संसद्मा ‘बालेनको अराजक अभिव्यक्ति’ हटाउनुपर्ने विषय र नियमापति
- असार ३, २०८३
भक्तपुर, ८ असार । “कुनै पनि विद्यालय स्थापित भई देश र जनताको निरन्तर सेवा गर्नसक्नुमा थुप्रै ऐतिहासिक घटनाक्रम, शिक्षाप्रेमी र समाजसेवीहरूको योगदान र सहयोग हुने गर्दछ । शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर इतिहासले गर्नेछ, कसैले मैले मात्र योगदान गरेको भनी प्रचार गर्दा त्यो गलत साबित हुनेछ ।”
उक्त विचार विद्यार्थी निकेतन माध्यमिक विद्यालय, साकोठा भक्तपुरको आइतबार सम्पन्न ७८ औँ स्थापना दिवसमा विद्यालयका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले व्यक्त गर्नुभएको हो । उहाँले कुनै पनि विद्यालयको प्रगतिमा उतारचढाव सामान्य प्रक्रिया भए पनि विद्यालयको निरन्तर उत्कृष्ट नतिजाको लागि सबैले हातेमालो गरी देश र जनताको सेवा गर्ने कर्मठ जनशक्ति तयार गर्न अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यालयको भवनको अवस्थिति ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा भएकोले पुनर्निर्माण गर्ने सन्दर्भमा विद्यालय भवनले पुरातात्विक शैलीमा नै पुनर्संरचित हुँदा सम्पदास्थलको जीवन्तता कायम रहने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा ५ का सदस्य नारायणप्रसाद त्वानाबासुले भक्तपुर जिल्लाकै समग्र शिक्षाको विकासमा विद्यार्थी निकेतनको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गर्दै विद्यालयले समाजलाई सुसूचित र सुसंस्कृत गर्न लिएको लक्ष्य पूरा गरी ज्ञानको ज्योति छर्ने कार्यमा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा प्रावि इन्चार्ज सङ्गीता कायष्ठले स्वागत गर्नुभएको थियो भने शैक्षिक निर्देशक उद्धवप्रसाद दाहालले विद्यालयको स्थापनाको पृष्ठभूमि प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply