भर्खरै :

बाराही बचतको आयोजनामा खुला रक्तदान कार्यक्रम

बाराही बचतको आयोजनामा खुला रक्तदान कार्यक्रम

भक्तपुर, २ साउन । बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित रक्तदान कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भयो ।
मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरी सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष बलराम प्रजापति र व्यवस्थापक शिवजी हाकुदुवालले रक्तदान जीवनदान भएकाले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।
उहाँले सहकारी संस्था वित्तीय कारोबारमा मात्र सीमित नरही समाजप्रति उत्तरदायी संस्थाका रूपमा स्वास्थ्य, शिक्षा, वातावरण तथा सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सहभागी ४८ जना रक्तदाताका साथै सम्पूर्ण स्वयंसेवक, सहयोगी संस्थाका पदाधिकारी तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति संस्थाले हार्दिक धन्यवाद व्यक्त गरिएको उक्त कार्यक्रम समाजमा रक्तको अभाव न्यूनीकरण गर्न तथा मानवीय सेवाको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो । कार्यक्रमले सहकारीको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *