यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर नगरपालिकामा नगरकोटको मुहान पोखरीबाट पहिलेदेखि नै राजकुलोमार्फत खानेपानी व्यवस्थापन हुँदै आएको हो । नगरकोटलाई जलाधार क्षेत्र घोषणा गरी संरक्षण गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँलगायतका सांसदहरूले सरकारलाई पटक पटक अनुरोध गर्नुभएको थियो । मुहान पोखरीमाथिको जङ्गलमा खेलमैदान निर्माण गर्दा हिलो माटो बगेर खानेपानी प्रदूषित भएको छ । खानेपानीको मुहान व्यवस्थित नहुँदा भक्तपुर नगरभित्र आउने खानेपानी धेरै कम भइसकेको छ ।
भक्तपुर नगरका बासिन्दाहरूको पानीको माग धान्न मेलम्चीको पानीले राहत त पु¥यायो । तर, पुरानो पाइप भएकोले ठाउँ–ठाउँमा पानी चुहिरहेको छ । पानी चुहेर खेर जाँदा पनि खानेपानीका कर्मचारीहरू कानमा तेल हालेर किन बसे ? जनताको दैनिक जीवनमा चाहिने खानेपानी सबैको घर–घरमा पु¥याउनेतर्फ खानेपानी संस्थानको किन ध्यान जाँदैन ? उनीहरूमा नागरिक भावना नभएको हो र ? ‘सरकारको काम कहिले जाला घाम’ गरेको त पक्कै होइन होला ¤
भक्तपुर नगरपालिका वडा नं. १० क्वाठडौँनिर पानी चुहिएको बारे सम्बन्धित निकायमा जनताले खबर गरेको महिनौँ भयो । तर, सुधार केही भएको छैन । खानेपानी चुहिएर बाटो भासिन थालिसक्यो । अतः समयमै चुहावत पानी रोकेर समस्या समाधान गर्न जरुरी छ ।
Leave a Reply