भर्खरै :

नाटोमा विखण्डन इरानको विजय सुनिश्चित

नाटोमा विखण्डन इरानको विजय सुनिश्चित

दोस्रो विश्व युद्धमा जर्मनी र इटालीका फासिस्ट साम्राज्यवादी देशको हारपछि अमेरिकी पुँजीवादी साम्राज्यवादको उदय भयो । दोस्रो विश्व युद्धमा क्षतविक्षत भएको युरोपको पुनर्निर्माणको नाउँमा अमेरिकी वर्चस्व कायम भयो । अमेरिकी मुद्रा (अमेरिकी डलर) लाई अन्तर्राष्ट्रिय मुद्राको रूप दिइयो । सुन र मुख्य मुख्य मुद्रासँग साट्न सकिने बनाइयो । यसलाई मूर्त रूप दिन अन्तर्राष्ट्रिय मुद्राकोष तथा अन्तर्राष्ट्रिय विश्व बैङ्क स्थापना गरियो । यसै संस्थाले विश्वमा अमेरिकी प्रभुत्वको विस्तार र संरक्षण गर्ने कार्यमा अग्रणी भूमिका खेल्दै आएको छ ।
पहिलो विश्व युद्धपछि अमेरिकाले आफ्नो देशको आर्थिक पुनर्संरचना ग¥यो । सन् १९२९ मा आएको विश्व मन्दीबाट बच्न उनीहरूले आ–आफ्नो आत्मनिर्भर अर्थतन्त्रद्वारा देशलाई जोगाउन विभिन्न कर, शुल्क तथा अनेकन सर्तहरू लगाएर देशलाई मन्दीबाट जोगाएका थिए । त्यसबेला विभिन्न देशले संरक्षणवादी अर्थतन्त्रलाई प्राथमिकता दिएका थिए ।
तर, दोस्रो विश्व युद्धपछि विश्वका विशेषतः एसियामा चीन, भियतनाम, कम्बोडिया, लावस तथा पश्चिमी युरोपमा हेनरी, बुल्गेरिया, चेकोस्लाभिया, पूर्वी जर्मन आदि देशहरूमा समाजवादी क्रान्ति भयो । विश्वमा समाजवादी सोभियत सङ्घ एक महाशक्ति देशको रूपमा उदय भयो ।
पश्चिम युरोप र एसियाली मुलुकहरूमा कम्युनिस्ट प्रभाव विस्तार हुन नदिन र समाजवादी व्यवस्थाविरुद्ध लड्न, विश्व नयाँ पुँजीवाद, भूमण्डलीकरण, खुला व्यापारको नाउँमा अमेरिकाले आफ्नो विश्वमा प्रभाव जमाउन सन् १९४९ मा नाटोको गठन ग¥यो ।
नाटो अमेरिकी साम्राज्यवादको नेतृत्वमा गठित युरोपियन देशको एक साझा सैनिक सङ्गठन हो । नाटोमा सामेल भएका कुनै पनि देशमाथि बाहिरी आक्रमण हुने अवस्थामा सबै सदस्य देशले प्रतिरक्षाको लागि संयुक्त युद्ध लड्ने कुरा उल्लेख छ । सुरक्षाको नाउँमा नाटोले साम्राज्यवादी अमेरिकाको नेतृत्वमा ढाल बनाएर अफगानिस्तान, इराक, इजिप्ट, चेकोस्लाभियामा सैनिक आक्रमण गरेर विश्वलाई अस्थिर बनाएको थियो ।
सन् १९९० मा सोभियत सङ्घको विघटनपछि नाटोको सैनिक गठबन्धन बाल्कन, मध्यपूर्व पश्चिम एसिया सोभियत सङ्घबाट अलग भएका देशहरूसम्म विस्तार गरियो । सोभियत सङ्घबाट टुक्रिएका देशहरू लात्भिया, लिथुआनिया, क्रोसिया, एस्टोनिया, पश्चिम एसियाका देशहरू हङ्गेरी, स्लोभाकिया, बुल्गेरिया, स्लोवेनियाका देशहरू पछि सामेल गरेर ३० राष्ट्रको संयुक्त सैनिक सङ्गठन निर्माण गर्न सफल भयो । यतिले मात्र नपुगेर उनीहरू रुससँग पूर्वमा नाटोको विस्तार नगर्ने रुसी राष्ट्रपति गोर्वाचोभसँगको सम्झौता तोड्दै युक्रेनलाई समेत नाटोको सदस्य दिन तयार भइसकेका थिए । अमेरिकी साम्राज्यवाद र नाटोको सैनिक शक्तिलाई मुखभरिको जवाफ दिन नै वर्तमान युक्रेन र रुसबिच युद्धको सुरुवात भएको हो ।
अमेरिकी सैनिक गठबन्धन नाटोभित्रको अन्तद्र्वन्द्वको कारण रुसी र युक्रेन युद्ध नै हो । नाटो रुसमाथि आर्थिक नाकाबन्दीको उद्घोष गर्दै युक्रेनको पक्षमा उभियो । तर, नाटो सदस्य राष्ट्रहरू अन्तद्र्वन्द्वबिच नाकाबन्दीको विरोध गर्दै रुसी पक्षमा धेरै देशहरू उभिएका छन् । हङ्गेरी, बुल्गेरिया, स्लोभाकिया, टर्की खुलेर नाटोको विरोधमा उत्रिए । युक्रेनलाई सदस्यता नदिन ती राष्ट्रहरू भिटो प्रयोग गर्न तयार थिए । आज नाटो देशभित्रै धेरै राष्ट्रहरूमा अमेरिकी मनपरीतन्त्र, अहङ्कार र प्रभुत्ववादको विरोध गर्दै नाटोबाट अलग हुनुपर्ने राष्ट्रवादी पार्टीले चुनाव जितेका छन् । केही वर्षपछि नै नाटो विघटनतर्फ धकेलिने सम्भावना प्रबल देखिन्छ । निवर्तमान नाटो महासचिव जेन्स स्टोल्टन वर्गले बिदाइ भाषणमा भने, “शीतयुद्धको मानसिकता फैलाउने नाटोको आवश्यकता छैन ।”
संयुक्त राज्य अमेरिका घरेलु राजनैतिक अनिश्चितताको बिच नाटोको आर्थिक भार बोक्न तयार छैन । संयुक्त राज्य अमेरिका दोस्रो विश्व युद्धपश्चात् सैनिक सुरक्षा, युरोपलगायत विश्वव्यापी आर्थिक नियन्त्रण र प्रभुत्व कायम गर्ने कार्य धेरै महँगो साबित भयो । अमेरिकी कर्जा वा ऋण ३६ ट्रिलियन डलरभन्दा माथि पुग्यो । अब संरा अमेरिका युरोप तथा नाटोबाट पन्छिन वा टाढा बस्न खोजेको छ । विश्वको आर्थिक शक्ति बन्ने ट्रम्पको घोषणासँगै भन्सार शुल्क (कर) वृद्धिले युरोप एसियासँग टाढा हुन पुगेको छ । अमेरिकी व्यापार युद्धले संरा अमेरिका विश्वबाट एक्लो भएको छ । इजरायल मात्रै उसको साथमा रहेको छ । त्यस देशमा कुनै अतिरिक्त भन्सार शुल्क थोपरिएको छैन । सबै देश तथा विश्व स्वास्थ्य सङ्गठनलाई दिएको आर्थिक सहयोगसमेत कटौती गरिएको अवस्थामा उसले इजरायललाई निरन्तर सहयोग जारी राखेको छ ।
इरान–इजरायल युद्धमा ट्रम्पलाई ‘आगोमा घिउ थप्ने’ आरोप चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गओ जियाकनले लगाएका छन् । अमेरिका र इरानको पाँचौँ वार्ताको टेबुलमा बसिरहेकै अवस्थामा १३ जून, २०२५ मा राति इजरायलले इरानमाथि अप्रत्यासित आक्रमण गरेर युद्धको सुरुवात गरेको छ ।
मध्यपूर्वमा अवस्थित इरान एक सार्वभौम सम्पन्न देश हो । आफ्नो स्वाधीनता र सार्वजनिक रक्षा गर्न उसले कुनै पनि हतियार बनाउनु उसको अधिकार हो । तर, विश्वमा आफ्नो साम्राज्य कायम गर्न दुःस्वप्न बोकेका अमेरिका र इजरायलले इरानले आणविक हतियार बनाउने अधिकार छैन भन्न पनि लाज मानेका छैनन् ।
ट्रम्पको एक टुथ सोसल प्लेटफर्ममार्फत इरानको राजधानी तेहरान खालि गर्न चेतावनी दिइएको थियो । यो अभिव्यक्तिले युद्धलाई भड्काउने आफ्नो पिछलग्गू इजरायलले सुरु गरेको युद्धको पक्षमा उभिएको स्पष्ट पार्छ ।
इजरायल र इरान युद्धमा इजरायलको पराजय सुनिश्चित छ । किनकि भूगोलको हिसाबले इरान १,६४८,००० वर्ग किलोमिटर फैलिएको विश्वको १७ औँ ठुलो देश हो । ५४ प्रतिशत पहाड भएको पठार र मैदानको समुद्री खाडी राष्ट्र हो । जनसङ्ख्याको हिसाबले इजरायलमा १ करोड छ भने इरानको जनसङ्ख्या ९ करोड छ । इजरायलले कब्जा गरेको भूमिको क्षेत्रफल २२०७२ वर्ग किलोमिटर छ ।
युद्धमा भूगोलको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । इराक र इजिप्टलाई अमेरिकी नेतृत्वमा रहेको नाटोले छिट्टै जित्न सक्नु पहाड किनारको मैदानी भूमि हुनुकै प्रमुख कारण हो ।
तर, अमेरिकासँग रहेको फाइटर प्लेन, बमवर्षक विमानले मात्र युद्ध जित्न नसक्ने उदाहरण सन् १९५० देखि १९५३ सम्मको कोरिया र अमेरिकी युद्धले देखाएको छ । सानो देश कोरियामा ४० लाख मानिस मारिए । कुनै पनि सहरमा ठाडो उभिएको घर थिएन, पूर्ण भग्नावशेषमा बमवर्षक विमानले ध्वस्त बनाएको थियो । माओ त्सेतुङका छोरा कोरियाकै युद्धमा लड्दा लड्दै मारिएका थिए । आखिर अमेरिकाले हार स्वीकार गर्नुपरेको इतिहास ताजा नै छ । भियतनाम–अमेरिका युद्धमा अमेरिका पराजित भयो । आज २१ औँ शताब्दीमा अफगानिस्तानबाट अमेरिका भागेको दृश्य विश्वले हेरेकै छ ।
त्यसैले, इजरायलले बुझ्नुपर्दछ, सन् १९६७ को अरब इजरायल युद्ध होइन यो । २१ औँ शताब्दीमा मध्यपूर्व अझ भन्ने हो भने इरान एक बहुधु्रवको नेतृत्व गर्ने सैनिक, आर्थिक, आधुनिक हतियारको क्षेत्रमा सक्षम भइसकेको छ । अङ्कगणितको आधारमा पनि इजरायलभन्दा धेरै गुणाले सैनिक हतियारले सम्पन्न देश भइसकेको छ । त्यसकारण, इजरायली आक्रमण नरोकेको अवस्थामा अमेरिकासँग वार्ता हुन नसक्ने कुरा इरानका विदेशमन्त्रीले स्पष्ट पारिसकेका छन् । विश्वको जनमत इरानको पक्षमा रहेको छ । रुस, चीन, उत्तर कोरियालगायत मध्यपूर्वमा अधिकांश मुलुकले इरानको आफ्नो सार्वभौमिकता रक्षाको लागि गरिएको इजरायलमाथिको प्रत्याक्रमणलाई जायज ठहर गरिएको छ ।
आज ट्रम्पको इरानमाथिको आक्रमणको जवाफमा इरानले कतारको अमेरिकी सैनिक बेस क्याम्पमा प्रत्याक्रमण ग¥यो । अमेरिका र इजरायलले जित्न नसक्ने निश्चित भएपछि ट्रम्पले आफै युद्धविराम प्रस्ताव गरिएको कुरा बाहिर प्रकाशमा आएको छ । कति सत्यताको नजिक छ हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *