भर्खरै :

मापदण्डमा तरलता गणनासम्बन्धी व्यवस्था सच्याउनुपर्ने

मापदण्डमा तरलता गणनासम्बन्धी व्यवस्था सच्याउनुपर्ने

भक्तपुर, १६ जेठ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा एकदिने ‘महिला सशक्तीकरणमा सहकारीको भूमिका’ विषयक गोष्ठी शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्डमा तरलता गणनासम्बन्धी व्यवस्था सच्याउनुपर्ने बताउनुभयो ।
सहकारीमा नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था रहेको र जोखिम भारित सम्पत्तिजस्ता नयाँ विषयवस्तु रहेको उल्लेख गर्दै उहाँले मापदण्डमा प्राथमिक पुँजीकोष पर्याप्त मात्रामा नभएको सहकारी संस्थाले नाफा भए पनि लाभांश बाँड्न नपाइने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका पूर्वमहाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले ‘महिला सशक्तीकरणमा सहकारीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सभापति एवम् सङ्घका सञ्चालक सदस्य कृष्णश्वरी मचामसीले सहकारीमा महिलाहरूले के कस्तो भूमिका खेलिरहेका छन् र सहकारीले महिला सशक्तीकरणको लागि के कस्तो भूमिका खेलेको छ र अहिलेको सहकारी अभियानमा महिलाले के भूमिका खेल्नुपर्दछ भन्ने उद्देश्यका साथ गोष्ठीको आयोजना भएको बताउनुभयो ।
महिला सशक्तीकरण उपसमितिका सदस्य निर्जना ढुङ्गेल दाहालको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा सङ्घका अधिकृत कृष्णश्वरी ह्यौँमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *