कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
कैलाली, २० जेठ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा राउल क्यास्ट्रोको ९४ औँ जन्म दिनको अवसरमा लम्कीचुहा नगरपालिका वडा नं. २ मा प्रशिक्षण कार्यक्रम मङ्गलबार भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले क्युवामा समाजवादी व्यवस्था स्थापनापश्चात् शिक्षा, स्वास्थ्य निःशुल्क बनाइयो र
धेरै डाक्टरहरू तयार भएको बताउनुभयो । उहाँले आन्दोलनकारीहरूले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी खोजिरहेका छन्† गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा र मनोरञ्जनको व्यवस्था समाजवादी व्यवस्थामा हुने बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले राउल क्यास्ट्रोले क्युवाली बासिस्टा सरकारको विरुद्धमा सङ्घर्ष गर्दै समाजवादी व्यवस्था ल्याउनको निमित्त ठूलो सङ्घर्ष गरेको बताउनुभयो । क्युवामा कम्युनिस्ट व्यवस्था आउँदा साम्राज्यवादी अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको निर्देशनमा क्युवासँग सम्पूर्ण व्यापार तथा आर्थिक नाकाबन्दीसँगै उपचारमा पनि प्रतिबन्ध लगाएको अमेरिका संसारकै युद्ध अपराधी भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सहसचिव तथा कैलाली पार्टी अध्यक्ष लक्ष्मी पुनले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था समाजवादी व्यवस्थामा हुने भएकोले समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ कैलाली अध्यक्ष हिक्मत भण्डारी, नेमकिपा कैलाली सचिव गगन थापा र सदस्य ज्योति बडुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply