समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२

असार १० गते प्रकाशित ‘मजदुर’ दैनिकमा ‘नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको इतिहास’ पढ्ने मौका पाएँ । मजस्ता नयाँ विद्यार्थीको निम्ति सङ्घको इतिहास पढेर सङ्घबारे जानकारी भयो । विगतको नेक्राविसङ्घको इतिहास र सङ्घ स्थापनाको कारणबारे पनि अवगत भयो । नयाँ पुस्ताका विद्यार्थीलाई विगतको सङ्घको अनुभवबारे जानकारी दिने काम राम्रै हो । यो जानकारी नयाँ पुस्ताका विद्यार्थीको लागि उपयोगी पनि छ । सङ्घको इतिहासले विगतमा भए गरेको आन्दोलन, आन्दोलनमा विश्वासघात गर्नेहरूमाथिको जनकारबाही, अवसरवादी विद्यार्थी सङ्गठनको आत्मसमर्पणवादी नीतिले नयाँ पुस्तालाई सजग पार्ने काम पनि गरेको छ । लेखमा विद्यार्थी तथा देश र जनताको विषयमा नेक्राविसङ्घले गरेको आन्दोलनको स्मरणले नेक्राविसङ्घ विद्यार्थी हक हितको सवालमा मात्र होइन, देश र जनताको पक्षमा पनि लागेको थाहा हुन्छ । आन्दोलनमा धोका दिनेहरू कारबाहीमा पर्दारहेछन्† विश्वासघाती कामको निन्दा गर्नुपर्छ भन्ने शिक्षा सो लेखले दिएको आभास हुन्छ ।
हो, नेक्राविसङ्घ वैज्ञानिक समाजवादमा विश्वास राख्छ, वैज्ञानिक समाजवादकै निम्ति सो सङ्घ सङ्घर्षरत छ । नेक्राविसङ्घ सिद्धान्त र विचारमा अडिग छ । यस अर्थमा लेख जानकारीमूलक छ । तर, लेखमा उल्लेख भएको तिथिमिति फरक हुँदा अलि बेस्वादिलोजस्तो भयो । लेखमा गङ्गालाललाई २००७ सालमा फाँसी दिइएको प्रसङ्ग छ । इतिहासमा राणाशाहीविरोधी गङ्गालाललाई विक्रम संवत् १९९७ मा फाँसी दिइएको थियो । निरङ्कुश राणा शासनविरुद्ध ‘प्रचण्ड गोर्खा सङ्घ’ सन् २०३० मा होइन, वि.सं. १९८७ मा खोलिएको थियो । निरङ्कुश पञ्चायतविरुद्धको २०४६ सालको संयुक्त जनआन्दोलन ३९ दिन होइन ४९ दिनसम्म चलेको थियो । फागुन ७ गतेबाट सुरु भएको सो आन्दोलन चैत २६ गतेसम्म पुगेको थियो । आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले बहुदलीय व्यवस्था पुनस्र्थापना गरेका थिए ।
लेखमा २०४६ सालको जनआन्दोलनसम्मको प्रसङ्ग उल्लेख छ । त्यसपछि पनि नेक्राविसङ्घले विद्यार्थी हकहित, सीमा सुरक्षा, असमान सन्धि सम्झौताको विरोधमा पनि धेरै सङ्घर्ष गर्दै आएको छ । यसबारे पनि छिटोभन्दा छिटो नेक्राविसङ्घको गतिविधि र आन्दोलनबारे थप जानकारी मिल्ने विश्वाससहित लेखक कञ्चनलाई साधुवाद छ ।
Leave a Reply