जेलका चिट्ठीहरू पुस्तक धेरैभन्दा धेरै पाठकहरूको मनसम्म पुग्न सफल होस्
- श्रावण २, २०८३
प्रजातान्त्रिक जन–गणतन्त्र कोरिया समाजवादको नमुना देश हो । यो देश सफा सुग्घर भएको देशमध्येमा पर्छ । यो करमुृक्त देश हो । यो आम जनतामा केन्द्रित देश हो । यो सरकार, कोरियाली मजदुर पार्टी, सेना र जनता मिलेको देश हो । यो देश साम्राज्यवादविरोधी देश हो । सानो देश भएर पनि आणविक प्रशिक्षण गरिएको देश हो । देशलाई बुद्धिजीवीकरण गर्ने अभियानमा रहेको देश हो । यो शिक्षाको देश हो । सानो देश भएर पनि साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकासामु नझुक्ने देश हो । क्रान्ति भए क्रान्ति र शान्ति भए शान्तिको निम्ति लड्न तयार भएको देश हो । एक मन, एक संस्कृति र एक जनजातिको देश हो प्रजग कोरिया । यहाँ प्राथमिक पाठशालादेखि उच्च शिक्षा स्थापनासम्म सबै तहका स्कूलमा निःशुल्क शिक्षाको व्यवस्था छ । देशभरि शिशुशाला र शिशुस्याहार केन्द्रको व्यवस्था गरिएको देश पनि प्रजग कोरिया नै हो ।
सम्पूर्ण जनतालाई प्रत्येक याममा लुगा वितरण हुन्छ र राज्यको खर्चमा निःशुल्क चिकित्सा व्यवस्था र सामाजिक पालनपोषणको व्यवस्था पनि यही देशमा हुन्छ । उत्तर र दक्षिण कोरिया एक हुनुपर्छ भनी लामो समयदेखि सङ्घर्ष गरिरहेको देश कोरिया नै हो । प्राविधिक विचारधारात्मक र सांस्कृतिक क्रान्तिको अभियान छेडेर अघि बढिरहेको देश विरलै होला । यसरी नेपालजस्तै सानो देश प्रजग कोरिया उदाहरणीय कार्य गरेर विश्वको लागि शिक्षा दिने देश बनेको छ । यसरी जुछे विचारधारामा रहेर आफ्नै ढङ्गले अघि बढिरहेकै प्रजग कोरियालाई साम्राज्यवादी देश र उसका पिछलग्गू देशहरू एक्लो पार्ने, संसारको एक्लो देश भनी झूट कुरा फैलाइरहेका छन् । आफू विश्वबाट एक्लिँदै गएको यथार्थलाई साम्राज्यवादी देशहरू ढाकछाप गर्छन् । एउटा गल्ती छोप्न अर्को गल्ती गर्ने देशहरूले संसारका जनता र मुलुकको विश्वास जित्न सक्दैनन् ।
कोरियाली जनताकै रगत पसिनाको कारण प्रजग कोरियामा कलकारखाना, स्कूल, विश्वविद्यालय, नाचघर, संस्कृति दरबार, केटाकेटीका दरबारहरू बग्रेल्ती खोले† अध्ययन केन्द्र, सांस्कृतिक तथा शैक्षिक केन्द्रहरू खोले । प्रजग कोरियाको स्वाधीन अर्थतन्त्रले जनताको जीवनको निम्ति चाहिने सबथोक उत्पादन गरेको छ । सबै जनताले खाने, लाउने व्यवस्था गरिएको छ । निःशुल्क शिक्षा र निःशुल्क चिकित्सा सेवाको व्यवस्था छ । समाजवादी आर्थिक निर्माणका नयाँ अभिभारा पूरा गर्नेतर्फ पनि प्रजग कोरिया सचेत छ । मूल्यको सही प्रयोग गर्न सक्नु पनि समाजवादी अर्थतन्त्रको विशेषता हो । राष्ट्रिय अर्थतन्त्रका विभिन्न शाखा, कारखाना तथा उद्योगहरूमा मूल्यको नियम सही तरिकाले उपयोग गरिएको पाइन्छ ।
मूल्यको नियमको आवश्यताअनुसार वित्तीय तथा बैङ्किङसम्बन्धी क्षेत्रमा सही ढङ्गले बित्तीय नियन्त्रण गर्नाले कारखाना र उद्योगमा नाफा हुन्छ । तर, विडम्बना ! नेपालमा सरकारले खोलेको उद्योग र कारखानाहरू एकपछि अर्को बन्द हुन्छन्; घाटाको निहुँमा विदेशी कम्पनीमा कुनै निजी व्यक्तिलाई बिक्री गरेको हुन्छ । कुनै देशमा जनताको आवश्यकताअनुसार उद्योग कारखाना खोल्दै जाने कुनै देशमा बन्द गर्दै जाने । उद्योग कारखाना खोलेर जनताको सेवा गर्ने काम सरकारको होइन भन्ने पुँजीपतिवर्गका शासकहरू रहेसम्म देश विकास सम्भव छैन; नेपाललाई आत्मनिर्भर बनाउन सकिँदैन । प्रजग कोरियाली सरकारले बित्तीय अनुशासनलाई सृदृढ पारेर पैसा खेर त जाने नीति लागु गरेको छ । नेपालमा सही ढङ्गले उद्योग, कारखाना सञ्चालन नहुँदा, शासकहरू देश र जनताप्रति जिम्मेवार नहुँदा देशमा समस्या बढेको हो† जनता मर्कामा परेका हुन् ।
राज्यले तोकिदिएको आधारमा पैसा खर्च गरिएको हुन्छ । नियमविपरीत खर्च गर्नु राज्यको कानुनको उल्लङ्घन मानिन्छ । राज्यको ऐनविपरीत उल्लङ्घन गर्ने अधिकार कसैलाई छैन । राज्यको बजेटमा निर्धारित भएअनुसार सही या ठीक ढङ्गले खर्च गर्नु नै वित्तीय अनुशासनको जिम्मेवारी हो । कारखाना, उद्योग र सहकारी सङ्गठनमा कार्यरत मजदुर, कर्मचारी र सहकारी सदस्यहरूले के कति कमाए, खर्च गरे भन्ने थाहा पाउन समय–समयमा सिंहावलोकन गरिएको हुन्छ । यसको कारण वित्तीय अनुशासन लागु गर्न सजिलो हुन्छ । बेलाबखत समीक्षा भएपछि कर्मचारी र श्रमिकहरूले मुलुकको आर्थिक स्थिति जतनसाथ राख्न अवसर पाउँछन् । यसले समाजवादी आर्थिक निर्माणमा सहयोग पु¥याउँछ ।
नेपालमा ज–जसले सक्ला उ–उसले गर्ला र खाला भनेरै छुट दिइएको देखिन्छ । आ–आफ्नो सङ्घ संस्थामा आबद्ध हाकिम, प्रबन्धक, उच्चस्तरीय पदाधिकारीहरू जीवनको उद्देश्य नै पैसा कमाउने ठान्छन् । उनीहरू राजनीति पद र पैसाको निम्ति ठान्छन्; राजनीति गर्नु जोगी बन्न होइन भन्छन् । पद र पैसाको निम्ति राजनीति गर्नेले देश र जनताको चिन्ता कहाँ लिन्छन्† किन लिन्छन् ? प्रजग कोरियामा राज्य र समाजका सबै सम्पत्ति जनताको उपलब्धि भएको हुँदा यसलाई जनताका साझा ठान्छन् । समाजवादी व्यवस्थामा समाजवादी वितरण सिद्धान्तअनुसार प्रत्येक व्यक्तिले आफूले गरेको कामअनुसार पाउँछ । आवश्यकताअनुसार वितरण हुने साम्यवादी समाजमा सबैले काम गर्नुपर्छ । तर, नेपालमा काम गर्ने भोकै बस्नुपर्ने हुन्छ भने काम नगर्नेले ऐøयासी जीवन बिताएको हुन्छ । अरुको श्रम र पसिनामा रजाइँ गर्न पल्केका शासक र शासक पक्षधरहरूले देश र जनताको सेवा गर्लान् भन्ने विश्वास कसरी गर्ने ? प्रजग कोरियामा आफ्नै ढङ्गको समाजवादी बजेट व्यवस्था छ ।
सरकारले स्थानीय बजेट व्यवस्थालाई सुदृढ पारेको छ । तर, नेपालमा सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याउने भनिए तापनि व्यवहारमा लागु भएको छैन† बरु सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँसम्म पुगेको छ । किसानहरूको निम्ति छुट्टै किसान बैङ्कको व्यवस्था गरिएको छ । किसानहरूले किसान बैङ्कमा पैसा जम्मा गर्थे । बैङ्क एजेन्सीहरूले कषि सहकारी र गरिब किसानलाई दीर्घकालीन ऋण र मध्यम किसानलाई अल्पकालीन ऋण दिने व्यवस्था मिलाए । प्रजग कोरियाको वर्ग नीतिअनुसार धनी किसानलाई ऋण दिइएन । पैसाको कमी नभएका कारखाना र उद्योगहरूलाई योजनाअनुसार काम पूरा गर्न सकेन भने अल्पकालीन ऋणको व्यवस्था गरिएको हुन्छ । यसरी प्रजग कारियामा वित्तीय व्यवस्थापनलाई समाजवादी आँखाले हेरिएको हुन्छ । नेपाल–कोरिया मैत्री सङ्घले सन् १९७९ मा प्रकाशित गरेको ‘प्रभावकारी वित्तीय प्रबन्धद्वारा समाजवादी निर्माणलाई बढाऔँ’ शीर्षकको पुस्तक वित्तीय र बैङ्क कार्यकर्ताहरूको राष्ट्रिय बैठकमा २३ डिसेम्बर १९७८ मा दिइएको प्रजग कोरियाली जनताका नेता किम इल सङको भाषण हो ।
Leave a Reply