भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
काठमाडौँ, ३ जेठ । नेपाल मजदुर किसान पार्टी, काठमाडौँ–रामेछाप सम्पर्क समितिको आयोजनामा देश र जनतामा समर्पित ‘श्रमिक’ साप्ताहिक पत्रिकाको शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका न्हुछेभक्त फोजूले ‘श्रमिक’ साप्ताहिक पत्रिका देश र जनतामा समर्पित आस्थाको पत्रिका भएकोले देश र जनताको हित हुने लेख रचना छापिने गरेको बताउनुभयो । उहाँले ‘श्रमिक’ पत्रिकामार्फत जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा सचेत र सङ्ठित बनाई सङ्घर्षशील भावना जगाउने काम नेमकिपाले गर्दै आएको बताउनुभयो ।
उहाँले अन्तरक्रिया कार्यक्रमले कार्यकर्ताहरूको पठन संस्कृतिको विकास हुनुका साथै लेख्न र बोल्ने सीपको विकास हुने स्पष्ट पार्दै पुँजीवादी व्यवस्थाको विकल्प राजतन्त्र होइन समाजवादी व्यवस्था हो भन्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाको विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति र अनियमितताको विरुद्धमा गाउँगाउँमा अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राशिसङ्घका जी.आर थुसाले कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नुपर्ने, कार्यकर्ताहरू अनुशासित र अध्ययनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पुँजीवाद र सामन्तवादले कामदार वर्गका जनतालाई कहिल्यै पनि माथि उठाउने काम नगर्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ रामेछाप जिल्ला सम्पर्क समितिका अध्यक्ष धनबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राजकुमार श्रेष्ठ, सोनी श्रेष्ठ, श्रीराम श्रेष्ठ र हरिकृष्ण श्रेष्ठले आ–आफ्नो अध्ययनबारे बताउनुभयो ।
Leave a Reply