वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, २३ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ १३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा शुक्रबार विश्व सर्वहारावर्गका महान गुरू कार्ल माक्र्सको २०७ औँ जन्म दिवसको अवसरमा शुक्रबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले युवाहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे अध्ययन गरी जानकारीमा राख्नु आवश्यक छ भन्नुभयो ।
माक्र्सले सबै अर्थतन्त्रबाट शासित हुने भन्नुभएको उल्लेख गर्दै सचिव सुवालले संसारका शोषकहरू मिलेर सर्वसाधारण जनतालाई चुसिरहेकोबारे जनतालाई बुझाउनु जरूरी छ भन्नुभयो ।
नेकाले समर्थन गरेको एमालेको ओली सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बजेट पनि नेपालका शोषकहरूको सल्लाहमा बनाएको र सो बजेटमा गरिब र शोषितवर्गको हित हुने कुनै विषय नभएको उहाँले प्रस्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “माक्र्सले नाफाको लागि पुँजीपतिवर्ग झुन्डिन तयार हुने बताउनुभएको अहिले झन्झन् पुष्टि भइरहेको छ । मजदुर र गरिबवर्ग राजनीतिकरूपले सचेत र सङ्गठित भएपछि शोषकवर्ग पराजीत हुनेछ ।”
“संसारका शोषकवर्ग युद्धमार्फत आफ्नो स्वार्थ पूरा गर्छ । संयुक्त राष्ट्र सङ्घमा अमेरिकाले इजरायललाई प्यालेस्टिनी युद्धविराम गर्न नदिन विशेषाधिकार प्रयोग ग¥यो । इजरायलले दैनिक डेढ दुई सय प्यालेस्टिनीहरूको हत्या गर्दै छ । नेपाल क्रान्तिकारी युवा सङ्घ युद्धको विरोधमा उठ्नुपर्ने अवस्था छ”, सचिव सुवालले भन्नुभयो ।
नेपाली युवाहरू राजनीतिकरूपले सचेत र सङ्गठित नहुँदा सरकारहरूले भ्रष्टाचार गर्न सकेको र अहिलेकै संसद् अवरोध र खोल्ने विषय बाहिर आएको भागबन्डा गरी खाने नै भएको उहाँले बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले कोसी उच्च बाँधबारे भएको सम्झौता कार्यान्वयन भएमा तराईका असङ्ख्य गाउँ बस्तीहरू डुवानमा पर्ने र परनिर्भरता चुलिने खतरा रहेको बताउनुभयो ।
राजावादीहरूको प्रदर्शनबाट सामन्तवादको अवशेष बाँकी रहेको बुझ्न सकिने र अर्धउपनिवेश हुँदै देश नवउपनिवेशको शिकार हुनेतर्फ उहाँले सजग गराउनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर १३ औँ सम्मेलन तयारी समिति संयोजक जगतराम धुख्वाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रायुसङ्घका मुना बासुकलाले जनताको प्रजातन्त्र, एच.एस.सुवालले द्वन्द्वात्मक भौतिकवाद, रामसुन्दर बासीले कम्युनिस्ट घोषणापत्र, रत्ना चवालले माक्र्सको जीवनी र रूकेश कर्माचार्यले साम्यवादबारे बोल्नुभएको थियो ।
Leave a Reply