कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ जेठ । आजको नेपालमा सबैभन्दा ठुलो चिन्ताको विषय बनेको छ – देशको भवष्य बोकेका युवाहरूको तीव्र वैदेशिक पलायन । रोजगारी, अध्ययन र जीवनस्तर सुधार्ने आशाले बिदेसिने क्रमले दिनानुदिन तीव्रता पाइरहेको छ । यस स्थितिलाई केवल व्यक्तिगत निर्णय भनेर नजरअन्दाज गर्न मिल्दैन । किनकि, यसको पछाडि लुकेका छन् गम्भीर संरचनात्मक चुनौतीहरू – अवसरको अभाव, सीप प्रयोग गर्ने मञ्चको अभाव र न्यूनतम सुविधा प्रदान गर्न नसक्ने प्रणाली ।
सन् २०२४ का अनुसार दैनिक झन्डै १८०० युवा श्रम स्वीकृति लिई विदेश जान्छन् । कतिपयले शिक्षित, प्राविधिक, दक्ष जनशक्ति आफ्नै क्षेत्रमा काम पाउन नसकी मलेसियादेखि क्यानाडासम्म होटल, निर्माण वा फार्म हाउसमा श्रम बेचिरहेका छन् । यो नेपाल सरकारको तथ्याङ्कले मात्रै होइन, गाउँघरको वास्तविकता हेर्दा नै देखिन्छ । यही व्यवस्थापन गर्नसक्ने उमेर समूहका युवाहरू प्रायः विदेशमा छन्, बाँकी रहेका छन् वृद्ध, महिला र बालबालिका ।
मुख्य कारणहरू
– रोजगारीको न्यून अवसर
– सरकारी नीति र संयन्त्रको कमजोरी
– प्राविधिक तथा व्यावसायिक शिक्षाको कमजोर पहुँच
– उद्यमशीलताको अभाव
– दिगो विकासको स्पष्ट खाका नहुनु ।
यस्तो पलायनले श्रममात्र गुमाउँदैन, बरु राष्ट्रको सृजनात्मक ऊर्जा, नवप्रवर्तनशील सोच र उद्यमशील नेतृत्व क्षमता पनि देश बाहिर पु¥याइरहेको छ । दीर्घकालमा यसले हाम्रो आत्मनिर्भरता, उत्पादनशीलता र सामाजिक संरचनामा असर पार्ने निश्चित छ ।
सम्भावित समाधान र रणनीतिहरू
१. सीप विकासमा व्यापक लगानी
प्रदेशस्तरीय प्राविधिक तालिम केन्द्रहरू स्थापना गरी युवा सीपयुक्त बनाउने ।
२. देशमै रोजगारी सिर्जना गर्ने नीति
कृषि, पर्यटन, सूचना प्रविधि र साना उद्यममा लगानीद्वारा कामको अवसर वृद्धि ।
३. युवा उद्यमशीलता प्रवद्र्धन
सरकारी अनुदान, सस्तो ब्याजदर ऋण र व्यवसायिक परामर्श ।
४. वैदेशिक अनुभवलाई मुलुकमै प्रयोग
विदेश गएकाहरूलाई फर्किएपछि सीप प्रयोग गर्ने नीति ।
५. शिक्षा नीति सुधार
रोजगारमुखी, व्यवहारिक तथा जीवनोपयोगी शिक्षाको विस्तार ।
देश विकासको मूल आधार भनेकै सक्षम, प्रेरित र स्वदेशमा आशावादी युवाशक्ति हो । आज युवाहरू किन बिदेसिन्छन् भनेर दोष थोपर्नुभन्दा पहिले, तिनीहरूलाई स्वदेशमै अवसर दिने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो । राष्ट्र निर्माणको जिम्मा केबल सरकारको मात्र नभई हामी सबैको हो ।
हामीले आफ्नै देशलाई रोज्नु, बनाउनु र सम्हाल्नु सबैभन्दा ठुलो राष्ट्रसेवा हो ।
Leave a Reply