भर्खरै :

बच्चाको लागि कति ‘स्क्रिन टाइम’ उपयुक्त ?

बच्चाको लागि कति ‘स्क्रिन टाइम’ उपयुक्त ?

आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटर बालबालिकाको जीवनशैलीमा अभिन्नजस्तै बनिसकेको छ । यिनै उपकरणहरूसँग बिताएको समयलाई स्क्रिन टाइम भनिन्छ । सुरुमा यस्तो रमाइलो लाग्न सक्ने यी उपकरणहरूको अत्यधिक प्रयोगले बच्चाको भाषा विकास, ध्यान, निद्रा, सामाजिक व्यवहार र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानहरूले प्रमाणित गरिसकेका छन् ।
स्क्रिन टाइम भनेको के हो ?
कुनै पनि स्क्रिन टेलिभिजन/मोबाइल/ट्याब्लेटको अगाडि बसेर कुनै पनि डिजिटल गतिविधि जस्तै गेम खेल्ने÷भिडियो हेर्ने÷सामाजिक सञ्जाल चलाउनेलाई स्क्रिन टाइम भनिन्छ । स्क्रिन टाइमको बेला तपाईँ एकै ठाउँमा बसिरहनुहुन्छ र कम भौतिक गतिविधि गर्नुहुन्छ ।
तपाईँको बच्चाको लागि कति स्क्रिन टाइमलाई ‘धेरै’ भनिन्छ ?
स्क्रिन टाइम र बोली, भाषाको विकास, सञ्चार, ध्यान दिनसक्ने क्षमता, निद्रा र मानसिक स्वास्थ्यबिच सम्बन्ध रहेको देखिन्छ ।
०–५ वर्षसम्मको बच्चालाई कति स्क्रिन टाइम उपयुक्त हुन्छ ?
– ०–२ वर्षका बच्चालाई कुनै पनि स्क्रिन नदेखाउने । यद्यपि, कहिलेकाहीँ परिवार वा साथीभाइसँग कुरा गर्ने सन्दर्भमा देखाउन सकिनेछ ।
– २ वर्षदेखि ५ वर्षसम्मका बच्चालाई ३० मिनेटभन्दा बढी स्क्रिन टाइम दिनु हुँदैन ।
– ठुलो स्क्रिन प्रयोग गर्नुहोस् ः यदि तपाईँको बच्चाले स्क्रिनमा केही हेर्दै छ भने सकेसम्म ठुलो स्क्रिन (जस्तै टेलिभिजन वा कम्प्युटर) प्रयोग गर्नुहोस् । ठुलो स्क्रिन प्रयोग गर्दा आँखामा कम असर पर्छ ।
– बच्चालाई शान्त पार्न मोबाइल÷ट्याब्लेट प्रयोग नगर्नुहोस् । धेरै स्क्रिन टाइमले बच्चालाई झिँझो लाग्ने र रिसाउने बनाउँछ । यसको सट्टामा बच्चासँग खेल्ने, गफ गर्ने, सँगै किताब पढ्ने वा कथा सुनाउने गर्नुहोस् ।
धेरै स्क्रिन देखाउँदा हुने असर :
– बच्चाले थोरै शब्दहरूमात्र बोल्न सक्छ ।
– बोली भाषा विकासमा ढिलाइ हुनसक्छ ।
– सामाजिक व्यवहारमा कठिनाइ आउन सक्छ ।
६ वर्षदेखि १० वर्षसम्मका बालबालिकाका लागि
– बिहान मोबाइल वा अन्य स्क्रिनबिना उठ्ने ।
– दिनको १–२ घण्टामात्र मोबाइलको प्रयोग गर्ने र बिदाको दिनमा २ घण्टाभन्दा बढी प्रयोग नगर्ने ।
– बिहान उठ्ने बेलामा मोबाइल वा अन्य स्क्रिन पहुँच बाहिर राख्नुहोस् ।
– दिनमा १–२ घण्टा व्यायाम गर्ने वा खेल खेल्ने ।
– संवेगात्मक–शारीरिक गतिविधि प्रोत्साहन गर्नुहोस् : बच्चाहरू धेरैजसो समय आफूभन्दा ठुला व्यक्तिहरूको नक्कल गर्छन् र उनीहरूकै जस्तै व्यवहार अपनाउँछन् । त्यसैले, तपाईँले पनि आफ्नो सामाजिक सञ्जाल र फोन चलाउने बानीमा ध्यान दिनुहोस् र नियन्त्रण गर्नुहोस् ।
सुत्नुअघि १ घण्टा अगाडि स्क्रिन प्रयोग नगर्नुहोस् :
– बालबालिकालाई सुत्नुभन्दा कम्तीमा पनि १ घण्टा अगाडि कुनै पनि स्क्रिनहरू प्रयोग गर्न नदिनुहोस् ।
– मोबाइल, ट्याब्लेट वा कम्प्युटर सुत्ने कोठाबाट बाहिर राख्नुहोस् ।
– बच्चाले मोबाइल वा स्क्रिनमा के हेरिरहेको छ भनेर निगरानी गर्नुहोस् ।
– हिंसात्मक वा नकारात्मक प्रभाव पार्ने खालका भिडियोहरू हेर्न नदिनुहोस् ।
– साथीभाइसँग घुलमिल हुने अवसर दिनुहोस् ।
– समय हेर्नको लागि भित्ते घडीको प्रयोग गर्नुहोस्† कोठामा कुनै पनि स्क्रिन नराख्नुहोस् ।
धेरै स्क्रिन टाइम वा सामाजिक सञ्जालको प्रयोगले बच्चाको ध्यान केन्द्रित गर्ने क्षमता, निद्रा र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यसले विकसित मस्तिष्कमा पनि असर पार्छ ।
स्क्रिनभन्दा बाहिरका विकल्पहरू :
– हिँड्ने, दौडिने, साइकल चलाउनेजस्ता भौतिक गतिविधिहरूमा संलग्न गराउनुहोस् ।
– बच्चालाई स्क्रिनबाट टाढा राखी एक–आपसमा समय बिताउने प्रयास गर्नुहोस् ।
– सुत्नुअघि कथा वाचन गर्ने बानीले बालबालिकाको समग्र विकासमा ठुलो सहयोग पु¥याउँछ ।
(दवाडी स्पिच ल्यान्ग्वेज प्याथोलोजिस्ट हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *