अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
ख. चीनले पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौतामा गरेको प्रतिबद्धता इमानदारीसाथ पूरा ग¥यो
चीनले व्यापार सम्बन्धको हकमा आफ्नो दायित्व गम्भीरतापूर्वक वहन ग¥यो । पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौता (तपसिलमा पहिलो चरणको सम्झौतालाई ‘सम्झौता’ मात्र उल्लेख गरिनेछ) अन्तर्गत बौद्धिक सम्पत्तिको संरक्षण, आयात वृद्धि र बजार पहुँच विस्तारजस्ता उपाय अपनाउँदै चीनले आफ्नो दायित्व इमानदारीसाथ पूरा ग¥यो । यसबाट अमेरिकी कम्पनीसहित अन्य सबै देशका लगानीकर्तालाई चीनले हासिल गरेको आर्थिक विकासको लाभ साझा गर्न अनुकूल व्यावसायिक वातावरण सिर्जना भयो ।
१. चीनले बौद्धिक सम्पत्ति संरक्षणलाई अझ सुदृढ बनाउँदै लग्यो
नवप्रवर्तन (इनोभेसन) अर्थात् नवीन आविष्कार भनेको विकासको प्रमुख ऊर्जा या आधार हो । बौद्धिक सम्पत्ति संरक्षण गर्नुको अर्थ नवप्रवर्तनको संरक्षण गर्नु पनि हो । सम्झौताअन्तर्गतका आफ्नो दायित्व पूरा गर्न चीनले व्यापार गोप्यता र औषधिसम्बन्धी बौद्धिक सम्पत्ति संरक्षण, साइबर अधिकार उल्लङ्घनको दण्ड र बौद्धिक सम्पत्तिसम्बन्धी कानुनी कार्यवाहीलाई सुदृढ गर्ने विभिन्न उपायहरू अपनायो ।
चीनले व्यापार गोपनीयताको संरक्षणमा जोड दियो । सन् २०२० सेप्टेम्बरमा चीनको सर्वोच्च जन अदालतले व्यापार गोपनीयताको उल्लङ्घनसम्बन्धी नागरिकका मुद्दामामिलामा कानुनी कार्यवाही विषयक नियमावली प्रकाशित ग¥यो । सर्वोच्च जनअदालत र सर्वोच्च जन अभियोजन Procuratorate कार्यालयले बौद्धिक सम्पत्ति अधिकार उल्लङ्घनसम्बन्धी फौजदारी मुद्दामा कानुनी प्रयोगसम्बन्धी व्याख्या (तृतीय) जारी ग¥यो । साथै सर्वोच्च जन अभियोजन कार्यालय र जनसुरक्षा मन्त्रालयले जनसुरक्षा निकायको क्षेत्राधिकारमा पर्ने फौजदारी मुद्दा दर्ता र अभियोगसम्बन्धी नियमावली संशोधन गर्ने निर्णय प्रकाशित गरे । सन् २०२० डिसेम्बरमा राष्ट्रिय जन काङ्ग्रेस (NPC) ले फौजदारी कानुनमा संशोधन पारित ग¥यो । यी सम्पूर्ण दस्तावेजले व्यापार गोपनीयताको उल्लङ्घन मानिने गैरकानुनी कार्य एवम् व्यापार गोपनीयता चोरी गर्नेलाई अस्थायी प्रतिबन्ध लगाउने कार्य, अपराधको फौजदारी अनुसन्धान सुरु गर्ने कानुनी अगुवाइलाई स्पष्ट परिभाषित गर्दछ ।
चीनले औषधिसम्बन्धी बौद्धिक सम्पत्ति संरक्षण प्रणालीमा सुधार ल्यायो । सन् २०२० अक्टोबरमा राष्ट्रिय जन काङ्ग्रेस (NPC) स्थायी समितिले पेटेन्ट कानुनमा छलफलसहित संशोधन गर्ने निर्णय ग¥यो । औषधिसम्बन्धी पेटेन्ट विवादहरूको प्रारम्भिक समाधानका संयन्त्र तथा आविष्कारहरूको लागि पेटेन्ट अवधि विस्तार (Patent Term Extension – PTE) सम्बन्धी अतिरिक्त व्यवस्था छलफलमा समावेश गरिएको थियो । सन् २०२१ जुलाईमा चीनको राष्ट्रिय औषधि उत्पादन प्रशासन र राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (CNIPA) ले संयुक्त रूपमा औषधिसम्बन्धी पेटेन्ट विवादको प्रारम्भिक समाधान संयन्त्र कार्यान्वयन उपाय (परीक्षण) जारी ग¥यो । त्यसैगरी CNIPA ले औषधिसम्बन्धी पेटेन्ट विवादको प्रारम्भिक समाधान संयन्त्रका लागि प्रशासनिक उपाय प्रकाशित ग¥यो । सर्वोच्च जन अदालतले पञ्जीकरणको लागि आवेदन दिइएका औषधिसम्बन्धी पेटेन्ट विवाद सल्टाउन नागरिक मुद्दामा कानुनी प्रयोग या कार्यवाहीसम्बन्धी नियमावली जारी ग¥यो । यी उपायले औषधिसम्बन्धी पेटेन्ट विवादको प्रारम्भिक समाधान संयन्त्रको स्थापनामा सहयोग पु¥यो । सन् २०२३ डिसेम्बरमा राज्य परिषद्ले पेटेन्ट कानुन कार्यान्वयन नियमावली संशोधन गर्ने निर्णय जारी ग¥यो । CNIPA ले पेटेन्ट समीक्षा निर्देशिकामा आवश्यक संशोधन पूरा ग¥यो । यो संसोधनले नयाँ आविष्कारका लागि पेटेन्ट अवधि विस्तारसम्बन्धी प्रावधान अझ स्पष्ट बनायो । CNIPA ले सन् २०२१ को पेटेन्ट समीक्षा निर्देशिकामा आविष्कार प्रयोगशालाको तथ्याङ्क या डेटा ढिलो बुझाउने प्रक्रियासम्बन्धी प्रावधान पनि थप स्पष्ट ग¥यो ।
चीनले ट्रेडमार्क र भौगोलिक सङ्केत संरक्षणमा सुधार ग¥यो । सन् २०१९ अप्रिलमा राष्ट्रिय जन काङ्ग्रेस
(NPC) स्थायी समितिले ट्रेडमार्क ऐन संशोधन गर्ने निर्णय ग¥यो । गलत मनसायले गरेको ट्रेडमार्क दर्तालाई नियमन गर्ने व्यवस्था संशोधनमा थपियो र ट्रेडमार्कको विशिष्ट अधिकार उल्लङ्घन गर्नेमाथि कडा सजाय तोकियो । दर्ता गरिएको ट्रेडमार्क नक्कल गर्नेमाथि लाग्ने कानुनी कारबाहीको स्तरलाई महत्व दिएर ऐन संशोधन गरियो । त्यसपछि चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (CNIPA) ले ट्रेडमार्क दर्ताका लागि आवेदन नियमनसम्बन्धी प्रावधान, ट्रेडमार्क उल्लङ्घन भएको निर्धारणका मापदण्ड र ट्रेडमार्कसम्बन्धी सामान्य उल्लङ्घन जाँचका मापदण्ड तयार गरेर जारी ग¥यो । यी उपाय या संशोधनको उद्देश्य अनावश्यक र हानी गर्ने ट्रेडमार्क दर्ता आवेदन नियन्त्रण गर्नु थियो । सन् २०२३ डिसेम्बरमा CNIPA ले भौगोलिक सङ्केतसहितका वस्तु संरक्षणको उपाय र सामूहिक ट्रेडमार्क तथा प्रमाणीकरण ट्रेडमार्कको दर्ता तथा व्यवस्थापनसम्बन्धी नियमावली सार्वजनिक ग¥यो । यो पहलले भौगोलिक सङ्केत संरक्षणका लागि कानुनी ढाँचा थप सुदृढ र स्पष्ट भयो ।
चीनले संरा अमेरिकासँग बौद्धिक सम्पत्ति आदानप्रदान र सहकार्य सक्रियतापूर्वक प्रवद्र्धन गयो । बौद्धिक सम्पत्तिको समीक्षा, विज्ञहरूको आदानप्रदान, र जनचेतनाजस्ता विभिन्न प्राविधिक क्षेत्रमा अमेरिका र चीनबिच पारस्परिक लाभ र व्यावहारिक सहकार्य विस्तारमा जोड दिइयो । परामर्शमा आधारित कार्ययोजना र समझदारी पत्रमा (MoU) हस्ताक्षरजस्ता पहल गरियो । सक्रिय र खुला दृष्टिकोणसाथ अमेरिकी उद्यमीसँग संवाद एवम् सञ्चार गरियो । चीनको बौद्धिक सम्पत्ति प्रणालीसम्बन्धी अमेरिकीहरूको बुझाइ तथा सुझावलाई गम्भीरतापूर्वक मनन गरियो । चीनमा बौद्धिक सम्पत्तिसम्बन्धी उनीहरूको खसोखास चासोलाई सम्बोधन गर्न उच्चस्तरीय समन्वयको बाटो अपनाइयो ।
