भर्खरै :

कमलविनायक बचतको आयोजनामा रक्तदान कार्यक्रम

कमलविनायक बचतको आयोजनामा रक्तदान कार्यक्रम

भक्तपुर, १७ जेठ । कमलविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड युवा तथा खेलकुद समितिको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भयो ।
सहकारी शेयर सदस्य एवं स्थानीय बासिन्दाको उपस्थितिमा १४ जना महिला तथा ४६ जना पुरुष गरी जम्मा ६० जना सहभागी थिए ।
रक्तदान जीवन दान हो भन्ने मूल नारा साथ कमलविनायक बसपार्कमा बिहान ७ बजे देखि ११ बजेसम्म सञ्चालन भएको थियो । नेपाल रेड्क्रस सोसाइटी भक्तपुर जिल्ला समितिको प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाको अनुमतिमा उक्त कार्यक्रम सञ्चालन भएको आयोजक समितिका संयोजक विश्वराम मगजुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *