विद्यालय शिक्षा राम्रो बनाउन शिक्षकहरू योग्य र सक्षम हुनुपर्ने
- कार्तिक २३, २०८२

भक्तपुर, २४ जेठ । नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा–४ बोलाछेँ समितिको आयोजनामा शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले कलियुगको अर्थ पुँजीवादी बन्दोबस्त हो† पुँजीपतिवर्ग नाफाको लागि झुन्डिन तयार हुने हो† नेपाल क्रान्तिकारी महिला सङ्घमा लागेकाहरूलाई यो यथार्थ जानकारी हुनु जरुरी छ र महिलाहरू अन्धविश्वास होइन विज्ञानसम्मत विषयमा लाग्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “व्यक्तिगत सम्पत्तिको सुरुसँगै कलियुग सुरु भयो । समाजका विवाद, झगडा, हिंसा, युद्धसमेत भयो । जसको समाधान समाजवादी गणतन्त्रले गर्नेछ । पुँजीपतिवर्गको सरकारले मुट्ठीभरको स्वार्थको लागि राज्य संयन्त्र अगाडि बढाउँछ । स्वास्थ्यको लागि हानिकारक खाद्यान्न चाउचाउ, आलु चिप्स, कोक, फान्टा, तयारी बट्टाको जुसको विज्ञापन र बिक्री गराउँछ ।”
“आमाको गर्भमा ९ महिना र जन्मिसकेपछि २ वर्ष उचित पोषक पाएका बालबालिकाको ८० प्रतिशत मस्तिष्क विकास भइसक्ने अध्ययनबाट पत्ता लागिसकेको छ । आमाबाबुले मदिरा र सुर्तीजन्य पदार्थ उपयोग गरे बालबालिकाको मस्तिष्क उचित रूपमा विकास नहुने सार्वजनिक भइरहेको छ । यसबारे नेपाली समाजमा अझै सचेत भइसकेको छैन । यसको मुख्य कारण शिक्षा नै हो ।” उहाँले भन्नुभयो ।
सरकारमा गएकाहरूले भ्रष्टाचार नगरेको भए नेपाली युवा विदेश पठाउन नपर्ने र दाल, चामल, तरकारी फलफूल सबै भारत र अन्य देशबाट खरिद गर्न नपर्ने स्पष्ट पार्दै उहाँले प्रधानमन्त्री र मन्त्रीहरू, उच्चपदस्थहरू काठमाडौँ उपत्यकामा बसाइँसराइ गरेको हुँदा देशको सन्तुलित विकास भएन । काठमाडौँ उपत्यकाबासीले आफ्नो जमिन बिक्री नगरी सुरक्षित राख्नु जरुरी छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सभासद् सृजना सैँजुले स्वस्थ जीवन बाँच्न स्वस्थकर र सन्तुलित खानपिनमा विशेष ध्यान दिनुपर्ने सल्लाह दिँदै पुँजीपतिवर्गले आफ्नो नाफा र स्वार्थको निम्ति जनतालाई विषादीयुक्त खाद्य पदार्थ, तरकारी र शरीरका हड्डी खियाउने, मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता रोगहरू निम्त्याउने खालका पेय पदार्थहरू सेवन गराई अस्वस्थ बनाइरहेको बताउनुभयो । महिलालाई शिक्षा र राजनीतिक चेतना दिन भक्तपुर नगर अग्रस्थानमा रहेको चर्चा गर्नुभयो ।
४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालले आ.व.२०८२।८३ को लागि योजना छनोटमा वडावासीहरूबाट राय सुझाव सङ्कलन भइरहेको जानकारी गराउँदै सामाजिक सुरक्षा भत्ता वितरण, नाक, कान, घाँटी, पाठेघर, स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन तथा विभिन्न जनचेतनामूलक गतिविधि गर्दै आइरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ बोलाछेँ समितिका अध्यक्ष कृष्णलक्ष्मी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समिति सचिव रामलक्ष्मी दुवाल, सदस्य बुद्धलक्ष्मी त्वायनालगायतले बोल्नुभयो ।
Leave a Reply