यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
२०७९ वैशाख ३० गते भएको स्थानीय सरकारको दोस्रो निर्वाचनपछि भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधिहरू बहाली भएको (३ वर्ष पूरा भई चौथो वर्षमा) आजकै दिन जेठ ६ गते भएको हो । आज हामी नगरवासीहरूसामु यस गःहिटी टोलस्थित ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन कार्यक्रममा सामेल भएका छौँ । यस मन्दिरको गौरवशाली इतिहासलाई पुनः जागृत गरी यहाँहरूसमक्ष खुसी साट्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । साथै हामीलाई आत्म सन्तोषको महसुस भइरहको छ । आज यस गरिमामय कार्यक्रममा सम्पूर्ण उपस्थित नगरवासी दाजुभाइ, दिदी बहिनीहरूलाई स्वागत गर्न चाहन्छु; बधाई दिन चाहन्छु ।
भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थकता दिँदै आज इतिहासको गर्भमा लुप्त हुने तरखरमा रहेको यस लक्ष्मीनरसिंह मन्दिर यहाँका जिम्मेवार वडावासी दाजुभाइ, दिदीबहिनीहरूको सम्पदाप्रतिको उत्कर्ष मायाको कारणले, समय परिस्थितिको सामञ्जस्यताले यस मन्दिर हामीसामु गर्वका साथ ठडिएको छ । यस कार्यले भक्तपुर नगरपालिका र नगरवासीहरूको पहिचानमा अर्को आयाम थपिएको महसुस भएको छ ।
१५ औँ शताब्दीमा राजा जयस्थिति मल्लको पालामा निर्माण भएको यो मन्दिर १८ औँ शताब्दीमा राजा जितामित्र मल्लको पालामा भूकम्पका कारण भत्किएपछि केही परिमार्जन गरी पाताल गणेश मन्दिर पुनः निर्माण भएको इतिहासबाट बुझ्न सकिन्छ । ९० सालअघि नै भत्किएको यस मन्दिर ९० सालको भूकम्पले पेटीसम्मको संरचना नै भत्किएको इतिहासकारहरूको बुझाइ रहेको छ । बेलायती महारानी एलिजाबेथको भक्तपुर भ्रमणको क्रममा यस मन्दिरलाई एक तलामा सीमित गरी जस्ताको छाना छाएर सुरक्षित बनाइएको बुझाइ रहेको छ । पर्याप्त ऐतिहासिक प्रमाणको अभावमा विभिन्न समयमा यस मन्दिरको पुनः निर्माणको प्रयास भने नभएको होइन ।
निर्वाचित जनप्रतिनिधिहरू नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुरूप शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न र हाम्रो पहिचान रहेको सम्पदाको साथै संस्कृति जगेर्ना गर्ने काममा निरन्तर लागिरहका छन् । सम्पदा, संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत स्थानीय कालिगडहरूले नै स्थानीय सामग्री प्रयोग गरी स्थानीय प्रविधिमा यस मन्दिरको भव्य स्वरूपमा निर्माण गर्न सफल भएको छ । यो नै भक्तपुर नगरको लागि ठुलो उपलब्धि हो । यसमा सबै नेपालीहरूको लागि उपत्यकाको मौलिक शैली निरन्तर जीवित रहन्छ भन्ने विश्वास मौलाएको भान हुन्छ । यसर्थ, यस भव्य मन्दिरको सांस्कृतिक महत्वलाई जीवन्त राख्न आजै यस वडाका वडावासीहरूबाट विशेष क्षमा पूजा गर्न लागिएको हुँदा यस मन्दिर र यस स्थान जीवन्त हुने र जीवन्त नगर भक्तपुरको विशेषता अझ थपिने विश्वास हामीले लिएका छौँ ।
(भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ जेठ ६ गते भएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीद्वारा व्यक्त मन्तव्यको सार)
Leave a Reply