भर्खरै :

युवाविहीन बन्दै छ मेरो देश

युवाविहीन बन्दै छ मेरो देश

सर्वसाधारणले सोच्दै नसोचेको त्यो गणतन्त्र
व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको
आशा गरेका युवाहरू विहीन बन्दैछ मेरो देश ।

एउटा राजा फालेर धेरै राजा
स्वीकार गर्नुपर्ने त्यो सङ्घीयता
आज देश चलाउन विदेशी ऋण किन ?

संविधानसभाले निर्देश गरेको संविधान
विश्वकै उत्कृष्ट माने तापनि यहाँ
पञ्चायती अवशेष अझै बाँकी किन ?

बहुसङ्ख्यक मजदुर किसानले चाहेको व्यवस्था
विदेशीको प्रयोगशाला बनाउन हात पसार्दा
आफ्नै पौरखमा रम्ने देशभक्त नागरिकले सहँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *