जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना
- कार्तिक २०, २०८२

काठमाडौँ, १ असार । काठमाडौँ गोंगबुको नयाँ बसपार्कलाई एमाले र काङ्गे्रसका नेताहरूले रकम असुल्ने अखडा बनाएको समाचार छ । १६१ रोपनीमा रहेको सो बसपार्क सञ्चालन गर्न ४५ वर्षका लागि काठमाडौँ महानगरले लोत्से बहुउद्देश्यीय प्रा.लि.लाई दिएको थियो । लोत्से बहुउद्देश्यीय प्रा.लि.बाट एमालेका नेता र पूर्वमन्त्रीहरू तथा काङ्गे्रसका नेता र पूर्वसांसदहरूले मोटो रकम उठाउँदै आएको पीडितहरूको आरोप छ ।
यातायात व्यवसायी महासङ्घका अध्यक्ष र वरिष्ठ उपाध्यक्षलगायतका पदाधिकारीको नाममा गाडी नभए पनि लोत्से बहुउद्देश्यीय प्रा.लि.ले सङ्घको चुनाव जिताएको चर्चा छ । आफ्नो पक्षमा लाग्नेहरूमात्र महासङ्घमा जिताउने लोत्से बहुउद्देश्यीय प्रा.लि. को नियत हो ।
बसपार्कको क्षेत्रफल अहिले १५१ रोपनीमात्र बाँकी भएको हुँदा १० रोपनी जग्गा हिनामिना भएको पीडितहरूको भनाइ रहेको छ । ३९ ओटा टिकट काउन्टर रहेको सो बसपार्कमा लोत्सेले आफ्ना आउरे वाउरेलाई मात्र चलाउन दिएको छ । काउन्टर सञ्चालकले प्रति काउन्टर १ लाख रुपियाँ लोत्सेलाई, २ लाख रुपियाँ स्थानीय गुन्डालाई मासिक सलामी बुझाउनुपर्ने गुनासो छ । मासिक नबुझाउने, विरोध गर्नेलाई कुटपिट, अङ्गभङ्ग गर्नेसम्मको हर्कत भए पनि प्रहरी प्रशासन मुकदर्शक रहेको गुनासो छ ।
काठमाडौँ महानगर प्रमुखले यो समस्याबारे भेट्न नचाहेको र राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलाई पठाएको पत्रसमेत कारबाही नभएको गुनासो छ । बसपार्क बनाइदिने जाइका र जापानी दूतावास पनि मौन छन् । अतः संविधान संशोधन गरेर भएपनि भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था हुनु जरुरी भयो ।
Leave a Reply