कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ ७ जेठ । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलीसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार प्रमुख प्रशासकीय अधिकृत ओलीसहित गाउँपालिकाका प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडगाडा कम्पनीका प्रोप्राइटर शान्तबहादुर बस्नेतविरूद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
गाउँपालिकाको वडा नम्बर २ मा पिपलकाँड मेलगौरी सडक निर्माण योजनामा २१ लाख ६३ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ ।
फिल्डमा भएको कामभन्दा बढी सडक निर्माण भएको भनी नापी किताब तयार गराएको, लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेटअनुसार कार्य सम्पन्न भएको भनी प्राप्त भएको अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीहरूको हस्ताक्षर नै नभएकोले प्रतिवादीहरूको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धारित मापदण्डविपरीत भएको निर्माण कार्यलाई लुकाइछिपाइ मापदण्ड बमोजिम भएको भनी नगरेको कामको समेत झुट्टा र गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गरी बढी भुक्तानी गरेको आरोप उनीहरूमाथि छ ।
Leave a Reply