आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
लस एन्जलस (अमेरिका), २९ जेठ (एएफपी) । कडा अध्यागमन रणनीतिविरुद्ध संयुक्त राज्य अमेरिकाभर विरोध प्रदर्शन भड्किएको छ । क्यालिफोर्नियाले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको सेना तैनाथीका विरुद्ध कानुनी लडाइँको तयारी गरिरहेको छ ।
अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसमा बुधबार छैटौँ दिनको विरोध प्रदर्शनका लागि एक हजारभन्दा बढी मानिस भेला भएका थिए । उनीहरू सडकमा मार्च गर्दा भिड शान्तिपूर्ण थियो ।
सहरका नेताहरूले पाँच सय वर्गमाइल (एक हजार तीन सय वर्गकिलोमिटर) महानगरका केही सहर ब्लकहरूलाई क्षति पु¥याउने अँध्यारो तोडफोड र लुटपाटलाई नियन्त्रण गर्ने प्रयास गर्दा दोस्रो रात कफ्र्यु लगाइएको थियो ।
“म भन्न सक्छु कि अधिकांश भागमा यहाँ ग्राउन्ड जिरोमा सबै कुरा ठिक्कै छ”, ६६ वर्षीय सेवानिवृत्त स्कूल शिक्षक एवं प्रदर्शनकारी लिन स्टर्गिसले भन्नुभयो, “हाम्रो सहरमा आगो लागेको छैन, यो जलिरहेको छैन, जसरीे हाम्रो भयानक नेताले तपाईंलाई भन्न खोजिरहेका छन् ।”
देशमा अवैध रूपमा आप्रवासीहरूलाई समात्ने प्रयासमा अचानक वृद्धि भएपछि प्रायः शान्तिपूर्ण विरोध प्रदर्शनहरू भड्किए ।
वासिङ्टनको स्पोकेनमा प्रहरीले ३० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेपछि र भिडलाई तितरबितर गर्न मरिचका गोलीहरू प्रहार गरेपछि रातिको कफ्र्यु घोषणा गरिएको प्रहरी प्रमुख केभिन हलले पत्रकार सम्मेलनमा बताउनुभयो ।
कागजातविहीन आप्रवासीहरूको ‘आक्रमण’ भएको दाबी गर्नेसँग लड्ने वाचा गरेर ट्रम्पले गत वर्ष आंशिक रूपमा चुनाव जितेका थिए ।
गभर्नर गेभिन न्युसमको आपत्तिका बाबजुद क्यालिफोर्निया नेसनल गार्डलाई तैनाथ गर्न आदेश दिँदै ट्रम्पले अब राजनीतिक पुँजी बनाउने अवसर कब्जा गरिरहेका छन् ।
राष्ट्रव्यापी विरोध बढ्दै
अन्य डेमोक्रेटिकद्वारा प्रशासित राज्यहरूमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको धम्कीका बाबजुद प्रदर्शनकारीहरू निडर देखिन्थे ।
सेन्ट लुइस, रेले, म्यानहट्टन, इन्डियानापोलिस र डेनभरमा प्रदर्शनहरू भएको रिपोर्ट गरिएको थियो ।
सान एन्टोनियोमा सयौँले सिटी हल नजिकै मार्च गरे र नारा लगाए । त्यहाँ टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबोटले राज्यको नेसनल गार्ड तैनाथ गर्नुभएको छ ।
ट्रम्पले अमेरिकी राजधानीमा अत्यधिक असामान्य सैन्य परेडमा भाग लिने बेला शनिबार राष्ट्रव्यापी ‘नो किङ्गस’ आन्दोलनको अपेक्षा गरिएको थियो ।
युद्धक विमान र ट्याङ्कहरूसहितको यो परेड अमेरिकी सेनाको स्थापनाको दुई सय ५० औँ वार्षिकोत्सव मनाउन आयोजना गरिएको हो तर यो ट्रम्पको ७९ औँ जन्मदिनको दिन पनि हो ।
भड्किएको अवस्था
ट्रम्प प्रशासनले विरोध प्रदर्शनलाई राष्ट्रका लागि हिंसात्मक खतराका रूपमा चित्रण गरिरहेको छ । यसले नियमित अध्यागमन एजेन्ट र प्रहरीलाई समर्थन गर्न सैन्य बलको आवश्यकता पर्ने बताएको छ ।
तर लस एन्जलसका मेयर करेन बासले यो सङ्कट वासिङ्टनमा निर्मित भएको बताउनुभयो ।
“एक हप्ताअघि लस एन्जलस सहरमा सबै कुरा शान्तिपूर्ण थियो”, उहाँले पत्रकारहरूलाई भन्नुभयो ।
नक्काबधारी र हतियारधारी पुरुषहरूद्वारा गिरफ्तारी बुधबार पनि जारी रह्यो ।
डाउनीको लस एन्जलसको उपनगरका एक पास्टरले राज्य बाहिर कार चलाउने पाँच सशस्त्र व्यक्तिले चर्चको पार्किङमा स्पेनिस भाषी व्यक्तिलाई समातेको बताउनुभयो ।
Leave a Reply