भर्खरै :

रामदेवको पतञ्जली : योग सिकायो कि भ्रष्टाचार !

रामदेवको पतञ्जली : योग सिकायो कि भ्रष्टाचार !

भक्तपुर, २४ जेठ । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालमा शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीले राजनीतिलाई देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने क्षेत्रको रूपमा लिँदै आएको चर्चा गर्दै पार्टीका साथीहरूमा स्पष्ट वर्गीय दृष्टिकोणको विकासमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकले मद्दत गर्नेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका नेताहरू बिग्रिएपछि देश र जनतालाई दुःख हुन्छ । भारतीय पुँजीपति रामदेवलाई ‘योग गुरू’ मानेका नेपालका प्रधानमन्त्री र मन्त्रीहरूलाई रामदेवले काठमाडौँ टुँडिखेलमा बिहानै बोलाएर योग सिकाउने नाममा उठबस गराए । रामदेवकै कम्पनी पतञ्जलीले काभ्रेमा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न र सो जग्गा प्लटिङ गरी बिक्री गराउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले अख्तियारको दुरूपयोग गरेको हँुदा उहाँको सांसद पदसमेत निलम्बनमा प¥यो । मन्त्री परिषद्बाट नीतिगत निर्णय गराई भ्रष्टाचार भएका गिरिबन्धु, ओम्नी, नेपाल ट्रस्टको जग्गालगायत काण्डका जिम्मेवारहरूमाथि छानबिन हुनु आवश्यक छ ।”
सचिव सुवालले भन्नुभयो, “यात्रु प्रवेशाज्ञा (भिजिट भिसा) मा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने
भ्रष्टाचारका काण्डमा २०६४ साल यताका सबै गृहमन्त्री परेको सार्वजनिक भयो । वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने सरकारका जिम्मेवारहरूलाई जवाफदेही बनाउनु आवश्यक छ ।”
“नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पिँडालु खाएको सुँगुर र पैसा खाएको कार्यकर्ता ठीक नहुने बताउनुभएको नेकाबाट वाग्मती प्रदेशका मुख्यमन्त्री भएका बहादुरसिंह लामाले पनि दोहो¥याउनुभयो । नेका, एमाले, माओवादी, रास्वपा, राप्रपालगायतले आफ्ना कार्यकर्तालाई सुसंस्कृत बनाउन नसक्दा भ्रष्टाचार बढिरहेको हो । नेमकिपाका कार्यकर्ताहरू लाभको लागि लोभमा पर्नु हुँदैन । उपभोक्ता समितिको काम ठेकेदारलाई गराउने होइन, जनताको सहभागितामा सम्पन्न गर्नु जरूरी छ”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले सात ओटा शैक्षिक संस्थाहरू सञ्चालन गरी देशभरिका विद्यार्थीलाई सस्तोमा उच्च शिक्षा प्रदान गर्दै आएको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रयास गरेको पनि धेरै भयो । तर, सरकारले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न दिने सम्भावना नभएको भनी बखेडा निकालेर सर्वसाधारण जनतालाई उच्च शिक्षा दिन नलगाउने दुस्प्रयास गर्दै छ । सरकारले अन्य विश्वविद्यालयलाई र ख्वप विश्वविद्यालयलाई कमजोर बनाउन यो बखेडा निकालेको हो । यो जालसाजीमा भक्तपुर नगरपालिका फस्नु हुँदैन ।”
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले पार्टी कार्यकर्ताहरू पुँजीवादी गतिविधिको विरोध गरी समाजवादी गणतन्त्रको प्रचार अभियानमा लाग्नुपर्ने र कार्यकर्ताले अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका केशवप्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एनपी दुलाल, सन्तराम दुलाल र कमल दुलालले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *