के दुईतिहाइ मनपरी हो ?
- जेष्ठ ४, २०८३
एक्लै
भररात
मैनबत्ती
रत्तिभर चित्त नदुखाई
आफूलाई रित्याउँछ !
भोलि, बिहान हुन नभ्याउँदै
उज्यालो
कति हत्तार हत्तार
मेरो कोठाभित्रसम्म चहार्न पुग्छ ।
तर… …
सकिसकेको मैनबत्ती मुन्तिर
सहिदको रगतझैँ
त्यहाँ–शान्त…
एक दुई थोपा मैन
शेष रहन्छन्
रुन्चे मुखले
उज्यालो, त्यहीँ नै घोप्टिएर
म्वाइ खान्छ !
Leave a Reply