नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ११ जेठ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँको आयोजनामा हुन गइरहेको दोस्रो डिजिटल एक्स्पोसम्बन्धी तालिम भक्तपुरमा आइतबार सञ्चालन गरिएको छ ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको उक्त तालिममा सङ्घकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले वर्तमान अवस्थामा उपभोक्ताहरूले भौतिकरूपमा भन्दा अनलाइन माध्यमबाट आफूलाई आवश्यक वस्तु तथा सेवा खरिद गर्ने क्रम बढेकोले डिजिटल एक्स्पो बिक्रेता र ग्राहकको लागि राम्रो प्लेटफर्म साबित हुने धारणा राख्नुभयो ।
नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका महासचिव दुर्गाराज श्रेष्ठले एक्स्पोमा सबै क्षेत्रका उद्यमी व्यवसायीहरूले सहभागिता जनाउन सक्ने जानकारी दिँदै अनलाइन व्यापारको अभ्यासमा उद्यमी व्यवसायीहरूलाई अभ्यस्त बनाउँदै उत्पादित सामग्रीहरूको बजारीकरणमा मद्दत पु¥याउन एक्स्पो आयोजना गरिएको बताउनुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, नेपाल उद्योग वाणिज्य महासङ्घ वाग्मती प्रदेशअन्तर्गतको साना तथा मझौला उद्योग समितिकी सभापति लक्ष्मी खनाल, सङ्घका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, कार्यसमिति सदस्य एवं सङ्घअन्तर्गतको मेला समितिका संयोजक रञ्जित मारिखुलगायतले डिजिटल व्यापार मेला उद्यमी व्यवसायीहरूका लागि समय सुहाउँदो प्लेटफर्म रहेको बताउनुभयो ।
प्रशिक्षक सौरभ चालिसेले तालिममा डिजिटल व्यापार मेलामा स्टल बुकिङ गर्ने तरिका, स्टलमा आफ्नो उत्पादनको विवरण राख्ने, अर्डर आएका सामान ग्राहकसम्म पु¥याउने विधिलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता थियो ।
Leave a Reply