भर्खरै :

भक्तपुर नगरका किसानहरूलाई पर्याप्त मल खोइ ?

भक्तपुर नगरका किसानहरूलाई पर्याप्त मल खोइ ?

काठमाडौँ, ११ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मङ्गलबार प्रतिनिधिसभाको बैठक विनियोजन विधेयक, २०८२ मा राख्नुभएको खर्च कटौती प्रस्तावमा प्रम केपी शर्मा ओली र मन्त्रीहरूसँग थप जिज्ञासा राख्नुभयो ।
सांसद सुवालले प्रधानमन्त्री ओलीसँग नेपाल सरकारले प्यालेस्टिन र इरानमा आक्रमण गर्ने इजरायली र अमेरिकी सरकारको विरोध गर्नुपर्ने औँल्याउँदै विदेशी पुँजी लगानीसँग देश उपनिवेश हुने थप जिज्ञासा राख्नुभयो ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग संविधान संशोधन गरी बसाइसराइँ जिल्ला जिल्लाभित्र मात्र हुने प्रावधान राख्नुपर्नेबारे थप जिज्ञासा राख्नुभयो ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग भक्तपुर नगरका किसानहरूलाई आवश्यक रासायनिक मल उपलब्ध गराउनुपर्नेबारे थप जिज्ञासा राख्नुभयो ।
बैठकको सुरुमा रास्वपा र राप्रपाले बैठक अवरोध गरे । सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिनुभयो ।
गृहमन्त्री लेखकले अध्यागमन र भिजिट भिसाबारे पूर्वसचिव शङ्करदास बैरागीको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव, सदस्य सचिव र अर्थ, कानुन, परराष्ट्र, श्रम मन्त्रालयको सहसचिवहरू सदस्य हुने गरी छानबिन समिति गठन भएको जानकारी गराउनुभयो ।
यस अगाडि गृहमन्त्रीलगायत सत्ता पक्षका सांसदहरूको विनियोजन विधेकमा सम्बोधनसमेत सुन्न नचाहेका रास्वपाका सांसदहरू चुपचाप गृहमन्त्री लेखकको सम्बोधन सुनेर बसेका थिए ।
रास्वपाका सांसद स्वर्णिम वाग्लेले भिजिट भिसाको नाममा मच्चाइएको लुट, अपराध र मानव तस्करीलाई सुनपानी छर्कन् कर्मचारीतन्त्रको समिति बनाइएको उल्लेख गर्दै वैरागी विगत दस वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र भएको, सात वर्ष परराष्ट्र मन्त्रालयमा सचिव, तीन वर्ष मुख्य सचिव, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारसमेत भएको र उनको मुख्य सचिवको कार्यकाल सकिने बेलामा नेपाल टेलिकमको अर्बाैँ घोटाला भएको बताउनुभयो ।
गृहमन्त्री लेखक स्वयम् सन्देहको घेरामा परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षणमा परेको उल्लेख गर्दै लाग्लेले रास्वपा नयाँ पार्टी तर बेबफुक नभएको प्रस्ट पार्नुभयो ।
राप्रपाका सांसदले भिजिट भिसाबारे सरकारको छानबिन समिति दूधको साक्षी बिरालोजस्तै भएको उल्लेख गर्दै १८ वर्षयता १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माओवादीका सांसद वर्षमान पुन, नेकाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका सांसद ठाकुर गैरेले सरकारको समितिलाई समर्थन गर्नुभयो ।
लगत्तै दोस्रो बैठक बसेर विनियोजन विधेयक २०८३ बहुमतबाट पारित गरियो । आर्थिक विधेयक २०८२ राष्ट्र ऋण आउने विधेयक, २०८२ माथि सैद्धान्तिक छलफल सम्पन्न गरियो ।
असार १४ गते बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विनियोजन र राष्ट्र ऋण उठाउने विधेयकमा दफावार छलफल गरी निर्णयार्थ पेस गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *