भर्खरै :

नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

भक्तपुर, २ जेठ । विद्यार्थी हित समिति, विद्यार्थी निकेतन मावि भक्तपुरको आयोजनामा शुक्रबार नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले विद्यालयको शैक्षिक क्रियाकलापमा अनुशासित भई नियमित विद्यालयमा उपस्थित हुन अनुरोध गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला सदस्य सुजी ह्योङ्गजूले विद्यार्थी हित समितिको उद्देश्य र क्रियाकलापको जानकारी दिँदै विद्यार्थीहरूको शैक्षणिक प्रगतिको कामना गर्नुभयो ।
विद्यार्थी हित समिति, विद्यार्थी निकेतन माविका अध्यक्ष मनिषा तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरू रवीन्द्र विक, लक्ष्मी खड्का, अस्मिता तामाङ र शर्मिला नापितले पनि बोल्नुभएको थियो ।
विद्यालयका प्रअ खाताखोले नवआगन्तुक विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्नुभयो भने औपचारिक कार्यक्रमपश्चात् विभिन्न कक्षाका विद्यार्थीहरूले सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *