भर्खरै :

चम्चाहरू

चम्चाहरू

 

चिनी मिलाउने
नुन मिलाउने
भात खुवाउने त चम्चा हैनन्
चम्ची हुन् ।

चम्चाहरू
चियामा चिनी मिलाउँदैनन्
अनिदो तिहुनमा नुन मिलाउँदैनन् ।

बरु मिलाउँछन्
स्वाभिमानको चियासँग
हिनताको गोबर मिलाउँछन्
इज्जतका तिहुनहरूसँग
बेइज्जतका घुनहरू मिलाउँछन् ।

साँध सिमानाका खम्बाहरूसँग
धमिराका गोलाहरू मिलाउँछन्
बाघका गुफाहरूसँग
बाख्राका खोरहरू मिलाउँछन् ।

ढुकुटी र चोरहरू मिलाउँछन्
यिनै तनाव र चिन्ता रोगले ग्रस्त
आमालाई
भात खुवाउँदैनन् चम्चाहरू
घात खुवाउँछन्
सन्ताप खुवाउँछन्
रुवाउँछन्
गम्छा ओडेका चम्चाहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *