भर्खरै :

महालक्ष्मी स्कूलमा दन्त शिविर सम्पन्न

महालक्ष्मी स्कूलमा दन्त शिविर सम्पन्न

काठमाडौँ, १६ जेठ । काठमाडौँ जिल्लाको उत्तरी भेगमा पर्ने तारकेश्वर नगरपालिका वडा नम्बर ६ फुटुङमा रहेको महालक्ष्मी इङ्गलिस हाई स्कूलले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा जेठ १४ गते विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक,कर्मचारी गरी झण्डै ७ सत्न्दा बढी व्यक्तिहरूको दन्त परीक्षण विद्यालयको प्राङ्गणमा सम्पन्न ग¥यो ।
बालबालिकाको स्वास्थ्य र सुरक्षामा विगत लामो समयदेखि काम गर्दै आएको Love the children संस्थाको आयोजना र समाज डेन्टल हस्पिटल बसुन्धराको प्राविधिक सहयोगमा दन्त शिविर सम्पन्न भएको हो । परीक्षण गरिएका मध्ये झण्डै ८० प्रतिशत बालबालिकाको दाँतमा कीरा लाग्ने समस्या देखिएकोले यसबाट बच्न समयमै सावधानी अपनाउनुपर्ने र समय समयमा दन्त परीक्षण गराइरहनुपर्ने कुरा Love the children का मुकुन्द खनालले बताउनुभयो । अहिलेको आहारविहार तथा विभिन्न कारणले अहिलेका बालबालिकाहरूमा आँखा, दाँत र मुटु रोगको समस्या अत्यधिक देखिएकोले समयमै परीक्षण गरे भविष्यमा आउनसक्ने ठुला समस्याबाट बच्न सकिने कुरा उहाँले सुझाव दिनुभयो ।
महालक्ष्मी इङ्गलिस हाई स्कूलले विद्यार्थीको शिक्षामा मात्र होइन स्वास्थ्यमा पनि विशेष ध्यान दिँदै यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन भइसकेको कुरा विद्यालयका संस्थापक अध्यक्ष सनकमान महर्जनले बताउनुभयो । अबको केही महिनापछि नै मुटु परीक्षण र आँखा शिविर सञ्चालन गरिने कुरा पनि विद्यालयका संस्थापक महर्जनले बताउनुभयो । समाज डेन्टल हस्पिटल बसुन्धराका इन्चार्जलगायत पाँचजना डाक्टर र Love the children संस्थाका अध्यक्षसहित पाँच जना स्वयंसेवी सदस्यहरूको संलग्नतामा दन्त परीक्षण शिविर सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *