भर्खरै :

भ्रमण प्रवेशाज्ञामा युवालाई विदेश पठाउने सबै गृहमन्त्रीहरू भ्रष्टाचारमा संलग्न !

भ्रमण प्रवेशाज्ञामा युवालाई विदेश पठाउने सबै गृहमन्त्रीहरू भ्रष्टाचारमा संलग्न !

काठमाडौँ, २० जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची थियो । सरकारले युवाहरूलाई भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी देश र युरोपका केही देशहरूमा पठाएका नेपाली युवाहरूसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन पार गराउन प्रतियात्रु ५० हजारदेखि ३ लाख रुपैयाँसम्म उठाएको र यसरी आएको रकममा नेकाका गृहमन्त्री रमेश लेखकसमेत संलग्न भएको सार्वजनिक भयो । माओवादी केन्द्र, रास्वपा, राप्रपा भ्रमण प्रवेशाज्ञामा भएको भ्रष्टाचारको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, स्पष्टीकरण प्रम केपी ओली शर्माले दिनुपर्ने, भ्रष्टाचारमा दोषी पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखी जेठ १३ गतेयता संसद् अवरोधमा उत्रेका छन् ।
संसद् बैठकको कार्यसूचीमा आ.व. २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने विषय पनि उल्लेख थियो । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गतेको संयुक्त संसद्मा बजेट पेस गरेका थिए । जेठ २०, २१, २२ र २३ सम्म छलफल हुने कार्यसूची थियो । तत्पश्चात् जेठ २६ गतेदेखि असार २ गतेसम्म मन्त्रालयको लागि विनियोजित बजेटबारे छलफल हुने कार्यसूची राखिएको थियो । संसद् अवरोधसँगै कार्यसूची प्रभाव प¥यो ।
प्रम ओलीले संसद्मा पेलेरै बैठक चलाउन दबाब दिएको सार्वजनिक भयो । जेठ १९ गते संसद्को अवरोध हटाउन प्रम ओलीले नेकाका सभापति शेरबहादुर देउवा र माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा छलफल पनि गरे । कोइराला समूह २०८४ सम्म नेका सङ्कटमा पर्ने अनुमान गर्दै तत्काल ओलीलाई दिएको समर्थन फिर्ता लिनुपर्ने आवाज उठाउँदै छ ।
भ्रमण प्रवेशाज्ञा भ्रष्टाचारमा अधिकांश गृहमन्त्री मुछिएको सार्वजनिक भइरहेको छ । यसकारण, माओवादी केन्द्र, रास्वपा, राप्रपाको संसद् अवरोध कुनै पनि बेला फिर्ता हुने सम्भावना छ ।
नेकाबाट अर्थमन्त्री र सूचनामन्त्री भएका ज्ञानेन्द्रबहादुर कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कमिसन खाएर ठेकेदारलाई ३–३ अर्ब रुपैयाँ छुट दिएको र टेरामक्स खरिदमा भ्रष्टाचार गरेको दाबी पनि सार्वजनिक भइरहेको छ । टेरामक्स खरिदमा नेकाबाट सूचनामन्त्री भएका मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा चल्यो । तर, नेकाका अर्का सूचनामन्त्री कार्कीविरुद्ध मुद्दा चलेन । सार्वजनिक भएअनुसार कार्की र पूर्वराष्ट्रपति विद्या भण्डारीको सामाजिक नाता परेको र यसकारण कार्की टेरामक्स खरिदको मुद्दा नचलाइएको हो ।
मन्त्री भएकाहरू भ्रष्टाचारबाट मुक्त भएको खबर छैन । यसकारण, संसद् अवरोध लामो नटिक्ने जानकारहरूको मत छ ।
अन्ततः बैठक बसेन, बैठक जेठ २१ गते बिहान ११ बजेसम्मको लागि स्थगित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *