कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
काठमाडौँ, ३ जेठ । यस वर्षको रोटरी इन्टरनेसनल जर्नो अवार्ड कान्तिपुर टेलिभिजनका पत्रकार नारायण किलम्बूलाई प्रदान गरिएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले शनिबार ललितपुरमा गरेको कार्यक्रममा पत्रकारिताको माध्यमबाट विद्यालय शिक्षा र साक्षरताको क्षेत्रमा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै पत्रकार किलम्बूलाई रोटरी जर्नो अवार्डबाट पुरस्कृत गरेको हो ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्टका गभर्नर राजेन्द्रमान शेरचनले पत्रकार किलम्बूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।
त्यसैगरी पत्रकारहरू विकास रौनियार, कल्पना आचार्य, पवनवर्षा शाह, उन्नति चौधरी, सागर परियार र अनिता भेटवाललाई पनि पुरस्कृत गरिएको छ ।
Leave a Reply