नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, जेठ ११ । भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि.को २३ औँ स्थापना दिवसको अवसरमा शिक्षा उपसमितिको आयोजनामा भ्यु टावर रिसोर्ट, सूर्यविनायकमा बाल बचतकर्ता वनभोज कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका सभापति, शिक्षा उपसमितिका संयोजक मीना प्रजापतिले स्थापना कालदेखि भक्तपुर महिला साकोसले महिला दिदीबहिनी र बालबालिकालाई मध्यनजर राखी उनीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको लागि विविध सीपमूलक तालिम, अभिमुखीकरण कार्यक्रम र विविध प्रतियोगिताहरू गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर महिला साकोसका अध्यक्ष कृष्णश्वरी प्रजापतिले आगामी दिनमा पनि उनीहरूको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता र कक्षाहरू सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले चित्रकला प्रतियोगितामा विजेता भाइबहिनीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
उपाध्यक्ष सुनिता दुवाल र कोषाध्यक्ष मीना ध्वोजूले बालबालिकालाई शिक्षाको महत्व र योगको महत्वबारे प्रस्ट्याउँदै सामान्य योग अभ्यास पनि गराउनुभएको थियो । चित्रकला सहजकर्ता विपुल प्रजापतिले चित्रकलाको बारेमा जानकारी दिनुभएको थियो ।
Leave a Reply