भर्खरै :

लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम सम्पन्न

लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम सम्पन्न

भक्तपुर, १८ जेठ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथिनखाः को अवसर पारेर भक्तपुर नगरको सम्पदाको रूपमा रहेको ऐतिहासिक कालदह (कालिदह) सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
संस्थाका अध्यक्ष राजन जतिले उक्त सरसफाइ कार्यक्रमको औपचारिक कार्यक्रममा सहकारी संस्थाहरूले समय–समयमा समुदाय लक्षित विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । लोकेश्वर साकोसले समुदायमा आधारित रही समुदायलाई हित हुने स्वास्थ्य शिविर, महिलालक्षित सीपमूलक तालिम, सांस्कृतिक कार्यक्रम र सम्पदा सर–सफाइका कार्यक्रमहरू हरेक वर्ष नियमितरूपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।
समुदायमा आधिरित सहकारीहरूको हितविपरीत नेपाल सरकार र राष्ट्र बैङ्कबाट जारी गरेको निर्देशन तत्काल संशोधन हुनुपर्ने माग राख्दै सरसफाइ कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानीय जनताको उल्लेख्य सहभागी रहेको उक्त सरसफाइ कार्यक्रममा कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *