भर्खरै :

बोडेमा वः महोत्सव हुने

मध्यपुर, १५ जेठ । यही जेठ १७ गते बोडेमा वः (बारा) महोत्सव हुने भएको छ । मध्यपुर नगरपालिकाको मध्यपुर पर्यटन विकास समाजको आयोजनामा सो महोत्सव हुन लागेको हो । सो कार्यक्रम सफल बनाउन बुधबार एक छलफल तथा अन्तरक्रिया कार्यक्रम भयो ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपमेयर विजय श्रेष्ठ र मध्यपुर वडा नं. ८ का रमेश थापा श्रेष्ठले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा मध्यपुर पर्यटन विकास समाजका अध्यक्ष रमेश प्रजापतिले वः महोत्सवमा हुने कार्यक्रमबारे बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक टोलमा खाजाको साथै वः प्रदर्शन हुने, बोडेको लाछिटोलमा सांस्कृतिक कार्यक्रम र किताब प्रदर्शन हुनेछ । बोडे माविमा फोटो प्रदर्शन, सिक्का र नोटको प्रदर्शन हुनेछ । अन्य टोलमा कतै डकुमेन्ट्री प्रदर्शन त कतै साहित्य गोष्ठी हुनेछ । साहित्य गोष्ठी विविध साहित्य समाजको आयोजनामा हुनेछ । कतै खुला सांस्कृतिक कार्यक्रम त कतै माटोको उत्पति र माटोको महत्वबारे प्रवचन कार्यक्रम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *