कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, ५ जेठ । भक्तपुरको ताथली–नाला सडकमा बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको उक्त सडकमा बढ्दो सवारी चापसँगै बढेको दुर्घटना न्यूनीकरणका लागि दक्षिणकाली युवा समूहले सचेतना कार्यक्रम गरेको हो ।
अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको ताथली–नाला सडकको यान्डोल, फैढोका, पण्डित पँधेरो गोठालेचौर, नालाछाप खण्डमा दुर्घटना बढिरहेको बुझिएको छ ।
सडक सचेतनाअन्तर्गत समूहले महानगरीय ट्राफिक प्रभाग कमलविनायकसँग समन्वय गरी शनिबार युवा, विद्यार्थी, ट्राफिक प्रहरी, जनप्रतिनिधि, समाजसेवी, शिक्षक तथा स्थानीयहरूको सहभागितामा समूहले ताथली–नाला सडकको फैढोकादेखि नालाछापसम्म सचेतना ¥याली गरेको थियो ।
अन्तरक्रियामा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले सडक दुर्घटना न्यूनीकरणका लागि नागरिक भावनाको जरुरी रहेको उल्लेख गर्दै बढ्दो दुर्घटना न्यूनीकरणका लागि वडा कार्यालयले पहलकदमी लिने प्रतिबद्धता जनाउनुभयो ।
महानगरीय ट्राफिक प्रभाग कमलविनायकका इन्चार्ज ताराबहादुर खड्काले प्रत्येक चालक, पैदलयात्रीले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिँदै सडक दुर्घटनाका कारण ठुलो मात्रामा धनजनको क्षति भइरहेको उल्लेख गर्नुभयो ।
सञ्चारकर्मी हरिसुन्दर छुकांले सडक दुर्घटना रोकथाम गर्ने विषय सबैको सरोकारको विषय भएको उल्लेख गर्दै ताथलीमा बढ्दो सडक दुर्घटना रोकथामका लागि दक्षिणकाली युवा समूहको प्रयास अनुकरणीय रहेको बताउनुभयो ।
अन्तरक्रियामा समूहका सदस्य राजकुमार बस्नेत र सदेश खड्काले दक्षिणकाली युवा नागरिकमा सचेतना वृद्धिका लागि समूहले अगुवाइ गरेको उल्लेख गर्दै सो समस्या समाधानका लागि ठोस कदम चाल्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा ताथलीको गणेश माविकी छात्रा असलीमाया तामाङले सडक दुर्घटना हुन नदिनका लागि विद्यार्थी समयदेखि नै सचेतना आवश्यक रहेको बताउनुभयो भने समूहका सदस्य ईश्वर खड्का, घनश्याम खड्काले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामा जोड दिनुभयो ।
समूहका अध्यक्ष सुरेशराज गिरीले दुर्घटना न्यूनीकरणका लागि स्थानीय, जनप्रतिनीधि, युवा, महिला, विद्यार्थी, यात्रु, प्रहरी, प्रशासन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
सचेतनाअन्तर्गत ताथली–नाला सडकका विभिन्न खण्डमा सचेतना बोर्ड टाँगिएको थियो । कार्यक्रममा बोर्डका लागि सहयोगीहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।
Leave a Reply