सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १८ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा पन्ध्रदिने आधारभूत फोटोग्राफी तालिम सिद्धि गणेश तालिम हल, खँचामा शुभारम्भ भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं उपसमिति संयोजक विष्णुराम दुमरुले संस्थाबाट विगतमा दिएको फोटोग्राफी तालिमका प्रशिक्षार्थीहरूले फोटोग्राफीलाई व्यवसायिकरूपमा अघि बढाएको उदाहरण दिँदै तालिम आयोजनाको मुख्य उद्देश्य सदस्यहरूको सीप विकास गरी रोजगारीको श्रृजना गर्नु हो भन्नुभयो । उहाँले तालिममा लगनशील र अनुशासित भई नियमितरूपमा कक्षामा सक्रिय सहभागी हुनुपर्नेमा जोड दिँदै तालिममा सिकेका सीप अरुलाई सिकाउन सक्षम हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक सरोज राईले किताबी ज्ञानले मात्र सीपको विकास नहुने बताउँदै अनुभव र निरन्तर अभ्यासले सीप विकास हुने उल्लेख गर्नुभयो । उहाँले चीन विकसित हुनुको मुख्य कारण त्यस देशका दक्ष नागरिकहरू सीपको सदुपयोग गर्नु रहेको बताउँदै चीनका नागरिकमा सीपको विकास हुनुमा पच्छिमी मुलुकहरूबाट सीप सिकेर त्यसको अनुसरण गरी सीप विकास गर्नु हो भन्नुभयो ।
कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply