भर्खरै :

विश्वका जनता शान्ति चाहन्छन्

संयुक्त राज्य अमेरिका एक देश हो; कुनै देशको मालिक होइन; अभिभावक होइन । अरु स्वतन्त्र र सार्वभौम देशहरू अमेरिकाको अधीनमा बस्नु पर्दैन; अमेरिकाले भनेको मान्नुपर्छ भन्ने होइन । शक्ति राष्ट्रको अभिमानी गरेर, संसारकै शक्तिशाली देश सम्झेर अरु देशमाथि आक्रमण गर्नु, आत्मसमर्पण गर्न दबाब दिने काम प्रजातान्त्रिक देशलाई सुहाउँदैन । आफूसँग हातहतियार, सेना, बम, परमाणुअस्त्र छ भनेर अरु देशमाथि आक्रमण गर्नु अमानवीय, प्रजातन्त्रविरोधी र मानव अधिकारविरोधी कदम हो । अमेरिकाले इरानका आणविक केन्द्र लक्षित गरेर आक्रमण गरेको थियो । त्यस आक्रमणलाई अमेरिकाले सफल आक्रमण भनेको छ । आणविक केन्द्र लक्षित भएर भएको उक्त आक्रमणप्रति अमेरिकी राष्ट्रपति दङ्ग छन्; खुसी छन् । आत्मसमर्पण नगरिएमा उनले फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् ।
अमेरिकी यो हस्तक्षेप निन्दनीय छ । यो हस्तक्षेपको जति निन्दा गरे पनि पुग्दैन । के संसारमा कमजोर या स–साना मुलुकको अस्तित्व छैन ? अमेरिकी दम्भ, अभिमान र आक्रमणको विश्वले निन्दा गर्नु आवश्यक छ । स–साना स्वतन्त्र देशमाथि हुने यस्ता आक्रमणको संयुक्त राष्ट्र सङ्घले रोक्न पहल गर्नुपथ्र्यो; रोक्नुपथ्र्यो । तर, संयुक्त राष्ट्र सङ्घ तमासे बन्यो । विदेशी हस्तक्षेप र आक्रमणको निन्दा गर्नुपर्ने, आक्रमण गर्ने देश अमेरिकामाथि नाकाबन्दी गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले अमेरिकाविरुद्ध एक शब्द बोल्न सकेन । मानौँ संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली हो । राष्ट्र सङ्घले इजरायल र इरानलाई युद्ध रोक्न, शान्त पार्न आग्रह गर्नुभन्दा अमेरिकी आक्रमणको निन्दा गरेर कारबाहीको प्रक्रिया अघि बढाउनपर्ने हो । तर, संयुक्त राष्ट्र सङ्घले त्यस्तो कुनै प्रक्रिया अघि बढाएन; बढाउन चाहेन । यसले संयुक्त राष्ट्र सङ्घ आक्रमणकारी अमेरिकाको पक्षमा रहेको ज्ञात हुन्छ ।
प्रजातान्त्रिक देश भनिने अमेरिकाले इजरायल र इरानलाई युद्ध रोक्न आग्रह गर्नुपर्ने हो† शान्ति वार्ता प्रक्रिया अघि बढाउन पहल गर्नुपर्ने हो । तर, अमेरिकाले उल्टो इजरायलको पक्ष लिएर इरानमा आक्रमण ग¥यो । अमेरिकाले इरानको आणविक केन्द्रमा हमला गरेको तेस्रो दिन इरानले कतारस्थित सैन्य अड्डामा आक्रमण गरेको छ । इरानले सोमबार राति अमेरिकी सैन्य अड्डालाई निसाना बनाएको छ । इजरायल र हमासबिचको द्वन्द्वमा इरान, अमेरिका र कतार तथा इराक पनि जोडिएकोले युद्ध चर्किने हो कि भन्ने आशङ्का गरिन थालेको छ । दुई साताअघि अमेरिकी सरकारको इसारामा इजरायलले इरानमा आक्रमण गरेपछि द्वन्द्व चर्किएको हो ।
संसारका स्वाधीन र सार्वभौम मुलुकहरू साम्राज्यवादी देश अमेरिकाबाट आक्रान्त छन् । संसारका स्वाधीन मुलुकहरू अमेरिकाको कारण असुरक्षित छन् । स्वाधीन देशका राष्ट्र प्रमुखहरूलाई आक्रमण गरेर खरानी पार्ने, फाँसी दिलाउने अमेरिका मानव संहार गर्ने र देशको रूपमा परिचित छ । इरानले अमेरिकाको कुनै पनि भूमिमा आक्रमण गरेको छैन । तर, अमेरिकाले अचानक इरानको आणविक केन्द्रमा आक्रमण गरेर क्षति पु¥यायो । यसरी नै आक्रमण गरेर अमेरिकाले अफगानिस्तान, इराक, सिरिया, लिवियामा धनजनको ठुलो क्षति पु¥यायो, राष्ट्र प्रमुखहरूको हत्या ग¥यो । देशलाई ध्वस्त पारेर राष्ट्र प्रमुखको हत्या गर्ने अमेरिका र अमेरिकी पिछलग्गू देशहरूलाई कुनै कानुन लाग्दैन ? आवश्यक कारबाही गर्नुपर्दैन ?
जहिलेसम्म देशमा साम्राज्यवादी शक्ति या देशहरू रहन्छन् तहिलेसम्म संसारका मुलुकहरू सुरक्षित हुँदैनन् या शान्तपूर्वक बस्न पाउँदैनन् । यसकारण, संसारका सबै स्वाधीन र सार्वभौम मुलुकले साम्राज्यवादको एकै स्वरमा विरोध गर्नुपर्छ; आक्रमणको खेद व्यक्त गर्नुपर्छ । नकच्चरोलाई लाज हुँदैन भनेझैँ अमेरिकी शासकलाई कुनै लाज शरम छैन । आफ्नो बोलीको आदेशमा अरु देशमा आक्रमण गर्छ; आक्रमण गरिरहेको छ । यस्ता तानाशाहहरूको अन्त्य जरुरी छ ।
इजरायल र इरानबिच चर्किएको युद्धमा अमेरिकाको प्रत्यक्ष सैन्य हस्तक्षेप किन ? अमेरिकी वायुसेनाले इरानका अत्यन्तै संवेदनशील तीन वटा आणविक केन्द्रमा आक्रमण गरेर ‘विश्वयुद्ध’ निम्त्याउने दुःसाहस किन ? अमेरिकाले त इजरायलमा आक्रमण गर्नुपर्ने हो या इजरायली आक्रमणको निन्दा गर्नुपर्ने हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी वायु सेनाले शनिबार राति इरानका फार्दो, नताज र इस्फहानमा रहेका आणविक बङ्करहरूमा आक्रमण गरेर क्षति पु¥यायो । तर, अमेरिकाले आणविक बङ्करहरूमा आक्रमण गरे पनि इरान झुकेको छैन† इरानका राष्ट्र प्रमुखले अमेरिकी प्रशासनसामु आत्मसमर्पण गरेका छैनन् । चीन र रुसले इरानप्रतिको सैन्य आक्रमणप्रति असन्तोष व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई बधाई दिँदै आफूहरूले इजरायलको लागि साथ दिएको बताएका छन् । के अबको संसार हतियार युद्धको हो ? आणविक युद्धको हो ? के कमजोर स–साना देशहरूको अस्तित्व छैन ? बम वर्षा गरेर, मिसाइल छोडेर, हवाई आक्रमण गरेर संसारका कमजोर देशहरूलाई खरानी पार्नु नै ठुला शक्ति राष्ट्रहरूको प्रजातन्त्र हो ? देश ध्वस्त पारेर, नर संहार गरेर देशमा शान्ति छाउँछ ? स्वतन्त्रता र न्याय पाउँछ ? आक्रमण गरेर इरान बिनासर्त शान्तिको बाटोमा आउँछ ? यसरी संसारलाई आतङ्कित, असुरक्षित र भयभित बनाउने शक्ति राष्ट्रहरूको निन्दा र विरोध विश्वभरका मुलुक र शान्तिकामी जनताले गर्नुपर्छ । विश्वले युद्धको विरोध गर्नैपर्छ† सुरक्षा र शान्तिको अनुभूति विश्वका जनतालाई दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *