यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
४० वर्ष पुगेपछि क्याल्सियम र भिटामिन ‘डी’ खानैपर्छ भनेर मान्यता स्थापित भएको वर्तमान समयमा यस मान्यताविरुद्धको एउटा लेख ब्रिटिस मेडिकल जर्नलमा छापिएको छ । यो लेखमा ‘क्याल्सियम चक्की खाँदा शरीरको हाड भाँचिने कम हुन्छ भन्ने पुस्टि हुँदैन, बरु धेरै क्याल्सियम खाँदा स्वास्थ्यमा विभिन्न समस्या पर्न सक्छ’ भन्ने कुरा उल्लेख गरिएको छ । यसको सट्टा प्राकृतिक तर क्याल्सियमले भरिपूर्ण भएको खानाले महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने कुरा लेखिएको छ ।
शिशु, बालबालिका हुर्कंदै गर्दा उनीहरूलाई क्याल्सियमको जरुरत पर्छ । यति मात्र होइन, आमाको हाडको स्वास्थ्य राम्रो राख्न र भुणलाई पनि स्वस्थ बनाएर जन्माउन गर्भवती महिलाको भोजनमा पर्याप्त मात्रामा क्याल्सियम हुनुपर्छ । स्वस्थकर भोजनको साथै विभिन्न व्यायाम, योगासन र हिँडाइको पनि ठुलो महत्व हुन्छ । उष्ट्रासन, मत्स्यासन, गरुडासन आदिले हाडलाई बलियो बनाउन ठुलो भूमिका खेल्ने कुरा आयुर्वेदमा उल्लेख छ ।
खाएको खानाबाट क्याल्सियम पेटमा राम्रोसँग शोषण हुनको लागि पाचन प्रणाली पनि स्वस्थ रहनुपर्छ । शरीरका सम्पूर्ण हाडहरू स्वस्थ राख्न क्याल्सियमको चक्की खाएर होइन, पर्याप्त मात्रामा क्याल्सियम भएका खानाको प्रयोग गर्नु उचित हुन्छ । शरीरमा कुनै कारणले क्याल्सियम अति नै कम भएको अवस्थामा मात्र स्वास्थ्यकर्मीले क्याल्सियम औषधि प्रयोग गर्ने सल्लाह दिन सक्छन् ।
शरीरमा क्याल्सियमको कमी भएपछि हड्डी दुख्ने, मांसपेसी दुख्नेजस्ता समस्या हुन्छ । साथै ढाडको हाड कमजोर भएपछि जीउ कुप्रो पर्ने हुनसक्छ । त्यसो हो भने क्याल्सियम प्राप्त गर्न के खाना खाने त ? भन्ने प्रश्न सबैको मनमा आउँछ ।
सामान्यतया हाम्रो भान्सामा पाइने तिलमा पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । यसको साथै यसैमा लौहतत्व, जिंक आदि सूक्ष्म तत्व पाइन्छ । तिलको प्रयोग अनेक तरिकाले गर्न सकिन्छ ।
तिलको छोप बनाई अचारमा हालेर खान सकिन्छ । तिललाई पिसेर सुप, दाल, तरकारीमा हालेर खान सकिन्छ । बालबालिकाको भोजनमा पिसेर हाल्न सकिन्छ । ३० ग्राम (६ चम्चा) तिलमा ३०० मिलिग्राम क्याल्सियम पाइन्छ । माघको बेलामा तिल र चाकुको लड्डु बनाएर खाने चलन छ । तिल, चाकु दुवै क्याल्सियमको उत्तम स्रोत हुन् । सुत्केरीलाई चाकु खान दिने राम्रो चलन छ । तर यो ज्ञान बिर्सेर हामी क्याल्सियम पाउन औषधिको प्रयोग गर्छाैँ ।
क्याल्सियम भएको खाद्यवस्तुको प्रयोगले शरीरमा पर्याप्त मात्रामा क्याल्सियम उपलब्ध भएर हाडको स्वास्थ्य राम्रो हुने त छँदै छ, साथै उच्च रक्तचाप बढी भएका, शरीरमा खराब बोसो भएका व्यक्तिहरूको लागि पनि फाइदा गर्छ । किनभने यसमा पर्याप्त मात्रामा रेसादार तत्व हुन्छ ।
सूर्यमुखी फूलको बीउबाट तेल बन्छ र कतिपयको घरमा त्यो प्रयोग गरिन्छ पनि । तर सूर्यमुखी फूलको बीउ नै खाँदा पनि यसबाट पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ भन्ने कुरा जानकारी नभएकोले नेपालमा सूर्यमुखी फूलको बीउ खाने त्यति चलन छैन । युरोप र अमेरिकामा भने यो चलन छ ।
शरीरको हड्डी बलियो बन्नलाई मात्र क्याल्सियम जरुरत पर्ने होइन कि मांसपेशी स्वस्थ रहन पनि क्याल्सियम चाहिन्छ । हाम्रो शरीरमा रहेको सम्पूर्ण क्याल्सियममध्ये ९९ प्रतिशत क्याल्सियम त हाड र दाँतमा नै हुन्छ । त्यसैले शरीरमा क्याल्सियम कम भए दाँत र हाड दुवै कमजोर हुन्छ । स्वस्थकर खानाबाट नै प्रायः क्याल्सियम प्राप्त गर्न सकिन्छ ।
वनस्पति र हरियो सागसब्जीबाट पनि पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । कतिपय व्यक्तिहरू धार्मिक वा स्वास्थ्यको कारणले गर्दा दूध, दही, पनिर खाँदैनन् । दूध नपच्नेहरूको लागि क्याल्सियमको राम्रो स्रोत वनस्पति हुनसक्छ । तोफु र भटमासबाट बनेका अन्य विभिन्न परिकार, राजमा, बदाम, आलस आदिमा पनि पर्याप्त क्याल्सियम पाइन्छ । यस्तै मुगंरेलोको स्वाद अलि तीतोजस्तो हुन्छ । यो प्रायः अचार, निम्की, पुरी बनाउँदा पनि अलि–अलि प्रयोग गरिन्छ । मुगंरेलोको प्रयोगले पनि शरीरमा क्याल्सियम दिन्छ ।
शरीरमा क्याल्सियम राम्रोसँग शोषण हुनका लागि भिटामिन ‘डी’ को पनि जरुरत पर्छ, जुन सूर्यको किरणबाट पर्याप्त मात्रामा पाइन्छ । भोजनमा अण्डा, च्याउ आदिबाट केही भिटामिन ‘डी’ प्राप्त गर्न सकिन्छ । सुन्तला, घिउसिमीजस्ता विभिन्न वनस्पतिबाट क्याल्सियम प्राप्त हुँदा यसको साथै अन्य सूक्ष्म पौष्टिक तत्व पनि प्राप्त हुन्छ । उदाहरणको लागि भटमासको प्रयोग गर्दा यसमा प्रोटिन र रेसादार तत्व पनि पाइन्छ । सखरखण्ड शिशु र बालबालिकाको लागि पनि उत्तम हुन्छ । यसमा पनि पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । यसलाई उसिनेर, तरकारी, हलुवा बनाएर खान र ख्वाउन सकिन्छ ।
चना, रहर, मटर आदि प्रोटिनले भरिपूर्ण हुन्छ । यिनमा पर्याप्त मात्रामा क्याल्सियम पनि पाइन्छ । चनालाई उसिनेर, पिसेर, रोटीसँग पनि खान सकिन्छ । चनाको पिठोको हलुवा बनाउन सकिन्छ । यसलाई विभिन्न तरकारीमा मिसाएर सुप बनाउन सकिन्छ । शरीरमा क्याल्सियम प्राप्त होस् भन्नको लागि पत्रु खाना खानचाहिँ छोड्नै पर्छ । यिनमा पाइने अधिक नुन र चिनीले गर्दा शरीरको क्याल्सियम राम्रोसँग शोषण हुन पाउँदैन । पत्रु खाना खुवाउने बानी गर्दा बच्चाहरूलाई क्याल्सियम र भिटामिन ‘डी’ को कमी हुनसक्छ ।
Leave a Reply