भर्खरै :

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको इतिहास

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको इतिहास

निश्चय पनि विद्यार्थी क्रान्तिको मूल आधार शक्ति होइन† विद्यार्थी क्रान्तिको सहयात्री हो । विद्यार्थी समाजको एक चेतनाको दियो हो । विश्वको कुनै पनि मुक्ति आन्दोलन र जनआन्दोलनमा विद्यार्थीको भूमिका रहेको इतिहास साक्षी छ ।
नेपालको इतिहास हेर्ने हो भने १०४ वर्षसम्म शासन गर्ने निरङ्कुश राणा शासनको विरोधमा सन् १९६६ (वि.सं. १९८३) मा गठित नागरिक अधिकार समितिका सदस्य गङ्गालाल त्रिचन्द्र कलेजका विद्यार्थी थिए । उहाँलाई २००७ सालमा फाँसी दिइयो । सन् २०३० मा निरङ्कुश राणा शासनको विरूद्ध लड्न खोलिएको ‘प्रचण्ड गोर्खा सङ्घ’ का एक सदस्य खड्कमान सिं विद्यार्थी नै थिए । राणा शासनको विरूद्ध खुलेरै क्रान्तिमा प्रवेश गरेको तीनधारा पाठशाला काठमाडौँका विद्यार्थीहरू २००४ सालको ‘जयन्तु संस्कृतम्’ नाराका साथ प्रत्यक्ष आन्दोलनमा सरिक भए । राणा शासनविरूद्धको सङ्घर्षमा यसको विशेष योगदान रहेको छ ।
नेपालमा नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भएको थियो । कम्युनिस्ट पार्टी स्थापना भएको लगत्तै नेपाल विद्यार्थी फेडरेसन २००६ सालमै भूमिगतरूपमा गठन गरिएको थियो ।
नेपालमा निरङ्कुश राणा हुकुमी शासनविरूद्धको क्रान्तिले २००७ सालमा विजय प्राप्त ग¥यो । तत्पश्चात् भारतीय विस्तारवादले २००८ साल कार्तिक २० गते राणा काङ्ग्रेसको गठबन्धन सरकारले गरेको असमान ‘दिल्ली सम्झौता’ को विरोधमा काठमाडौँमा भएको बृहत् आन्दोलनमा विद्यार्थी चिनियाँ काजी मारिए । २०१० सालको नेपाल–भारतबिच २०१६ सालमा भएको गण्डक सम्झौता, नेपालको उत्तरी सीमा क्षेत्रमा भारतीय सेनाको चेकपोस्ट राख्ने सैनिक सन्धि, २०१३ सालको नेपाल–भारतको कोसी नदीबारे गरिएको कोसी सम्झौताको विरोधमा भएको आन्दोलनमा विद्यार्थीहरूको उल्लेखनीय भूमिका रह्यो ।
नेपाल विद्यार्थी फेडरेसनको पहिलो अधिवेशन २०१८ सालमा भारतको मुजफरपुरमा सम्पन्न भयो । फेडरेसन नेपाली वाम, देशभक्त, प्रगतिशील विद्यार्थीहरूको साझा सङ्गठन भएर पनि पछि प्रभावकारी गतिविधिमा सरिक हुन सकेन । यसको मूलभूत कारण २०१७ सालमा राजा महेन्द्रले निरङ्कुश पञ्चायती व्यवस्था लागु गरेपछि तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजङ रायमाझीले पञ्चायतसामु आत्मसमर्पण गरे । विश्वको भूराजनीतिमा स्तालिनको निधनपश्चात् सत्तासीन भएका ख्रुश्चेभले सर्वहारा अधिनायकत्वको ठाउँमा जनताको अधिनायकत्वलाई स्वीकार गरी सशस्त्रको ठाउँमा शान्तिपूर्ण सहअस्तित्वद्वारा राज्य परिवर्तन हुन सकेन । उनले संशोधनवादी सिद्धान्तलाई स्वीकार गरे । सोही संशोधनवादी विचारधारालाई डा. माझीसमेतले स्वीकार गर्दा नेपालमा नेपाल कम्युनिस्ट पार्टीमा ठुलो फुट देखाप¥यो । त्यसपछि फेडरेसन निष्प्रभावी भए ।
नेपालको वाम प्रगतिशील, देशभक्त जनताले पञ्चायतको पक्षमा आत्मसमर्पण गरेनन् । देशभक्त प्रगतिशील विद्यार्थीले २०२१ सालमा उपत्यकामा रहेको १८ वटा कलेजहरूबिच भेला भई सम्मेलन सम्पन्न गरेर अखिल नेपाल राष्ट्रिय युनियनको स्थापना गरियो ।
तत्पश्चात २०२२ सालमा अनेरास्ववियुको प्रथम सम्मेलन भयो । त्यसपछि २०२५ साल जेठ २ गते दोस्रो राष्ट्रिय सम्मेलन र २०२६ साल जेठ २० गते तेस्रो राष्ट्रिय सम्मेलन भएको थियो । तर, विगतको अनेरास्ववियु स्थापना कालदेखि नै आत्मसमर्पणवादी सत्ताको पछि लाग्ने अवसरवादी नेतृत्वकारीमा गलत विचार देखापरेको थियो । तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाद्वारा देशमा राजनीतिक र मौलिक अधिकारलगायतका प्रजातान्त्रिक अधिकारमाथि प्रतिबन्ध लगाएको अवस्थामा विद्यार्थी सङ्गठनमात्रै स्वतन्त्र हुनसक्दैन भन्ने विवाद रहँदै आएको थियो । ‘विद्यार्थी सङ्गठन कुनै पनि पार्टीबाट निर्देशित हुनसक्दैन† विद्यार्थी सङ्गठन विशुद्ध विद्यार्थी हक हितमा लड्नेछ, राजनीतिक र मौलिकजस्ता प्रजातान्त्रिक अधिकारको पुनःस्थापनाको लागि लड्ने सङ्गठन होइन’ भनी देशको निरङ्कुश पञ्चायती राजनीतिबाट अलग र स्वतन्त्र राख्ने दुस्प्रयास गर्दै आइरहेको थियो । फलस्वरूप ‘स्वतन्त्र विद्यार्थी युनियन’ को लागि मात्रै विद्यार्थीहरू लड्नुपर्दछ भन्ने आकर्षक नाराका साथ गलत विचार बोकेका छद्मरूपमा घुसपैठ भएका विद्यार्थी नेताहरूले अनेरास्ववियुलाई २०२६ सालमा द्यौसीवादमा पतन गराए ।
२०२५÷२६ सालमा भारतीय विस्तारवादले नेपालको दक्षिण सिमानाको सुस्ता गाउँको ठुलो भूभाग अतिक्रमण ग¥यो । त्यसविरूद्ध नेपालका व्यापक देशभक्त, वामपन्थी जनताले सशक्त विरोध गरेका थिए । सुस्तामाथिको आक्रमणविरूद्ध भक्तपुरमा भएको जुलुस प्रदर्शनमा प्रहरीले निर्मम दमन गरेको थियो । त्यसबेला नेपाल मजदुर किसान सङ्गठनका धेरै अग्रजहरूको पक्राउ र घाइते भएको थियो । तत्कालीन भक्तपुर नगरपालिकाका प्रधानपञ्चलगायत कार्यकर्ताहरूलाई सुरक्षा कानुनअन्तर्गत नजरबन्द गरिएको थियो । यसरी नै भारतीय विस्तारवादको नेपालमाथिको थिचोमिचोको विरूद्ध आवाज उठिरहेको समयमा अखिलभित्र घुसेका छद्म मकुन्डोधारी नेतृत्व तहले राजदरबारमा गई राजा महेन्द्रको अगाडि राजनीतिक भिख माग्न ‘देउसी खेल्न’ गए । राजा महेन्द्रले ‘देउसी किन ?’ भन्ने प्रश्नको जवाफमा विद्यार्थी नेताहरूले सार्वभौमिकता रक्षाको लागि हामी लड्न तयार छौँ भने । त्यसको जवाफमा राजा महेन्द्रले हामी स्वयम् सार्वभौमिकता रक्षा गर्छौँ भने । त्यसो भए हामी सरकारलाई सहयोग गर्छाँै भनी राजा महेन्द्रको अगाडि उत्तर फर्काएर विद्यार्थी नेताहरूले आत्मसमर्पण गरे ।
तत्पश्चात् राजाको अगाडि घुँडा टेक्ने अखिलको आत्मसमर्पणवादी, विसर्जनवादी, राजाको पिछलग्गू बनाउने द्योसीवादको विरोधमा २०२६ साल मङ्सिर २२ गते सच्चा प्रगतिशील, देशभक्त विद्यार्थीहरूले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भूमिगतरूपमा स्थापना गरे ।
नेपालको प्रगतिशील, देशभक्त विद्यार्थीबिच अनेरास्ववियुको प्रभाव कायम थियो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ (नेक्राविसङ्घ) ले भूमिगतरूपमै रहेर अखिलको अवसरवादी, आत्मसमर्पणवादी नीतिविरूद्ध प्रजातान्त्रिक राजनीतिक अधिकार पुनस्र्थापनाको लागि निरन्तर सैद्धान्तिक सङ्घर्ष चालु राख्यो ।
नेपालमा विद्यार्थीहरूको हक हितको लागि हुने सङ्घर्षमा सधैँ भूमिगतरूपमै सामन्ती, विस्तारवादी, साम्राज्यवादी, निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्धको सङ्घर्ष जारी राख्यो । २०३२ सालको लामो विद्यार्थी आन्दोलन र हडतालमा दुई विद्यार्थी कामेश्वर र कुशेश्वर सहिद भए । राज्य र निरङ्कुश पञ्चायती व्यवस्थाको हिमायती मण्डलेको निर्मम दमनले विद्यार्थी आन्दोलन सफल हुनसकेन । तर, देशभक्त प्रगतिशील विद्यार्थीहरूको निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष कायमै रह्यो ।
यसै परिप्रेक्ष्यमा २०३५÷३६ सालमा पाकिस्तानका राष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई फासीको सजायविरूद्ध नेपालमा पनि विद्यार्थीहरूले काठमाडौँको पाकिस्तानी राजदूतावास अगाडि २०३५ साल चैत २४ गते विरोध प्रदर्शन गरे । विद्यार्थी प्रदर्शनमाथि सरकारले दमन र लाठीचार्ज गरी जुलुस तितरबितर गरी दमन ग¥यो ।
प्रहरी दमनको विरूद्ध सिङ्गो नेपालका विद्यार्थीहरूले विभिन्न मागहरू अगाडि सारी आन्दोलनको बिगुल फुके । विद्यार्थी आन्दोलनको आगो देशभर सल्कियो । हडतालले विद्यालय, क्याम्पसको पढाइ बन्द भयो । देशभर चर्कँदै गएको विद्यार्थी आन्दोलनलाई निस्तेज पार्न भित्रभित्रै तल्कालीन विद्यार्थी आन्दोलनको नेतृत्वले सरकारसँग हडताल बन्द गर्ने र स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउने सहमति ग¥यो । त्यसको विरोधमा भक्तपुरमा नेक्राविसङ्घका अग्रजहरूले सम्झौतापरस्त नेतृत्वको विरोधमा भक्तपुरको टौमढीमा व्यापक भित्तेलेखन गरी ‘नयाँ मण्डले मुर्दावाद’, ‘विद्यार्थी सम्झौता धोका हो’, ‘विद्यार्थी एकता जिन्दावाद’ भनी विरोध गरे । त्यसको दुई दिनपछि सम्झौतापरस्त विद्यार्थी नेतृत्वका दुई जना बलबहादुर केसी र शरणविक्रम मल्ललाई ठेलागाडामा राखेर विद्यार्थीहरूले काठमाडौँको सहरमा घुमाएका थिए ।
विद्यार्थीको जुलुस अगाडि बढ्दै जाँदा काठमाडौँलगायत गोरखापत्र संस्थानमा आगजनीको गतिविधि हुनथाल्यो र विद्यार्थी आन्दोलनले सीमा पार गरी त्यो शक्ति राजनीतिक आन्दोलनमा फेरियो । तत्पश्चात् राजा वीरेन्द्रले आन्दोलन मोड्न ‘बहुदल वा निर्दल’ भनी जनमतसङ्ग्रहको घोषणा गरे । विद्यार्थी आन्दोलन २०३६ पछि जनमतसङ्ग्रहमा प्रतिबन्धित पार्टीसँग हातेमालो गरी अगाडि बढ्न थाल्यो ।
निर्विकल्प भनिएको निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको २०३५/३६ सालको विद्यार्थी आन्दोलनले पञ्चायतको विकल्प खोज्न बाध्य बनायो । जनमतसङ्ग्रहको घोषणासँगै प्रतिबन्धित राजनैतिक पार्टीको छायाँमा हुर्केको जनवर्गीय विद्यार्थी सङ्गठनमा पनि देखापरे । यसको परिणामस्वरूप अखिलभित्र ‘पाँचौँ सम्मेलन’ र ‘छैठौँ सम्मेलन’ को नाँउमा विवाद सडकमा देखाप¥यो । आफूलाई स्वतन्त्र भन्ने अखिल पाँचौँ नेकपा मालेबाट निर्देशित विद्यार्थी सङ्गठन थियो भने अखिल छैटौँ नेकपा चौथो महाधिवेशनबाट निर्देशित थियो । यसरी अखिलभित्र स्पष्ट विभाजन ‘पाँचौँ’ र ‘छैटौँ’ को नाउँमा छुट्टाछुट्टै गतिविधि देखियो । विभिन्न क्याम्पसमा भएको स्ववियु चुनावको सीटको विवाद, छुट्टाछुट्टै प्यानलको घोषणा स्तालिन, माओ जन्म दिवसमा देखापरेका चर्को विवाद सडकमै देखियो । नेक्राविसङ्घले ती विवादमा नमुछिकन वामपन्थी विद्यार्थी आन्दोलनको हितलाई एकताबद्ध गराउन निकै प्रयास ग¥यो ।
तर, ती प्रयासहरू सफल हुन सकिएन । यसको ठीक उल्टो नेपाली वाम राजनीतिबाट प्रभावित प्रगतिशील विद्यार्थीहरू सबैले अखिल ‘पाँचाँै’ र ‘छैटौँ’ को कुनै कित्तामा बस्नुपर्ने बाध्यात्मक अवस्थाको सृजना हुन थाल्यो । त्यसपछि वाम विद्यार्थीहरूको नैराश्यतालाई जोगाउन वादविवादमा अल्झिनुभन्दा जनताको सङ्घर्षमा साथ दिन जनमतसङ्ग्रहमा पञ्चायतलाई परास्त गर्न भूमिगतरूपमा रहेका नेक्राविसङ्घ खुलेर स्पष्ट जनताको पक्षमा उत्रियो र नेक्राविसङ्घकै नाँउमा सङ्घसमेत विस्तारमा देशभर आफ्नो यात्रा र सङ्घर्ष सुरु ग¥यो ।
जनमतसङ्ग्रहमा ‘बहुदल र निर्दल’ या ‘निलो र पहेँलो’ मतपत्रमा मत राख्नुपर्ने व्यवस्था थियो । ‘जनमतसङ्ग्रह धोका हो, बहुदल–निर्दल एकै ड्याङको मूला हो, जनमतसङ्ग्रह बहिष्कार गरौँ’ भन्ने नाराका साथ आफूलाई विशाल महासागर सम्झने दुवै अखिलले चुनाव बहिष्कार गरेर पञ्चायतलाई जिताउन सहयोग गरे । जनतालाई १० वर्षसम्म प्रजातन्त्र पुनस्र्थापना गरी मौलिक र राजनैतिक अधिकार प्राप्त गर्ने अवसरबाट वञ्चित गराइयो । तर, जनमतसङ्ग्रहमा बहुदललाई जिताउन विभाजित नेपालको कम्युनिस्ट आन्दोलनमा ‘२०३७ साल भदौ २४’ को वाम एकताको भूमिका पनि महत्वपूर्ण रह्यो । यसै सिलसिलामा २०४६ सालको संयुक्त जनआन्दोलनको आधारभूमि तय भएको कुरा बिर्सनुहुन्न ।
सुधारिएको पञ्चायती व्यवस्थाको जीतपश्चात् पनि जनताको जनसङ्घर्ष समाप्त भएन, निरन्तर सङ्घर्ष अगाडि बढाउने कार्यमा प्रतिबन्धित पार्टी तथा वाम विद्यार्थीहरूले निरन्तरता दिए । पञ्चायतको विरुद्ध २०३७ भदौ २४ को पाँच वामको संयुक्त जनआन्दोलन, २०४२ सालको सत्याग्रह (भद्र अवज्ञा) मा पनि देखाप¥यो । निरङ्कुश पञ्चायतविरुद्धको एक सशक्त जनआन्दोलनमध्ये ‘सत्याग्रह’ पनि एक हो । नेपाली काङ्ग्रेसको नेतृत्वमा सञ्चालन भएको ‘सत्याग्रह’ पञ्चायती व्यवस्थाविरुद्ध लक्षित भएको कारणले नेपाल मजदुर किसान पार्टीलगायत पाँच वामपन्थी पार्टीहरूको विद्यार्थी सङ्गठनका कार्यकर्ताहरूले शान्तिपूर्ण संयुक्त आन्दोलन गर्दै गिरफ्तारी दियो । नेता कार्यकर्ताहरू जेल भरिन थाले । त्यही बेला रामराजाप्रसाद सिंहको जनवादी मोर्चाले सिंहदरबारको संसद् भवनको ढोका, अन्नपूर्ण होटेललगायतमा बम विस्फोटन गरायो । त्यही बम काण्डमा संलग्न व्यक्तिहरू पक्राउमा परे । शान्तिपूर्ण आन्दोलन, सत्याग्रहमा लागेका नेता र वामपन्थीहरूलाई सरकारले फसाउने आशङ्काले नेपाली काङ्गे्रसले आन्दोलन स्थगित ग¥यो ।
त्यसबेला पाँच वाम विद्यार्थी सङ्घ काङ्ग्रेसको पुच्छर हो भनी सत्याग्रहको विरोध गर्नेहरूको कमी थिएन । तर, नेकपा मालेको अखिल पाँचौँ र नेकपा मोहनविक्रम सिंहको मसालको अखिल छैटौँ सत्याग्रहको विरोध गरी संयुक्त आन्दोलनबाट विमुख भए । नेक्राविसङ्घले मुख्य शत्रुको विरुद्ध स–साना शत्रुबिच कार्यगत एकता गरी संयुक्त प्रहार गर्नुपर्दछ भन्ने मान्यता राखेको थियो । यसलाई आधार मानेर पञ्चायतविरुद्ध संयुक्त सङ्घर्षलाई अगाडि बढाउने क्रममा स्ववियुको चुनावमा नेपाल विद्यार्थी फेडरेसन, नेपाल प्रगतिशील विद्यार्थी युनियनलगायत सङ्घहरूको मोर्चा बनाई चुनावमा सरिक भए र चुनाव लडे । जनताको राजनैतिक र मौलिक अधिकार प्राप्ति, जनताको दैनिक आर्थिक समस्या, महँगी, विद्यार्थीहरूको न्यायोचित मागहरू लिएर कहीँ एक्लै कहीँ संयुक्त आन्दोलनमा सहभागी हुँदै सङ्घर्ष चालु राखे ।
नेक्राविसङ्घ वैज्ञानिक समाजवादमा विश्वास राख्दछ । यो सङ्घ आफ्ना आदर्श र मूल्य मान्यता प्राप्तिको सङ्घर्षमा दृढ छ । सिद्धान्त र आदर्शको मूल्यको विरुद्ध कसैसँग सम्झौता गर्दैन । सिद्वान्तहीन एकताको पक्षमा यो सङ्घ छैन । निरङ्कुशताविरुद्ध न्याय र अधिकारको पक्षमा विभाजित शक्तिले भन्दा एकीकृत शक्तिको संयुक्त प्रहार सशक्त हुन्छ भनी संयुक्त जनआन्दोलनको पक्षमा लागेकै कारण नेक्राविसङ्घ पञ्चायतको आँखामा धुलो साबित भयो र निरङ्कुश पञ्चायती व्यवस्थाको आँखाको कसिङ्गरको रूपमा रहेको यस सङ्घ र मातृपार्टी नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्न पञ्चायती सरकारले ‘भक्तपुर काण्ड’ रच्यो र पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), कर्मठ कार्यकर्ता, समर्थक लगायतलाई झूटा मुद्दा लगाई जेलको कालकोठरीमा बन्दी बनायो । षड्यन्त्रका नायक तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाका प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी थिए । सयौँ नेता कार्यकर्ता भूमिगत भए । पञ्चायती कालको पूरा २० महिना भक्तपुरवासी युद्धबन्दी अवस्थामा रहन बाध्य भए । यस्तो पञ्चायतको क्रूर दमनको बाबजुत पनि नेक्राविसङ्घ विषम परिस्थितिलाई चिरेर पञ्चायती निरङ्कुशताको विरुद्ध साझा सवालमा अन्य विद्यार्थी सङ्गठनबिच संयुक्त सङ्घर्ष निर्माण गर्न सफल भयो ।
२०४६ साल भदौ २७ गते ९ विद्यार्थी सङ्गठनले पञ्चायती निरङ्कुशता व्यवस्था अन्त्य र बहुदलीय प्रजातान्त्रिक अधिकार पुनर्बहालीको लागि साझा वक्तव्य निकाल्यो र २०४६ भदौ २८ गते त्रिचन्द्र क्याम्पस काठमाडौँमा संयुक्त आन्दोलनको उद्घोष भयो ।
२०४६ मङ्सिरमा निरङ्कुश पञ्चायती सामन्तवादलाई प्रमुख शत्रुको रूपमा पहिचान गरी पञ्चायतविरुद्ध लक्षित सङ्घर्षको संयुक्त सङ्घर्ष गर्न सात विद्यार्थी सङ्गठन नेक्राविसङ्घ, नेविसङ्घ, अनेरास्ववियु, अखिल पाँचौँ, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन (नेकपा मानन्धर समूह), नेप्रवियु, फेडेरेसन (नेकपा बर्मा समूह) बिच कार्यगत एकता भयो । साझा संयुक्त सङ्घर्ष अघि बढाउन सात विद्यार्थी सङ्गठनबिच फागुन ५ गते समन्वय समितिको निर्माण भयो ।
तत्कालीन अवस्थामा निरङ्कुश पञ्चायती व्यवस्थालाई भन्दा भारतीय विस्तारवाद प्रमुख दुश्मनको रूपमा लिने मोहनविक्रम सिंहको अनेरास्ववियु छैटौँले संयुक्त सङ्घर्षमा भाग लिएन ।
२०४६ सालको राष्ट्रिय ऐतिहासिक जनआन्दोलनमा नेक्राविसङ्घलगायत सात विद्यार्थी सङ्घको संयुक्त आन्दोलन फागुन ७ गतेबाट सुरु भयो । फागुन ८ गते भक्तपुरको जुलुसमाथि दोस्रो विश्वयुद्धमा प्रतिबन्धित दमदम गोलीको प्रहारबाट नेक्राविसङ्घका राजकुमार सुवाल, विद्यार्थी हरिकृष्ण भूजु, कृष्णराम दुवाल, निर्मलकुमार शाक्यलगायत ४ जनाको हत्या गरियो र सयौँ घाइते भए । तर, संयुक्त जनआन्दोलन रोक्न सकिएन । भक्तपुरमा गोली चलेको घटना आगोजस्तै फैलियो । विभिन्न जिल्लामा आन्दोलनले गति लियो । पञ्चायतविरुद्ध ३९ दिनसम्मको संयुक्त जनआन्दोलनमा पचासौँ जनाको हत्या गरियो । अन्ततः २०४६ चैत २६ गते राति तत्कालीन राजा वीरेन्द्रद्वारा बहुदलीय व्यवस्था पुनःस्थापना भएको घोषणा गरियो । क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *