भर्खरै :

कटुञ्जेमा मिठाइ बनाउने तालिम सम्पन्न

कटुञ्जेमा मिठाइ बनाउने तालिम सम्पन्न

भक्तपुर, १५ जेठ । कटुञ्जे सामुदायिक सिकाई केन्द्रको आयोजनामा बिहीबार मिठाइ बनाउने तालिम सम्पन्न भयो ।
तालिममा नेमकिपा सूर्यविनायकका सचिव एवं सामुदायिक सिकाइ केन्द्र अध्यक्ष महेन्द्र बखुन्छेले मिठाइ तालिमको साथै जुनसुकै सीपमूलक तालिम दिए पनि व्यवहारमा उतार्न सके आत्मनिर्भर हुनसक्ने र कसैको भरमा बस्नु नपर्ने बताउनुभयो । यस्ता सीप मूलक तालिम दिन र लिन सरकारले ध्यान दिनुपर्ने हो । तर, दिइरहेको छैन । त्यसले गर्दा देशमा बेरोजगारी बढेको छ भने युवा जनशक्ति विदेशिन बाध्य भएको चर्चा गर्नुभयो ।
स्थानीय निकायले पनि तालिम, विकास निर्माण बजेट विनियोजन गर्ने बेला पक्षपात गरेको छ । हामीले आफनै स्रोत साधनले यस्ता तालिम सञ्चालन गरिरहेको पनि प्रस्ट पार्नुभयो ।
कार्यक्रममा प्रशिक्षक सुमन काफ्लेले तालिम दिन र लिने मात्र नगरीकन यसलाई व्यवहारमा उतार्ने मिठाइ व्यवसाय राम्रो हुने र अहिले यस्तो मिठाइ व्यवसाय स्वदेशीले भन्दा विदेशी बढी मात्रामा गरिरहेको, हामी परनिर्भर भइरहेका र हाम्रो पैसा विदेश गइरहेको बताउनुभयो ।
कार्यक्रममा कटुञ्जे सामुदायिक सिकाई केन्द्रका सचिव चनमती खुलीखुली, रामकृष्ण बखुन्छे र प्रशिक्षक सरु काफ्लेले पनि तालिमको महत्वबारे चर्चा गर्नुभएको थियो । तालिममा २४ जना प्रशिक्षार्थीहरू सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *