भर्खरै :

भक्तपुरका पर्यटन व्यवसायीहरूसँग राय सुझाव सङ्कलन

भक्तपुरका पर्यटन व्यवसायीहरूसँग राय सुझाव सङ्कलन

भक्तपुर, २ असार । भक्तपुर नगरपालिकाले आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि सोमबार भक्तपुरका पर्यटन व्यवसायीहरूको भेला गरी राय सुझाव सङ्कलन ग¥यो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले सरकारको नीति तथा कार्यक्रमले सबै पक्ष र क्षेत्रलाई समेटे पनि यसको कार्यान्वयन पक्ष भने फितलो रहेको बताउनुभयो ।
देशको आर्थिक क्रियाकलाप फस्टाउने वातावरण निर्माण गर्नु अति आवश्यक भएको बताउँदै उहाँले बाह्य पर्यटकलाई नेपालमा आकर्षित गर्नुपर्ने र आन्तरिक पर्यटन प्रवद्र्धनतर्फ जोड दिनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
प्रमुख प्रजापतिले विश्वका अन्य साना देशहरूको विकास र आर्थिक समृद्धिबाट नेपालले पाठ सिक्नुपर्ने उल्लेख गर्दै भक्तपुरको पर्यटन र समग्र नगरको विकासमा पर्यटन व्यवसायीहरूको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा वातावरण तथा पर्यटन समितिका सदस्य एवम् भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पर्यटकीय नगर भक्तपुरले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित पर्यटन व्यवसायीहरूले पर्यटक लक्षित महोत्सवहरू आयोजना गरिनुपर्ने, गल्ली गल्लीमा आगो निभाउने उपकरण राख्नुपर्ने, पोखरीहरूमा माछा पालन गर्न सकिने, रात्रिकालीन पर्यटनलाई जोड दिने, पर्यटन शुल्कलाई समयसापेक्ष ढङ्गले वृद्धि गर्नुपर्ने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने, डिजिटल मार्केटिङलाई अगाडि बढाउनुपर्ने, खाना महोत्सवहरूको आयोजना गर्नुपर्ने, पथ प्रदर्शकहरूलाई पुनर्ताजगी तालिम सञ्चालन गर्नुपर्ने, छाडा कुकुर नियन्त्रण गर्नुपर्ने, भक्तपुरमा पर्यटकको बसाइँ लम्ब्याउने योजनाहरू आवश्यक भएको, पर्यटक शौचालय निर्माण गर्नुपर्ने, भक्तपुरका घरेलु तथा मौलिक वस्तुहरूको उत्पादन तथा प्रवद्र्धनमा जोड दिनुपर्ने, होटलहरूको गुणस्तर मापन र वर्गीकरण आवश्यक भएको आदि सुझावहरू दिएका थिए ।
कार्यक्रममा भक्तपुर नपा पर्यटन तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *