कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, ७ जेठ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्लाको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु कार्लमाक्र्सको २०७ औँ जन्म जयन्ती काठमाडौँ महानगरको क्षेत्रपाटीमा जेठ ६ गते मनाइयो ।
कार्यक्रममा नेमकिपा काठमाडौँका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नारायण महर्जनले कार्ल माक्र्स अध्ययनशील, परिश्रमी, मेहनती र सङ्गठनकर्ताको रूपमा अगाडि बढेको कारण माक्र्सवादमा रूपान्तरण भएको हो† ३० वर्षमै नयाँ दर्शन १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरी संसारलाई गरिबीबाट मुक्त गर्ने सन्देश दिएको बताउनुभयो । उहाँले वर्गसङ्घर्ष अपरिहार्य रहेको बताउनुभयो ।
विश्वका मजदुरहरू एक भई सचेत र सङ्गठित भएमा सबैखाले प्रतिक्रियावादीको अन्त्य अवस्यम्भावी छ भन्ने शिक्षा माक्र्सबाट लिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ जिल्ला उपाध्यक्ष गुणदास महर्जन, सचिव शैलेष डंगोल, कोषाध्यक्ष श्यामकुमार महर्जन, सदस्यहरू हरिशरण श्रेष्ठ, मदन श्रेष्ठ, अनिल श्रेष्ठ, अकल महर्जन, मन्दिरा महर्जन, विन्द्रा महर्जन, इश्वर डंगोल, रमेश डंगोल, एच. के. महर्जनलगायतले कार्ल माक्र्सको योगदान र हामीले लिनुपर्ने शिक्षाबारे आ–आफ्नो अध्ययन प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply