कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, ९ जेठ । सम्पत्ति शुद्धीकरण ऐन संशोधन भएयतामात्रै प्रहरीले गरेका सात वटा घटनाको अनुसन्धान भई अदालतमा दर्ता भएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले ७ वटा अनुसन्धानको मुद्दा दर्ता भएको बताउनुभयो ।
३० वटा घटनाको अनुसन्धान गरेकोमा ७ वटा दर्ता भएको र बाँकी २३ वटा अझै अनुसन्धानकै चरणमा रहेको एसएसपी थापाले बताउनुभयो ।
त्यस्तै दर्ता गरिएका मुद्दाहरूमा तीन अर्ब ७८ करोड २० लाख ९८ हजार १६४ रुपैयाँ बिगो मागदाबी भएको छ ।
प्रहरीले सम्पत्ति शुद्धीकरण कसुरमा मात्रै ९१ जनालाई पक्राउ गरेको छ भने ११४ जना फरार छन् ।
Leave a Reply