कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १७ जेठ । विश्व धूमपानरहित दिवस ३१ मईको अवसर पारेर प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थीहरूले शनिबार जनचेतनामूलक प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । सुर्तीजन्य पदार्थको प्रयोग तथा धूमपान नगर्न सन्देशहरू लेखिएका प्लेकार्ड, ब्यानरसहित विद्यालय प्राङ्गणबाट सुरू भएको कार्यक्रम ब्यासी, चोछेँ, महालक्ष्मीस्थानमा कोणसभा गरी विद्यार्थीहरूले सचेतना कार्यक्रम गरेका थिए ।
युवाहरूलाई सुर्तीजन्य पदार्थको प्रयोगसँग सम्बन्धित गम्भीर स्वास्थ्य जोखिमबारे जानकारी गराउन आवश्यक भएको, विद्यालय, अभिभावक र समुदायका व्यक्तित्वहरूले विशेष ध्यान दिई पहल गर्नुपर्ने र धूमपानलगायत सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक वर्ष विश्वका ८० लाख मानिसको मृत्यु हुने गरेको र नेपालमा २७ हजारभन्दा बढी नेपालीको ज्यान गुमाइरहेको तथ्याङ्क छ ।
प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थीहरू सुर्तीजन्य पदार्थमा लुकाइएको मानवताविरोधी विषयवस्तुलाई जनतासामु छर्लङ्ग पार्ने उद्देश्यले सचेतना ¥यालीको आयोजना गरेको सहभागी विद्यार्थीहरूले व्यक्त गरेका छन् ।
Leave a Reply