ।
Leave a Reply