सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२

भक्तपुर, १२ असार । नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति भक्तपुरले देशको समसामयिक र किसानहरूको समस्याबारे बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष पु¥याउन एक ज्ञापनपत्र बुझाएको छ । कृषिमन्त्रीलाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा सङ्घका अध्यक्ष गोविन्द दुवालको हस्ताक्षर रहेको छ । सो ज्ञापनपत्र जानकारीको लागि यहाँ प्रस्तुत छ –
नेपाल क्रान्तिकारी किसान सङ्घले किसानहरूको समस्यालाई लिएर समय समयमा प्रत्यक्ष भेटघाट तथा जिल्ला प्रशासन कार्यालय, भक्तपुर र यस कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै आएको सर्वविदितै छ । नेक्राकिसङ्घ नेमकिपाको जनवर्गीय सङ्गठन हो । यस सङ्गठनले किसानहरूको लागि अत्यावश्यक रासायनिक मल, सिंचाइ, बीउबिजनजस्ता अत्यन्तै जल्दाबल्दा समस्या समाधानको लागि प्रधानमन्त्री, कृषि तथा सहकारीमन्त्री, भूमिसुधार तथा व्यवस्थामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने काम गर्दै आएको हो । सङ्घले नेपाली जनतालगायत किसानहरूको निम्न समस्याहरूलाई मध्यनजर गरी निम्नानुसारका मागहरू राखी ज्ञापनपत्र बुझाएको हो ।
१. देशभरि वर्षा सुरु भएको छ । किसानहरू धान रोप्नको लागि व्यस्त छन् । यस्तो समयमा पनि किसानहरूले पर्याप्त मल प्राप्त गर्न सकेका छैनन् । भक्तपुरका किसानहरूले पनि मलको समस्या भोगिरहेका छन् । भक्तपुर नगरका किसानहरूको धेरैजसो जग्गा सूर्यविनायक, मध्यपुर र चाँगुनारायण नगरपालिकाभित्र पर्दछ । भक्तपुर नगरमा खेतीयोग्य जग्गाको अभाव भए तापनि किसानहरू धेरै भएकाले सरकारले पर्याप्त मल नपठाएका कारण नगरका किसानहरूले केही वर्षदेखि मलको समस्या भोगिरहेका छन् । त्यसकारण, भक्तपुर नगरका किसानहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध गराउनको लागि उचित समन्वय गर्न श्रीमान्को ध्यानाकर्षण गराउन चाहन्छु ।
२. मल कारखाना नेपालमै खोल्नुपर्ने विषयमा नेपाल क्रान्तिकारी किसान सङ्घले पञ्चायतकालीन समयदेखि नै माग गर्दै आएको हो । प्रजातन्त्र प्राप्तिपछि पनि सङ्घले मल कारखाना नेपालमै खोल्नुपर्ने आवश्यकताबारे सरकारको ध्यानाकर्षण गर्दै आएको थियो । नेपाल सरकारले नेपालमै मल कारखाना खोल्ने नीतिगत निर्णय भइसक्दासमेत हालसम्म मल कारखाना नखोलेको प्रति नेपाल क्रान्तिकारी किसान सङ्घको ध्यानाकर्षण भएको छ । मल कारखाना विदेशी सङ्घ संस्था तथा नेपालका व्यापारीहरूको लगानीमा नखोली नेपाल सरकारकै लगानीमा खोल्नुपर्नेतर्फ यो सङ्घ नेपाल सरकारको ध्यानाकर्षष गर्दछ । वर्तमान समयमा पनि नेपाली किसानहरू मलको अभावमा मकै बारी तथा धान रोप्नको लागि मलको अभाव भइरहेको हुँदा तत्काल किसानहरूलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउन नेपाल क्रान्तिकारी किसान सङ्घ माग गर्दछ ।
३. नेपाल सरकारको कृषि मन्त्रालय तथा विभागलगायत विभिन्न मन्त्रालय तथा विभागहरूमा कार्यरत कर्मचारी सरकारी सुविधामा अध्ययन बिदा लिई उच्च शिक्षामा अध्ययन गर्न गएको र अध्ययनपश्चात् नेपाल आई आफ्नो कार्यक्षेत्रमा नआई विदेशमै बसेको समाचारप्रति नेपाल क्रान्तिकारी किसान सङ्घको ध्यानाकर्षण भएको छ । यसरी देशका विज्ञहरूसमेत सरकारी सुविधा लिई उच्च शिक्षा हासिल गरेपछि नेपाल आई आफ्नो सम्बन्धित पदमा कार्य गर्नुपर्ने उच्चपदस्थ कर्मचारीहरूसमेत विदेशमा हराउनु नेपालको लागि लज्जास्पद विषय हो । नेपाल क्रान्तिकारी किसान सङ्घ यस्ता उच्चपदस्थ कर्मचारीहरूलाई कानुनको दायरामा ल्याई उचित क्षतिपूर्तिसहित कारबाही गर्नुपर्ने नेपाल सरकारसमक्ष माग गर्दछ ।
४. तराईका उखु खेती गर्ने किसानहरूलाई प्रत्येक वर्ष शोषण र अन्याय भएकोले उखुको उचित मूल्य तोकी खरिद गर्नुपर्ने, हालसम्म उखु खेती गर्ने किसानहरूलाई विभिन्न चिनी मिलहरूका मालिकहरूले दिनुपर्ने मूल्य तत्काल दिनुपर्ने । साथै उखु खेती गर्ने किसानहरूलाई मोहीयानी हक दिनुपर्ने ।
५. जमिन जोत्नेको सिद्धान्तको आधारमा क्रान्तिकारी भूमिसुधार लागु गर्नुपर्ने ।
६. गुठी जग्गा कमाउने मोही किसानहरूले रैतानी गर्न कानुनी व्यवस्था गर्नुपर्ने ।
७. कृषि उत्पादन र राष्ट्रिय आयमा गरेको योगदानको कदर गर्न ५८ वर्ष उमेर पुगेका ज्येष्ठ किसानहरूलाई पुग्दो निर्वाह भत्ता, आदर निकेतन र हेरचाहको व्यवस्था गर्नुपर्ने ।
८. गरिब किसानहरूलाई मल, बीउ, कीटनाशक औषधि, कृषिऔजार आदिमा पर्याप्त अनुदानको व्यवस्था गरी कृषिमा आधुनिकीकरण गर्नुपर्ने ।
९. राज्य संरचनाका सबै अङ्गमा जनसङ्ख्याको अनुपातमा किसानहरूको प्रतिनिधित्व गराउनुपर्ने
१०. किसान र मजदुरहरूलाई शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गरी कृषि उत्पादनमा प्रोत्साहन गर्नुपर्ने ।
११. हिमाल, पहाड, तराई र उपत्यकालगायतको हावापानी सुहाउँदो बीउ बिजन नेपालमै उत्पादन गर्नुपर्ने माग नेपाल क्रान्तिकारी किसान सङ्घले पहिलेदेखि उठाउँदै आएको हो । यस सम्बन्धमा कुनै पनि सरकारहरूले ध्यान नदिएकाले यथाशीघ्र सरकारको हामी ध्यानाकर्षण गर्न चाहन्छौँ ।
Leave a Reply