चीनले साइबर अपराधविरुद्ध कडा सङ्घर्ष सुरु ग¥यो । सन् २०२० सेप्टेम्बरमा सर्वोच्च जन अदालतले ई–कमर्श प्लेटफर्ममा आधारित बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी नागरिकका मुद्दा परीक्षणको निर्णय ग¥यो । साइबर बौद्धिक सम्पत्ति उल्लङ्घन विवादमा कानुनी कार्यवाही या प्रयासको जवाफ जारी ग¥यो । यसबाट सूचना तत्काल हटाउने प्रक्रिया र प्रतिउत्तरसम्बन्धी व्यवस्था स्पष्ट पार्यो । सन् २०२० नोभेम्बरमा राष्ट्रिय जनकाङ्ग्रेस (NPC) स्थायी समितिले प्रतिलिपि अधिकार ऐनमा संशोधन पारित ग¥यो । जसमा प्रतिलिपि अधिकार उल्लङ्घनसम्बन्धी नागरिक सहयोगका थप प्रावधान समावेश गरिएका थिए । २०२१ अगस्टमा बजार नियमनका लागि राज्य प्रशासनले जनवादी गणतन्त्र चीनको इलेक्ट्रोनिक्स कमर्श ऐन संशोधनसम्बन्धी प्रारम्भिक निर्णय प्रकाशित ग¥यो र सार्वजनिक राय सङ्कलनका लागि प्रस्तुत ग¥यो । उक्त प्रारम्भिक निर्णयमा सूचना दिने र हटाउने प्रक्रियाबारे लेख र सम्बन्धित सजाय उल्लेख गरिएका छन् ।
चीनले बौद्धिक सम्पत्तिसम्बन्धी कानुनी कार्यान्वयन सुदृढ बनायो । सन् २०२० अगस्टमा बजार नियमनका लागि राज्य प्रशासन र केही अन्य सरकारी निकायले नक्कली या गलत वस्तु नष्ट गर्ने कार्य सुदृढ ग¥यो । साथै राजकीय परिषद्ले प्रशासनिक कानुन कार्यान्वयन निकायद्वारा आपराधिक आशङ्कासहितका मुद्दालाई सार्वजनिक सुरक्षासम्बन्धी निकायमा सिफारिस गर्ने प्रावधान परिमार्जन ग¥यो । यी दुवै दस्तावेजले प्रशासनिक कानुन निकायबाट बौद्धिक सम्पत्तिसम्बन्धी अपराधको आशङ्का भएका मुद्दा सार्वजनिक सुरक्षा निकायमा पठाउनुपर्ने व्यवस्था गरेको प्रस्ट हुन्छ ।
चीनले बौद्धिक सम्पत्तिको अधिकार उल्लङ्घन र नक्कली सामान आविष्कार या उत्पादनविरुद्धको कानुनी पहलकदमी सुदृढ ग¥यो । सन् २०२४ मा चीनको बजार निगरानी विभागहरूले बौद्धिक सम्पत्ति संरक्षणका लागि विशेष अभियान सञ्चालन गरे । मुख्य क्षेत्र, मुख्य उत्पादन र मुख्य बजार केन्द्रित अभियान थिए ती । झण्डै ६७५,००० मुद्दाको अनुसन्धान गरियो । जसमध्ये ४३,९०० वटा मुद्दा ट्रेडमार्क उल्लङ्घन र नक्कली पेटेन्टसँग सम्बन्धित थिए । अभियानकै दौरान ती बजारमा फर्जी र नक्कली सामानको जोखिमविरुद्ध ८८,००० भन्दा बढी कानुनी कारबाहीका गतिविधि गरिए । चीनको सामान्य प्रशासनिक भन्सार कार्यालयमार्फत आयात–निर्यात व्यापारमा बौद्धिक सम्पत्ति उल्लङ्घन या हिनामिना रोक्न विशेष अभियानको सञ्चालन गरी कार्यान्वयन पक्षलाई थप सुदृढ बनाइयो । परिणामस्वरूप सन् २०२४ मा बौद्धिक सम्पत्ति उल्लङ्घनको आशङ्का गरिएका ४१,६०० वटा ढुवानी रोकिए जसमा ८ करोड १६ लाख वस्तु थिए ।
२. चीनले जबर्जस्ती प्रविधि हस्तान्तरणलाई निषेध ग¥यो
जबर्जस्ती गरिने प्रविधि हस्तान्तरणका कुनै पनि स्वरूपको विरोध चीनले गर्दछ । अन्तर्राष्ट्रिय प्रविधि सहकार्यमा पारस्परिक लाभको सहकार्यलाई आधारभूत मूल्य मान्छ चीन । चिनियाँ तथा विदेशी कम्पनीहरूबिच स्वइच्छा र बजार सिद्धान्तको आधारमा प्रविधि हस्तान्तरण हुन्छ । प्रविधि हस्तान्तरण तथा स्वीकृतिबाट दुवै पक्षलाई लाभ हुने वातावरण तयार गर्दछ । यही आधारशिलामा चीनले विश्वको वैज्ञानिक तथा प्राविधिक प्रगतिलाई समर्थन र अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
विदेशी लगानीका संयुक्त उद्यम र चिनियाँ कम्पनीबिच आपसी सहमतिमा प्रविधि सहकार्य गर्न र चिनियाँ बजारबाट व्यावसायिक लाभ साझेदारी गर्न गरेका सम्झौतालाई अमेरिकी पक्षले “जबर्जस्ती प्रविधि हस्तान्तरण” भनी आक्षेप लगायो । तर त्यो आरोप वास्तविकता एवम् वस्तुस्थितिसँग पटक्कै मेल खाँदैन ।
चीनले जबर्जस्ती प्रविधि हस्तान्तरणमा कानुनी प्रतिबन्ध लगायो । सन् २०१९ मार्चमा जारी गरिएको विदेशी लगानीसम्बन्धी कानुनले भन्छ — “कुनै पनि प्रशासनिक निकाय वा कर्मचारीले प्रशासनिक माध्यमबाट प्रविधि हस्तान्तरण गर्न कसैलाई पनि बाध्य पार्न सक्दैन ।” सन् २०१९ अप्रिलमा संशोधनसहित जारी गरिएको प्रशासनिक अनुमतिसम्बन्धी कानुनमा उल्लेख छ — “प्रशासनिक निकाय वा त्यहाँका कर्मचारीले प्रशासनिक अनुमति प्रदान गर्ने प्रक्रियामा प्रत्यक्ष वा परोक्ष प्रविधि हस्तान्तरणको माग गर्न पाउने छैन ।” सन् २०१९ डिसेम्बरमा जारी गरिएको विदेशी लगानीसम्बन्धी कानुन कार्यान्वयन नियमावलीमा पनि कुनै पनि स्वरूपको जबर्जस्ती प्रविधि हस्तान्तरण निषेध गर्नुपर्ने स्पष्ट विचार उल्लेख छ ।
प्रशासनिक विभाग र कर्मचारीलाई गोपनीयताको दायित्व बोध गराउने काम चीनले ग¥यो । चिनियाँ प्रशासनिक विभाग र त्यहाँका कर्मचारीहरूले थाहा पाएका विदेशी लगानीकर्ता वा विदेशी–पुँजी लगानी भएका उद्यमहरूको कुनै पनि व्यावसायिक गोपनीयता खोल्न मिल्दैन भन्ने प्रावधान चिनियाँ कानुनमा व्यवस्था छ । विदेशी लगानी ऐनले पनि यही भन्छ । कुनै प्रशासनिक विभागको कर्मचारीले आफ्नो जिम्मेवारी वहनका क्रममा थाहा पाएका गोप्य व्यावसायिक कुरा अरूलाई बताउँछ वा गैरकानुनी रूपमा अरूलाई सूचना या जानकारी प्रदान गर्छ भने अपराध ठहर गरी उसलाई कानुनअनुसार सजाय या दण्ड दिइने व्यवस्था पनि उल्लेख छ । यस्तै प्रावधान प्रशासनिक अनुमति ऐनमा पनि पाइन्छ ।
बजारलाई अझ खुला गरी लगानी पहुँच वृद्धि गर्ने काम चीनले ग¥यो । चीनले आफ्नो बजार वातावरणलाई निरन्तर सुधार र सुरक्षित बनाउँदै छ । विदेशी लगानी खुला गरेको छ । विदेशी उद्यमीलाई चीनमा लगानी गर्नका लागि हौस्याउन विकल्प र स्वतन्त्रता प्रदान गरेको छ । विदेशी उद्यमीलाई चिनियाँ साझेदारहरूसँग स्वइच्छा र बजार सिद्धान्तअनुसार प्राविधिक सहकार्य गर्न अनुकूल वातावरण तयार गर्न चीनले हरसम्भव प्रयत्न गरेको सत्य हो ।
चीनले पूर्व–स्थापित राष्ट्रिय उपचार र नकारात्मक सूची उपचारमा आधारित व्यवस्थापन प्रणाली लागू ग¥यो । विदेशी लगानीका व्यवसाय स्थापना र संशोधनका लागि पुरानो व्यवस्था या अभ्यासलाई सहज र प्रभावकारी सूचना रिपोर्टिङको नयाँ अभ्यासले प्रतिस्थापन ग¥यो । यसले विदेशी लगानीलाई प्रोत्साहन र लगानी वातावरण सुधार गर्न विभिन्न उपायहरू अघि सार्यो ।
सन् २०२४ मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति महासचिवालय र राज्य परिषद् महासचिवालयले बजार पहुँच प्रणाली सुधार गर्ने निर्णय अक्षरशः लागु ग¥यो । आन्तरिक र विदेशी लगानी पहुँचसम्बन्धी नीतिहरूबिच समन्वय र मेल सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइयो । साथै विद्यमान व्यावसायिक एकाइहरूलाई थप लगानी पहुँचको अवसरबाट बञ्चित गर्न नहुने व्यवस्था मिलाइयो । चीनले लगानी बजारमा पहुँच प्रणालीलाई थप परिष्कृत एवम् वातावरणलाई सुधार गर्दै बजार पहुँचको वास्तविक कार्यक्षमता बढायो ।
३. चीनले खाद्य तथा कृषि उत्पादनमा बढी पहुँच प्रदान ग¥यो
कृषि उत्पादन द्विपक्षीय व्यापारको महत्वपूर्ण हिस्सा हो । दुवै पक्षको ठूलो बजार संयन्त्रमा कृषि उत्पादनसँग जोडिएको छ भन्दा फरक नपर्ला । कोभिड–१९ का कारण आएका कठिनाइका बाबजुद चीनले यो दुइपक्षीय सम्झौताको सम्मान गर्दै संरा अमेरिकाबाट कृषि उत्पादन खरिद बढाएको तथ्याङ्क छ । सन् २०२० नोभेम्बरमा अमेरिकी सरकारले प्रकाशित गरेको एउटा रिपोर्टअनुसार चीनतर्फ निर्यात गरिने अमेरिकी कृषि उत्पादनको आकार पुनः सामान्य अवस्थामा फर्किएको थियो । अमेरिकी कृषि विभाग (USDA) र संयुक्त राज्य व्यापार प्रतिनिधिको कार्यालयले २०२० मा प्रकाशित गरेको मूल्याङ्कन रिपोर्टकानुसार पनि यो सम्झौता अमेरिकी कृषि क्षेत्रको लागि ऐतिहासिक कदम साबित भयो ।
सम्झौतानुसार सन् २०२० फेब्रुअरीदेखि चीनले केही अमेरिकी कृषि उत्पादनमा आयात प्रतिबन्ध हटायो । विशेषतः अमेरिकी गाईको मासु, कुखुरा र दुग्ध उत्पादनको व्यापार पुनः सुचारु भयो । सम्झौतामा तोकिएका सर्तहरूअनुसार चीनले —
-३० महिनाभन्दा पुरानो गाईको मासु र मासु उत्पादनमा प्रतिबन्ध हटायो र ६०० भन्दा बढी अमेरिकी कम्पनीहरूलाई चीनमा मासु निर्यात गर्न अनुमति दियो ।
-अमेरिकी घरपालुवा जनावरलाई दिइने खाना, पोल्ट्री र पोल्ट्री उत्पादनमा आयात सीमा हटाई कानुनी तथा नियमसङ्गत आयात थालियो ।
-३०० भन्दा बढी अमेरिकी कम्पनीहरूलाई शिशुलाई दिइने फार्मुला मिल्क, कच्चा दूध र अन्य दुग्ध उत्पादन चीनमा निर्यात गर्न अनुमति दियो ।
-अमेरिकी दुग्ध पर्मियट पाउडरको स्वीकृति प्रक्रिया पूरा गरी आयातको अनुमति दियो ।
-निरीक्षण र क्वारेन्टाइन सम्झौतामा हस्ताक्षर गरेर आठ अमेरिकी उत्पादनहरू — प्रशोधित आलु, एभोकाडो, आरु, ब्लूबेरी, जौ, मेथी घाँस र बिउ, बदामको दाना र बिउ, टिमोथी घाँस आयातको अनुमति दियो ।
प्रस्तुती : सुनिला
स्रोत : पेइचिङ रिभ्यू भाग ६७, अङ्क १६, अप्रिल १७, २०२५
Leave a Reply